फेरि ३ लाख मतदाता घटे,१ करोड २१ लाख ४७ हजार ८ सय ६५ कायम

संविधानसभा निर्वाचनमा फोटो सहितको मतदाता नामावलीमा पुनः ३ लाख २९ हजार मतदाता घटेका छन्।

कही मधेशी दल लगायत संघीय समाजवादी पार्टीको दवाव पश्चात निर्वाचन आयोगले अन्तिम पटक भदौ १ देखि ८ गते सम्म मतदाता नामावली संकलन अध्यावधि गर्दा मतदाता संख्या १ करोड २४ लाख ७७ हजार २ सय ८१ ब्कााट घटेर १ करोड २१ लाख ४७ हजार ८ सय ६५ कायम भएको छ। 

अघिल्लो संविधानसभा निर्वाचनमा मतदाता १ करोड ७६ लाख ११ हजार ८ सय ३२  थियो। फोटो सहितको नामावली सुरु गरिएकाले वैदेशिक रोजगारी वा अरु कारणले अनुपस्थितहरुको ठूलो संख्या यसपाल घटेको छ। 
निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईका अनुसार पहिले अध्यावधी गरिएको मतदाता नामावली फेरि मतदाता संख्या घट्नुका प्रमुख दुई कारण छन्। 

'नामावली संकलनका क्रममा १६ वर्ष उमेर पुगेर फोटो सहितको नामावलीमा समावेस भए पनि मतअधिकारका लागि १८ वर्ष उमेर पुग्न पर्ने भएकोले १६ देखि १८ वर्ष मुनिको संख्या कटौती गर्दा मतदाता संख्या घट्यो,' राईले भने। 

दोस्रो कारण कतिपय मतदाताले दुई ठाउँबाट फरक फरक समयमा फरक फरक निर्वाचन क्षेत्रका लागि फोटो खिचाएकोले त्यस्ता नाममा पछिल्लो नाम मात्र अध्यावधी गर्दा मतदाता संख्या घटेको हो। 
त्यस मध्ये ५९ लाख ८० हजार पुरुष र ६१ ल्ााख ६६ हजार महिला मतदाता रहेका छन्।

भक्तपुर२ मा सबैभन्दा बढि मतदाता ८२ हजार २ सय १८ छन् भने सबैभन्दा कम मनाङ्गमा ४ हजार ७ सय ९५ छ।

यसै विच सरकारले संविधानसभा निर्वाचनका लागि ७ अर्व ५६ करोड ४९ लाख रुपैया विनियोजन गरेकोमा असोज मसान्त सम्ममा ५६ करोड ५८ लाख रुपैया खर्च भइसकेको छ। नामावली संकलन, तालिम संचालन, मतपत्र छपाइ लगायत विभिन्न काममा त्यो खर्च लागेको हो। 
source www.setopati.com

Post a Comment

أحدث أقدم