मंगलबारबाट बन्द अवज्ञा गर्ने प्रमुख दलहरुको तयारी

काठमाडौं, २५ कात्तिक (ओएनएस) :  प्रमुख दलहरुले चुनावी प्रचारलाई तिब्र पार्दै मंगलबारबाट बन्द अवज्ञा गर्ने तयारी गरेका छन् । एमाओवादी, कांग्रेस र एमालेका नेताहरुले मंगलबारदेखि बन्द अवज्ञा गर्दै यातायात सुचारु गर्ने र बन्दको विपक्षमा नता उतार्ने दाबी गरेका छन् । माओवादीले प्रमुख दलहरुले नै बन्दको अवेज्ञा गर्ने त्यसले परिणाम गम्भीर हुने चेतावनी दिएको छ ।  
 
रिपोर्टर्स क्लबको साक्षात्कारमा एमाओवादीका नेता देवेन्द्र पौडेलले माओवादीको बन्दमा आफूहरुले पहिला जस्तै मोटरसाइकल र्‍याली र प्रचारप्रसारका गतिविसध जारी राखेको जानकारी दिँदै मंगलबारबाट बन्दको अवज्ञा हुँदै यातायात सुचारु हुने दाबी गरे ।
 
तयारी अन्तिम चरणमा पुगिसकेकोले निर्वाचन स्थगित हुनै नसक्ने ठोकुवा गर्दै पौडेलले निर्वाचन रोक्नु लोकतन्त्र र आन्दोलनको उपलब्धि विरुद्धको काम हुने बताए । कांग्रेस प्रचार विभागका प्रमुख मिनेन्द्र रिजालले नेपाली जनताले नै मंगलबारबाट माओवादीको बन्द तोड्ने विश्वास ब्यक्त गर्दै कुनै पनि नाममा जनताको मत हाल्ने अधिकार रोक्न खोजे त्यसको सुरक्षाको लागि जुनसुकै सुरक्षा निकाय समेत परिचालन हुने ठोकुवा गरे ।
 
नेकपा माओवादीलाई निर्वाचन नै नचाहिएको दावी गर्दै नेपालबाट यस्ता कम्यूनिष्टहरु क्रमसँगै समाप्त हुँदै जाने बताए । राप्रपा नेपालले धर्मको मोहमा भन्दा पनि धर्मको आडमा राजतन्त्र फर्काउने षड्यन्त्र रचेको भन्दै हिन्दु धर्मावलम्बिहरुलाई देखाएर कुत्सित योजना पुरा हुनैनसक्ने ठोकुवा गरे । उनले भने, ‘अब राजतन्त्र फिर्ता हुँदै गाईको पुच्छर समातेर ज्ञानेन्द र उनका मतियार बैतणिर् तर्न सक्दैनन् ।’
 
एमाले सचिव युवराज ज्ञवालीले मंगलबारबाट नेपाली जनताले बन्दको अवज्ञा गर्ने र एमालेले पनि चुनाव प्रचारमा सवारी साधन चलाएर अवज्ञा गर्ने जानकारी दिँदै बन्द जति गरे पनि नेपाली जनता मतदान गर्न जाने विश्वास ब्यक्त गरे । उनले भने, 'भोलिबाट गाडी चल्छ बन्द खुलाउनु पर्छ, एमाले बन्द पर्खेर बस्दैन ।'
 
देव गुरुङको चेतावनी
 
नेकपा-माओवादीका सचिव देव गुरुङले प्रमुख दलबाट अवेज्ञा भए परिणम गम्भीर हुने चेतावनी दिए । उनले निर्वाचन स्थगित भएर वार्ता प्रारम्भ नभएसम्म आफूहरुको आन्दोलनको कुनै पनि कार्यक्रम फिर्ता नहुने स्पष्ट पारे । गुरुङले एकले अर्कोलाई निषेध गरेर अघि बढेपछि असहमतिको रुपमा केही घटनाहरु घट्नु स्वभाविक भएको तर्क गरे ।
 
उनले भने, ‘असहमतिको प्रक्रियाबाट अघि बढेपछि जे पनि हुन सक्छ । यस्तो अवस्थामा जतिसुकै शान्तिका कुरा गरे पनि हिंसा भई हाल्छ । असहमतिको प्रक्रिया स्वच्छ हुनै सक्दैन ।’ निर्वाचनबाट निकास असम्भव रहेकोले संविधान निर्माणको कुरा कोशौ टाढा बनेको भन्दै उनले निर्वाचनले मुलुकलाई नयाँ द्धन्द र समस्यामा फसाउने राष्ट्रिय अस्मिता ध्वस्त पार्ने दावी गरे ।

Post a Comment

Previous Post Next Post