चुनावले ल्यायो परिवारमा कलह र बेमेल

काठमाडौ,कात्तिक १० print
काठमाडौ,कात्तिक १० print
एकै परिवारका सदस्यहरु फरक-फरक पार्टीका भएपछि गुल्मीमा चुनावी रौनकसँगै पारिवारिक मतभिन्नता र चिसोपनसमेत बढेको पाइएको छ । अरु बेला सम्बन्ध सामान्य भए पनि राजनीतिक मतभिन्नताका कारण पारिवारहरुबीच कटूता देखिएको आजको नयाँ पत्रिकामा खबर छ ।
सदरमुकामसँग जोडिएको अर्खले १ चेक्मी गाउँका गोपाल मरासिनी र उनका बाबु मित्रलालबीच बोली नमिसिएको पनि महिना दिन हुन लाग्यो । काठमाण्डौंबाट एकीकृत नेकपा माओवादीको चुनावी प्रचारमा आएका गोपालले घरको धुरीमा लगेर पार्टीको झन्डा गाडेपछि उनीहरुबीच सम्बन्ध चिसिएको छ ।
कांग्रेसका वडा कमिटी अध्यक्षसमेत रहेका उनका बाबु मित्रलालले मुर्मुरिँदै छोराले धुरीमा गाडेको झन्डा उत्तिखेरै फालिदिए । फेरि गोपाल विहानै उठेर गाडिहाले । अहिले उनको घरमा झन्डा गाड्ने र उखेल्लने क्रम चलिनै रहेको छ ।
'के गर्ने, बुढापाखाहरुलाई सम्झाउनै सकिदैन,' गोपालले भने,' यो गाउँका पुरै युवा एमाओवादीमा के गएका थियौ बुढाहरुले विरोध गरेर बसिखान दिएका छैनन्।'
चुनाव आउदेखि मरासिनी परिवारमा जस्तो राजनीतिक मतभिन्नता र कटुता प्रायः सबै परिवारमा रहेको छ । विशेषतः बुढापाकाहरु कांग्रेस बढी मन पराउने, युवाहरु कोही एमाले त कोही माओवादीमा लागेपछि परिवारमा मनमुटाव बढेको हो । त्यसो त वृद्धभत्ता ल्याएको र त्यसलाई निरन्तरता दिएकाले पनि कतिपय परिवारमा वृद्धहरु कम्युनिष्टमा र छोराछोरी कांग्रेसमा हुँदा प्रचारमा आउने नेताहरुलाई चिया खुवाउन पनि नाक खुम्चयाउनुपर्ने अवस्था छ । जिल्लामा छोरी एकातिर बहिष्कारको नारा लगाउँदै गर्दा अर्को तिर एमाओवादीका जिल्ला सदस्य बाबु चुनाव प्रचारको माइक फुकिरहेका छन् ।
 स्रोत सेतोपाटी डट कम

Post a Comment

أحدث أقدم