काठमाडौं, २५ काठकाडौं (ओएनएस) :
नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आहृवान गरेको आम हड्तालका कारण
सोमबार बिहानैदेखि देशका विभिन्न ठाउँमा अपराधिक घटनाहरु घटेका छन् ।
सरकारले बन्द निष्क्रिय बनाउन ठूलो
संख्यामा सुरक्षाकर्मी तैनाथ गरेपनि तोडफोड, आगजनी, बम बिस्फोट लगायतका
घटनाहरु भएको छ । बन्दका कारण यातायात, बजार, पसल, शिक्षण संस्था ठप्प
भएका छन् । सडकमा बनद गर्न बसेका तीन दर्जनभन्दा बढी प्रदर्शनकारीलाई
प्रहरीले नियन्त्रणमा लिएको छ ।
उपत्यका
कोटेश्वरमा नागरिक दैनिकको बा ४ च ४८७२
नम्बरको गाडी तोडफोड गरिएको छ । सुविधानगर तीनकुनेमा पार्किङ गरिएको बा ६ च
५५११ र बा ३ च ७८२२ सवारी तोडफोड गरिएको छ । तीनकुनेमै ट्रिटन कलेजमा
पाकिर्ङ गरिएको बा ४ च २४३२ कार तोडफोड गरिएको छ । बतिसपुतलीमा एमाओवादीको
वडा नम्बर ९ को कार्यालयमा आगजनी गरिएको छ । ग्लोबल कलेज अगाडि रहेको
कांग्रेस सम्पर्क कार्यालय तोडफोड गरिएको छ । राजधानीमा केही सवारी तोडफोड
गरिएको छ भने आधा दर्जन स्थानमा शंकास्पद वस्तु फेला परेको छ ।
काठमाडौंको त्रिपुरेश्वरमा भेटिएको बम
डिस्पोज गरिएको छ । बुद्धनगर, गोंगबु, धापासी, डिल्लीबजार, कमलपोखरी,
महाराजगंजमा पनि शंकास्पद वस्तु भेटिएका छन् । त्रास फैलाउन जताजतै
शंकास्पद वस्तु राखिएको महानरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी
अर्जुनचन्द ठकुरीले जानकारी दिए । ठकुरीका
अनुसार प्रहरीले काठमाडौंबाट २३ जना र ललितपुरबाट १६ जना पक्राउ गरेको छ ।
तीमध्ये नागरिक दैनिकको गाडी जलाउने तीन जना पनि पक्राउ परेका छन् ।
त्यस्तै भक्तपुरमा शान्ति मन्त्रालयको एउटा
जीपमा पनि आगजनी गरेको छ । खरिपाटीस्थित शान्ति मन्त्राालयको बा. १ झ.
७०८४ नम्बरको पार्किङ गरिराखेको गाडीका गएराती एक बजे आगजनी गरिएको छ ।
सानोथिमि एसओएस नजिकैको एक वालुवा डिपोमा रोकिराखेको बसमा आगजनी गर्दा बस
पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
ललिपुरमा प्रहरीले मशाल जुलुस निकाल्न
खोज्ने बैद्य समूहका ४ कार्यकर्तालाई पक्राउ गरेको छ । बालकुमारी,
कुम्भेश्वर, मंगलबजार लगायतका क्षेत्रमा सवारी आवागमनमा अवरोध गर्न खोजेको
आरोपमा थप १६ जना पक्राउ परेको महानगरिय प्रहरी परिसर ललितपुरले जनाएको छ
।
काभ्रे
नेकपा–माओवादीका कार्यकर्ताले सडक अवरुद्ध
बनाउन पाँच स्थानमा बम राखेको छ । तामाघाट, खावा, श्रीखण्डपुर, चण्डेश्वरी र
डाँडागाउँमा राखिएको बम फेला परेका खड्गदल गणका गणपति जगत पौडेलले जानकारी
दिए ।
नुवाकोट
नुवाकोटको सदरमुकाम विदुर नजिक रहेको
एमाओवादी पार्टी कार्यालय र वट्टार क्याम्पस अगाडि राखीएको बम आज विहान
सेनाको टोलीले निस्कृय पारेको छ । प्रशासनमा व्यवसायीहरुले वन्द विरुद्ध
यातायात र वजार खोल्ने सहमति गरेपनि नेकपा माओवादीले बजारमा वम राखेका कारण
व्यवसायीहरु आतङ्कित भएका छन् ।
चितवन
चितवनको रत्ननगरमा सिलिण्डर बम विस्फोट
भएको छ । त्यसैगरी पश्चिम चितवनको शिवनगर ९ मा सिमेण्टको बोरामा तारा बाहिर
निकालेर राखिएको शंकास्पद बस्तु फेला परेको छ । भरतपुर नगरपालिका १३
आनन्दचोकमा पनि शंकास्पद फेला परेको छ । बिहानै देखि हडतालको असर देखिएको छ
। बिहान सवारी शुन्य संचालन भएपनि अहिले हलुका सवारी साधन चल्न थालेका छन
।
धरान
धरानको अमरहाटमा अज्ञात समुहले तेह्ररथुम
जादै गरेको जिल्ला प्रशासन कार्यालयको नयाँ गाडी विहान बजे तोडफोड गरेको छ
। मोटर साइलकमा आएका दुइ युवाले संविधानसभाको निर्वाचन प्रयोजनका लागि
तेह्ररथुम जिल्ला प्रशासन कार्यालयका लागि गइरहेको सेतो बोलेरो तोडफोड भएको
जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । त्यस्तै, धरानको जिरो पोइन्टमा
नम्बर नखुलेको एक टेम्पो पनि तोडफोड गरेको प्रहरीले जनाएको छ ।
धनकुटा
एकिकृत नेकपा माओवादीको धनकुटा स्थित
निर्माणाधिन पार्टी कार्यालयमा बिहान सुतली बम बिस्फोट भएको जिल्ला प्रहरी
कार्यालयका प्रहरी निरीक्षक शेषराज थान्दारले जानकारी दिए । जितपुरमा
माओवादीका ३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरी
सर्लाही सीमासंग जोडिएको महोत्तरीको
कान्तिबजारमा शंकास्पद वस्तु भेटिएको छ । शंकास्पद कार्टुन रहेको स्थानलाई
नेपाल प्रहरीका तीन टोलीले घेरावन्दी गरि सुरक्षा नियंत्रणमा लिएको छ ।
दोलखा
बन्दकर्ताले अरनिको यातायात सेवा समितिको २
वटा बसमा आगजानी गरेको छन् । समितिका सचिव श्याम लामा का अनुसार दोलखा
बसपार्कमा पार्किङ गरिराखेको बा ३ ख १८०६, बा २ ख ३५३४ नम्बरको बसमा भएको छ
। विभिन्न स्थानमा शंकास्पद वस्तु भेटिएको छ ।
उदयपुर
उदयपुरको सदरमुकाम गाईघाटमा बिहाने ७
मिनेटको अन्तरमा ४ वटा बम बिस्फोट भएको छ । नयाँ बसर्पाकको आसपाको क्षेत्र,
पुरानो गाईघाट र गाईघाट बजारको उत्तर र पश्चिम तर्फ विस्फोटन भएको छ ।
सुर्खेत
बन्द कर्तालेयात्रु
बसमा ढुङगा प्रहार गरेका छन् । बन्दकर्ताले ढुङगा प्रहार गर्दा यात्रु
बसमा रहेकी वीरेन्द्रनगर ७ की पृती गुप्ताको टाउँकोमा चोट लागेको छ ।
वीरगञ्जबाट वीरेन्द्रनगर आउँदै गरेको ना ३ ख ४७९० नम्बरको यात्रु बसमा
बन्दकर्ताले लुकेर ढुङ्गा प्रहार गर्दा शिशा फुटेको क्षेत्रीय प्रशासक
इन्द्रप्रसाद उपाध्यायले जानकारी दिए ।
सल्यान
सल्यानको सिनबांगको भबानी माध्यामिक
बिद्यालय छायानाथमा शंकास्पद बस्तु भेटिएको छ । बम हुन सक्ने प्रहरीको
आशंका छ । बन्दकै क्रममा माओबादीले क्षेत्र नं १ का उमेदवार टेक बहादुर
बस्नेतको घरमा कालो झन्डा समेत गाडेका छन् ।
Post a Comment