काठमाडौं, १४ भाद्र । सार्क सदस्य राष्ट्रहरुको अर्थमन्त्रीस्तरीय बैठक आजदेखि श्रीलंकाको कोलम्बोमा शुरु हुदै छ । बैठकमा दक्षिण एसिया क्षेत्रमा दीर्घकालीन वित्तीय पुँजी लगानी बढाउने उपायको खोजी हुनेछ ।
बैठकले लगानी प्रवर्द्धन र सुरक्षासम्बन्धी मस्यौदालाई अन्तिम रुप दिने बताइएको छ । विश्वले झेलिरहेको वित्तीय सङ्कटबाट सार्क क्षेत्रलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा पनि अर्थमन्त्रीहरुले छलफल गरी रणनीति तय गर्ने बताइएको छ ।
बैठकमा सहभागी हुन अर्थमन्त्री शंकर प्रसाद कोइराला कोलम्बो जानु भएको छ ।
إرسال تعليق