काठमाडौं, श्रावण ७ । आज गुरु
पूर्णिमा । हिन्दू धर्मावलम्बीले महाभारत, श्रीमद्भागवत, अठार पुराण र
विष्णु सहस्रनामका रचयिता तथा अपौरुषेय वेदलाई चार भाग लगाउने वेदव्यासको
जन्मजयन्तीलाई गुरुपूर्णिमाका रुपमा मनाउँदैछन् । द्वापरयुगको अन्त्यतिर
कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षेत्रपूर्णिमा अर्थात् गुरु पूर्णिमाकै
दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रुपमा व्यासको जन्म भएको
थियो ।
चारैवेद, अठार पुराण, भागवतगीताको सम्पादन आजकै दिनमा समाप्त गरी आफ्ना शिष्यलाई दर्शन दिएकाले यो दिनलाई गुरुपूर्णिमाका दिनमा मनाउने परम्परा रहेको हो । आफ्ना छोरा शुकदेवसहित सम्पूर्ण ऋषिलाई वेदवेदाङ्ग पढाएकाले व्यासलाई प्रथम सर्वश्रेष्ठ गुरु मानिन्छ र आजका दिन आफूलाई शिक्षा दिने गुरुलाई सम्मान गर्नाका साथै व्यासलाई सम्झना गर्ने गरिन्छ ।
यस दिन गुरुका रुपमा ज्ञानको पूजा गरिन्छ । अज्ञानरुपी अन्धकारबाट ज्ञानरुपी आफ्ना शिष्यलाई उज्यालोतर्फ लानुहुने भएकाले विद्यार्थीले गुरुलाई फूलमाला अर्पण गर्दै उनीहरुबाट आशीर्वाद थाप्ने चलन छ । संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ नष्ट गर्ने हो ।
आफ्ना शिष्यलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरुमा रहेको अन्धकाररुपी अज्ञान हटाउने गुरुलाई ब्रम्हा, विष्णु, महेश्वर र साक्षात् परम्ब्रम्हास्वरुप मानिन्छ । हिन्दू मान्यताअनुसार सङगीतलगायत ६४ कला सिकाउने, गायत्री–दीक्षामन्त्र–वेदमन्त्र दिने आचार्य, उमेर–बुद्धि–बल–अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन् भने पिता, माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, ब्राह्मण र काका गुरुकै कोटिमा पर्छन् ।