टोखा नेवाः यूवा समाज दोहा कतारले पायो पुर्णता

भाद्र २१ गते दोहा - दोहा कतारमा रहेका प्रवासी टोखालीहरुको समुह टोखा नेवाः यूवा समाज दोहा कतारको स्थापनाको आठ वर्ष पछि आज प्रथम साधारण सभा गरी पुर्णता दिएको छ । स्थापना भएपछि नै विविध कारणले नेतृत्व विहिन हुन पुगेको समाजमा आजको साधारण सभाले पुनर गठन गरी पदपुर्ति समेत गरेको हो ।

प्रवासमा रहेका समाजका सदस्यहरुलाई समस्या पर्दा सहयोग गर्ने र आफुहरुले कमाएको केहि रकमले आफ्नो जन्मभुमीको धार्मिक ,सामाजिक र सास्कृतिक क्षेत्रमा केही भए पनि सहयोग गर्ने उद्देश्यका साथ बि.स.२०६२ सालमा आज भन्दा आठ वर्ष अघि दोहा कतारमा समाजको स्थापना भएको थियो ।

टोखा नेवाः यूवा समाज दोहा कतारको आज भएको साधारण सभा तथा पुनर गठित निर्वाचित नयाँ पदाधिकारीहरु
अध्यक्ष- तिर्थ नारायण श्रेष्ठ ,
सह अध्यक्ष- आश नारायण श्रेष्ठ ,
सचिव अजय श्रेष्ठ,
सह सचिव नारायण कृष्ण श्रेष्ठ ,
कोषाध्यक्ष- कृष्ण श्रेष्ठ,
सह कोषाध्यक्ष- बिक्रम डंगोल
सल्लाहकार-
पूर्ण लाल डंगोल,
धुर्ब डंगोल
कान्छा श्रेष्ठ  रहेका छन् ।

त्यस्तै गरी यस सभा मार्फत प्रत्येक महिनाको दोस्रो शुक्रबार बैठक वस्ने समेत निर्णय गरेको छ । बैठकमा प्रत्येक सदससँग १० रीयाल शुल्क उठाउने र उक्त रकम जम्म गरी अपथ्यारोमा परेका सदस्यहरुलाई र आफ्नो जन्मभुमीको सामाजिक कार्यमा लगानी गर्ने निर्णय समेत गरेको छ ।

दोहा कतारमा सयौको सँख्यामा टोखाली भाजु भाई रहेका छन् । हाल समाजमा ५० जना आवद्ध छन् भने अरुलाई पनि थप्दै जाने समाजको आगामी कार्य योजनामा रहेको हाल दोहामा रहेका बिनोड श्रेष्ठले बताउँनु भयो ।

यस अघि समाजको आर्थीक सहयोगमा टोखाको ऐतिहासिक धार्मिक स्थल सपनतीर्थ मन्दिर प्रवेश द्धार निर्मान गरेको थियो । त्यसै गरी टोखाको जीवित देवी कुमारी, धाँ खलः र भगवती क्लबलाई समेत यस समाजले आर्थिक सहयोग गरी सकेको छ ।

"प्रवासमा हामी टोखाली एक जुट होऔँ, आफ्नो गाउँको लागि केही गरौँ" भन्ने नारा सहित सभा सम्पन्न भएको थियो ।


(प्रवासका मित्रहरु तपाईहरुले पनि यस्तौ कुनै कार्यक्र गर्दै हुनुहुन्छ र कुनै गतिविधि वा समस्याहरु छन् भने देखिन हामीलाई जानकारी गराउँनु होस्। हामी त्यसलाई समाबेश गर्नेछौँ । सम्पर्कका लागि newsoftokha@gmail.com)

Post a Comment

أحدث أقدم