कार्तिक २७ टोखा,काठमाडौँ -संविधानसभाको
निर्वाचन नजिकि रहेको बेला राजनीतिक दलहरुले आफ्नो प्रचार प्रसारको कार्यलाई तीब्रता
दिएका छन् । मुल राजनीतिक दलहरु भन्ने आफ्नो पार्टीले जीत्ने दावी गर्दै ब्यापक
प्रचारप्रसारमा लागि परेका छन् । घरदैलोमा गएर जनताहरु समक्ष भोट माग्नुका साथै पोष्टर
र पार्टीका झण्डाहरु राख्ने कार्यमा ब्यस्त छन्, भन्ने घरका भित्ता तथा टोलहरुमा जति
सकिन्छ आफ्नौ पार्टीले कब्जा गर्ने शैलिमा मुख्य राजनीतिक दलहरु लागि परेका छन् ।
टोखामा अहिले
चुनावी सरगर्मी बढेको छ । टोखाका पुरै घरका भित्ताहरुमा विभिन्न पार्टीका पोष्टर र
झण्डाहरुले भरिएको छ । टोखाको मुल गेट भित्र देखि गणेशस्थानसम्म र अन्य विभिन्न
स्थानमा नेपाली कांग्रेस र नेकपा एमालेले पार्टीको चुनाव चिन्ह र उम्मेदवारको फोटो
सहितको झलर राखिएको छ । छित फुट एकीकृत नेकपा माओबादी तथा नेपाल मजदुर किसान पार्टीका झलरहरु देख्न सकिन्छ । यो दृश्य देख्ने जो कोहिले पनि सहजै अनुमान गर्न सकिन्छ कि
टोखामा चुनावी माहोल निकै नै बढ्दै छ ।
काठमाडौं ५ अन्तर्गत मुख्य प्रतिस्पर्धामा रहेका कांग्रेसका नरहरि
आचार्य, एमालेका ईश्वर पोखरेल र एकीकृत नेकपा माओवादीका महेन्द्र श्रेष्ठ चुनावी मैदानमा
छन् । उनीहरु आफ्नो जित हुने दावी गरिरहेका छन् । तर जीत कसको हुने छ त्यो भने निर्वाचनको नतिजाले देखाउने नै छन् ।
आचार्यलाई इतिहास दोहोर्याउने र पोखरेललाई अघिल्लो चुनावमा गुमेको साख फिर्ता ल्याउने चुनौती छ । श्रेष्ठ नयाँ अनुहार हुन् । आचार्यले यसअघिको संविधानसभा निर्वाचनमा पोखरेललाई पराजित गरेका थिए । अघिल्लो संविधानसभा निर्वाचनमा आचार्यले १३ हजार २ सय ४५ मत र पोखरेलले ९ हजार १ सय २० मत प्राप्त गरेका थिए । तेस्रो स्थानमा रहेका तत्कालीन माओवादीका दीपेन्द्रप्रकाश महर्जनले ८ हजार ८९ मत पाएका थिए ।
करिब ५६ हजार मतदाता रहेको यस क्षेत्रमा बुढानीलकण्ठ, भद्रकाली, धापासी, टोखा चण्डेश्वरी र टोखा सरस्वती गरी पाँच गाविस र काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५ वडा पर्छन् । नेपाल मजदुर किसान पार्टीका राजवीर डंगोल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका राजाराम श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सृजना रानी बर्मा, तराई मधेश लोकतान्त्रिकका राधाकृष्ण कार्की, संघीय समाजवादी पार्टी नेपालका लालबहादुर तामाङ, नेपाल जनता पार्टीकी गीता शर्मालगायत २८ जना उम्मेदवार चुनावी मैदानमा छन् । कूल उम्मेदवारमध्ये ६ जना स्वतन्त्र र सातजना महिला छन् ।

आचार संहिता उलंघन
निर्वाचन आयोगले
निर्वाचलाई स्वस्थ निष्पक्ष र भयरहित बनाउन बनाइएको आचारसंहिताकको खुले आमरुपमा
धजि उडाईरहेका छन् । भित्तामा पोष्ट टाँस्न नपाईने पार्टी कार्यालयमा बाहेक अन्य
ठाउँमा फ्याक्स वोर्ट तथा पार्टीको झण्डा राख्न नपाई उल्लेख गरिए पनि मुख्य दलहरुका
त्यस विपरितका गतिविधिहरु भै रहेका छन् ।
टोखाका सबै घरहरुका
भित्तामा मुख्य दल लगायत अन्य दलहरुका पोष्टर तथा झण्डाहरुले ठाउँ पाएका छन् । भित्ताहरुमा
रङ्गि चंङ्गि पोष्टरहरुले भरिएका छन् ।
राजनीतिक दलहरुको चुनावि माहोल बर्ढेता पनि हाल सम्म कुनै अप्रीय घट्ना भने भएको
छैन । एक अर्का बीच संयमित तथा सौहाद्रताका साथ आआफ्ना चुनावी गतिविधिहरु गरिरहेका छन् ।
केहि झलकहरु
केहि झलकहरु
إرسال تعليق