आज स्थानिय बासिन्दाले लगाए गाबिसमा ताला

शैलेस डंगोल -३ श्रावण -आज टोखामा स्थानिय बासिन्दाहरुको एक टोलिले सरस्वती गाबिसमा ताला बन्दी गरेको छ । टोखाको बाटोमा गाबिसको पहलामा राखेको ग्राभेल कमसल देखिएको र उक्त कारणले बाटो हिलम्मे भैइ हिड्ने जोकोहिलाई असहज र अप्थ्यारो भएकोले माग पत्र सहित गाबिस भवनमा ताला बन्द गरेको हो ।

ग्राभेल लाउने नाममा आर्थीक अनियमिता गरेको स्थानिय बासिन्दाहरुले ठहर गरेको छ । हिलाम्मे बाटोका कारण सर्वसाधारण जनता हिलो पन्छाएर छेउ छेउबाट हिंड्न बाध्य छन । बढी राटोमाटो मिसिएको ग्राभेलका कारण टोखा गेट बाहिर र भित्रको बाटो पुर्ण रुपमा धान रोप्ने खेत जस्तै देखिएको छ । सरोकरवाला निकायले बाटो पुन मर्मत र सम्भारको लागि तत्काल आवश्यक पहल थाल्नु पर्ने जनगुनासो रहेको छ ।​
केही झलकहरुः 
टोखा प्रवेश गर्ने मुल गेट आगाडी गाविस भवन नजिकैको सडकको अवस्था यस्तो छ ।
छ्यापलाङ्ग छुपुलुङ्गः माइक त जान मुस्किल छ मान्छेहरु कसरी हिंडुल गर्दो हो यस्तो बाटोमा ।

कहाँ बाट जाउँः टोखाको मुल बाटोमा ग्रभील राखेपछि देखिएको अवस्था ।हिलोबाट बच्दै आफ्नो गण्तव्य तर्फ लाग्दै ।
तस्वीरः शैलेश डंगोल
Previous Post Next Post