आर्थिक सर्वेक्षण २०६९/७० ले नेपालमा रोजगारीको स्थिति भयावह भएको देखाएको
छ। लामो समयदेखि देशमा कुनै नयाँ उद्योगधन्दा खुल्न सकेको छैन। न कुनै
उल्लेख्य विदेशी लगानी नै आएको छ। अनि के गर्ने त ? काम खोज्न बाहिर देशमा
जाने। ठूलो संख्यामा नेपालीहरु रोजगारीका लागि बाहिरिएका छन् र यो क्रम
जारी छ। अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार सरकारको
अनुमति लिई र नलिई दुवै किसिमले विदेशका काम गर्न गएकाहरुको संख्या ३०
लाखभन्दा बढी छ।
सबभन्दा बढी नेपाली मलेसियामा छन्। तर त्यहाँको तलब भने तुलनात्मक रुपमा अरु देशमा भन्दा कम छ। आर्थिक वर्ष २०६९/७० को
दोस्रो चौमासिकसम्म मलेसियामा काम खोज्दै जानेको संख्या १ लाख २ हजार २ सय
४० रहेको छ। दोस्रो स्थानमा साउदी अरब (६० हजार+) र तेस्रो स्थानमा कतार
(५५ हजार+) रहेको छ।
तथ्याङ्क अनुसार पुरुष धेरै जाने देश मलेसिया हो भने महिला धेरै जाने
देश युएई हो। यो वर्ष विदेश गएकाहरुमध्ये ३८ प्रतिशत पुरुष मलेसिया, २३
प्रतिशत साउदी अरब र २१ प्रतिशत कतार गए। महिलातर्फ भने ३५ प्रतिशत युएई,
२८ प्रतिशत मलेसिया र २० प्रतिशत कुवेत गएका रहेछन्।
साढे १६ हजारभन्दा बढी महिला काम गर्न विदेश गएका बेला पुरुषको संख्या भने हजार हैन, लाखमा छ। २ लाख ६० हजारभन्दा बढी।
किन वर्षेनी लाखौँको संख्यामा नेपाली विदेशिन्छन् त ? कारण सरकारी
सर्वेक्षणले नै स्वीकारेको छ- “देशमा दिनानुदिन बढिरहेको बेरोजगारी समस्या
समाधान गर्ने तर्फ स्पष्ट नीति तथा कार्यक्रमको अभाव एवम् खाका तयार नभएको
कारण”
सरकारको काम संस्थागत रुपमा विदेशमा रोजगारीका लागि अनुमति खुल्ला गर्नु
रहेको देखियो। यो पृथ्वीमा कूल १९३ देश संयुक्त राष्ट्र संघका सदस्य छन्।
नेपालले संस्थागत रुपमा विदेशमा काम गर्न जान अनुमति दिएका देशको संख्या
१०९ पुगिसकेको छ।
रेमिट्यान्सले नेतालाई दबाब छैन, अर्थतन्त्रमा रोग
सरकारलाई रोजगार देऊ भन्दै दबाब दिन सक्ने ३० लाख युवा देशबाहिर गएपछि
नेता, नीतिनिर्मातालाई हाइसन्चो भएको छ। त्यही भएर लाजै नमानी “देशमा
दिनानुदिन बढिरहेको बेरोजगारी समस्या समाधान गर्ने तर्फ स्पष्ट नीति तथा
कार्यक्रमको अभाव एवम् खाका तयार नभएको” रिपोर्ट लेखिरहेका छन्।
यत्रो संख्यामा विदेशिएका नेपालीको योगदान के हो त ? रेमिट्यान्स।
कहिलेकाहीँ वैदेशिक रोजगारमा गएकाहरु बुझ्दैनबुझी कुर्लने गर्छन्- हाम्रो
रेमिट्यान्सले देश धानिरहेको छ। पक्कै रेमिट्यान्सको योगदान छ। तर यसले
विभिन्न किसिमका विकृति ल्याउन थालेको छ। एउटा विकृति ‘डच रोग’ हो।
१९५७ मा नेदरल्यान्डको उत्तरी सी मा ग्याँसको ठूलो भण्डार भेटियो। त्यस
भण्डारबाट उत्पादित ग्याँसको निर्यातले सुरुमा डच अर्थतन्त्रलाई उकास्न
मद्दत गर्यो। राष्ट्रलाई प्राकृतिक ग्याँसको बिक्रीबाट आय त भयो तर त्यसैमा
बढी निर्भर भएर अन्य क्षेत्रको उत्पादन सुक्न थालेपछि आन्तरिक श्रम बजारमा
बेरोजगारी बढ्न थाल्यो। अन्त्यमा यो डच अर्थतन्त्रका लागि अभिशाप सिद्ध
भयो। नेपालमा पनि रेमिटेन्स आयले “डच रोग” को आधार बनाएको प्रतिवेदन “साउथ एसिया वाच अन ट्रेड इकोनोमिक्स एण्ड एन्भारोमेन्ट”
ले दिएको छ। यो प्रक्रियालाई उदाहरण बनाउनका निमित्त द इकोनोमिस्टले ‘डच
रोग’ शब्दको प्रयोग गरेको हो। तर हाल जुनसुकै परिस्थितिमा मुलुकमा वैदेशिक
मुद्रा भित्र्याएर आन्तरिक उत्पादनमा प्रतिकूल असर पार्ने कामलाई डच रोग भन्ने प्रचलन छ।
नहोस् पनि किन, विदेशमा बसेकाले पैसा कमाएका छन्, यहाँकाले बसी बसी खान पाएका छन्, कुनै मेहनतै नगरी।
मुलुकमा वैदेशिक रोजगारबाट भित्रने रकमको ७९ प्रतिशत खर्च खानपिनको
निमित्त हुने सर्वेक्षणहरू देखाउँछन्। बचत हुने रकम कुल आयको ०.६ प्रतिशतमा
सीमित देखिन्छ। अनि व्यापार तथा लगानीका निमित्त ३ प्रतिशतभन्दा कम उपयोग
हुने गर्छ। यस अर्थमा भित्रने रकम बढे पनि त्यसको खपत जीवन धान्ने कार्यमा
नै अत्याधिक हुने तथा लगानी र सञ्चय न्युन हुने भएकाले हामी कति डच रोगबाट
प्रभावित भएका छौँ, त्यसको विश्लेषण गर्न धेरै स्रोत र साधन खति गर्नु
आवश्यक परोइन। (सिजापति, विनोद, २०१२)
घरपरिवार बिग्रँदै
नेपाली कांग्रेसकी नेतृ ममता थेवेले झापा जिल्लामा आउन थालेको सामाजिक
विकृतिबाट चिन्तित हुँदै भनेकी थिइन्- ‘वैदेशिक रोजगारले देशमा पैसा त
भित्रियो, घरपरिवारले विनापरिश्रम खान/लगाउन पनि पाउने भए तर समाजमा थुप्रै
अकल्पनीय विकृति पनि भित्रन थालेका छन्। थेवेले भनेको अकल्पनीय
विकृतिमध्ये सबैभन्दा ठूलो समस्या पारिवारिक सम्बन्ध हो। जनजातिहरूमा
परापूर्वकालदेखि नै कमाइका निम्ति मुग्लान लाग्ने चलन थियो। परिवारका सदस्य
खास गरेर पत्नी श्रीमान् बिदामा आउने दिन कुरेर बस्ने गर्थिन्। पेन्सन
पाकेर घर फर्केपछि वास्तविक पारिवारिक जीवन सुरु हुन्थ्यो। त्यो उनीहरूको
जीवनपद्धतिको अभिन्न अंग बनिसकेको थियो। अन्य जातजाति वा समुदायमा कामका
लागि विदेश जाने परम्परा बिरलै थियो। अहिले श्रीमान् वा श्रीमती रोजगारीका
निमित्त विदेशिने चलन छ, रकम भित्रिन्छ। तर कसैले कसैलाई कुरेर बस्दैन।
अन्यसँग सम्पर्क बढ्ने अनि त्यसबाट पारिवारिक सम्बन्धमा नराम्रो असर पर्ने
तथा बालबालिकाको भविष्य जटिल समस्या बन्दै गएको छ। (ऐ.ऐ.)
आफ्नी स्वास्नीलाई आफू विदेशमा हुँदा अर्कैले भगाइदिएपछि पीडित बनेका
लोग्नेले भगाउने केटा कै स्वास्नीसित बिहे गरेको अनौठो खबर झापाबाटै आएको
हो। जस्ले जस्की स्वास्नी उडायो उसैले उस्की स्वास्नी उडाइदिए।
हाम्रै आँखाअगाडि श्रीमान् बाहिर गएकी श्रीमति र श्रीमति बाहिर गएको
श्रीमान् कति बिग्रिएका उदाहरण छन्। अस्ति एक जनाले सुनाउँदै थिए- एक जना
आफन्त दिदीले श्रीमान् विदेश गएको भन्यो कि मान्छेले अर्कै नजरले हेर्ने
हुनाले ढाँटेर बाहिर जिल्लामा गएको भन्ने गरेकी छिन् रे। श्रीमानले
विदेशबाट पैसा पठाए जति श्रीमतिले यता अर्कै केटासँग उडाउँदै वा श्रीमतीले
विदेशबाट पैसा पठाए जति श्रीमानले यता अर्कै केटीसँग लागेर उडाएको प्रशस्त
देखिन्छ। कतिको त नेपाल फर्कँदा पैसा पनि छैन, घरवार पनि छैन। हाम्रो
कानुनमा पुरुषले चाहेर सम्बन्ध विच्छेद गर्न गाह्रो भएकोले उल्टै पैसा
तिरेर गर्नुपर्छ डिभोर्स। एक दिन मेरा एक फेसबुके मित्रले मलाई फोन गर्दै
रुन्चे स्वरमा सुनाएका थिए- “हाकाहाकी मसित २ लाख रुपियाँ मागिन्। आज पैसा
दिएर अदालत गएर डिभोर्स गरेँ।”
अनि किन दिएको त पैसा ?
“के गर्ने यार कति सहने टेन्सन। मलाई त ठीकै थियो। बिचरा बूढा बा, आमाहरुलाई टेन्सन, पेशी भन्या छ, अदालतमा बयान दिन बोलाएको छ। बरु दिएको खाओस् भनेर।”
अनि किन दिएको त पैसा ?
“के गर्ने यार कति सहने टेन्सन। मलाई त ठीकै थियो। बिचरा बूढा बा, आमाहरुलाई टेन्सन, पेशी भन्या छ, अदालतमा बयान दिन बोलाएको छ। बरु दिएको खाओस् भनेर।”
नेपालमात्र हैन, विदेशमा पनि उस्तै। विदेशमा गएका अर्कैका श्रीमान् र अर्कैकी श्रीमतीले छिल्लिएर गरेका कुराकानीका अडियोहरु युट्युबमा
समेत अपलोड भएका छन्। विदेशबाट फर्किएकी एक दिदीले सुनाइन्- ‘केटाहरुले
फोन नम्बर पाउनै हुँदैन। रातिराति फोन गरेर टेढोटेढो कुरा गरेर हैरान
गर्छन्। फोन अफ गरेर राख्नुपर्छ। कति पटक त सिम चेन्ज गरेको छु।’
विदेशमा गएका सबै केटा र सबै केटी उस्तै हुँदैनन्। तर ३० लाख बाहिरिएको
यो देशमा ९० प्रतिशत चोखा भए पनि ३ लाख पुरुष, ३ लाख महिला गरी ६ लाख अझ
उनीहरु पनि विवाहित भए थप ६ लाख गरी १२ लाख पीडित हुन्छन्। यो समस्या
प्रवृत्ति बनेर बिस्तारै फैलने क्रममा छ जसले हाम्रो पारम्पारिक सोच र
मान्यतालाई भत्काउँदै लैजान बाध्य बनाउनेछ। यसको परिणाम भविष्यमा देखिँदै
जानेछ।
सबै लेख माई संसर डट कम बाट साभार
यो पनि पढौँ यो लेख पढेँ पछिका पाठकहरुले दिएका केही प्रतिकृयाहरु
नेपाली डिजिज को नेपाली उपचार नै खोज्न जरुरी छ
जहाँ सम्म Dutch Disease को कुरा छ, नेपालको कुरा गर्दा ठ्याक्कै त्यही हो
भन्न मिल्दैन। दक्षिण एशियाका दुइ देशमा दुइ प्रवित्ति देखिएको छ। नेपाल
प्रवित्ति र भुटान प्रवित्ति – भुटानको कुल निर्यातको ४२ प्रतिशत जलविद्युत
हो – कतिपयले यसलाई jobless growth भनेका छन् (विद्युत उत्पादन गरेर बिदेश
बेच्ने काम गर्दा धेरै मानिसले रोजगारी पाउने अवस्था हुन्न र भुटानमा त
प्राविधिक काम गर्ने जनशक्ति सबैजसो भारतिय छन् ) – र अघिल्लो वर्ष मात्र
त्यहाँ भारतिय रुपैयाँको चरम अभाव भएको थियो – भारतबाट हुने आयात
अप्रत्यासित रुपमा बढेर । अरु सबै काम छोडेर जलविद्युत क्षेत्र मात्र विकास
गर्दै जाँदा कहाँ पुगिन्छ भन्ने चिन्ताले भुटानीहरुलाई सताउन थालेको छ –
भुटानमा १५०० मेगावाट बिजुली उत्पादन हुन्छ, जुन झण्डै सबै भारत निर्यात
हुन्छ – र थप उत्पादन गर्ने बाटोमा उ लागेको छ।
अर्को देश नेपाल हो – जसको अर्थतन्त्रको २५% भन्दा बढी हिस्सा वैदेशिक रोजगारीको आम्दानीले ओगटेको छ। सरकारी तथ्यांक अनुसार करिब ३ अर्ब रुपैयाँ विदेशबाट रेमिट्यान्सको रुपमा भित्रियो रे अघिल्लो वर्ष – तर कति बिदेशी मुद्रा बाहिरियो त ? पेट्रोल, डिजेल र ग्यास को लागि मात्र १ अर्ब भन्दा बढी, अरु उपभोग्य वस्तुको लागि त्यो भन्दा झन बढी, र अन्त्यमा हातमा लाग्यो शुन्य – जति आम्दानी छ त्यो भन्दा निक्कै बढी खर्च छ हाम्रो देशको – र आम्दानी भन्दा खर्च धेरै भएपछि गरिब भइन्छ भनेर बुझ्न अर्थविद् भइरहनु पर्दैन। आयात र निर्यातको असन्तुलनले नेपालको ब्यापार घाटा साढे ४ खर्ब रुपैंया भन्दा बढी छ।
आम्दानी र खर्चको यो असन्तुलन किन ? र यत्रो रेमिट्यान्स आम्दानी हुँदा पनि किन सकारात्मक प्रभाव कम मात्र देखिन्छ ? नेपाल र भुटान को case study गर्ने हो भने यसले स्पष्ट रुपमा एउटा तथ्य दर्शाउँछ – एउटा हरिकंगाल ब्यक्तिलाई १ करोड रुपैया दियो भने के हुन्छ ? पैसा अन्ततः मासिन्छ र खासै केहि उपलब्धि हुँदैन। यहाँ पनि त्यही भइरहेको छ – एउटा हरिकंगाल अर्थतन्त्रमा पैसा त भित्रिरहेको छ तर यो देशले त्यसलाई उपयोग गर्न जानिरहेको छैन – गरिब देशलाई पैसा मात्र दिएर नहुने रैछ जबसम्म पैसा जोगाउने, उपयोग गर्ने र बढाउने कला त्यो देशले सिक्दैन।
अर्थतन्त्रको यो पाटोलाई डच डिजिज होइन , नेपाली डिजिज भन्ने नामाकरण बढी उपयुक्त होला – डच डिजिजमा त कुनै एक प्रकारको प्राकितिक स्रोत (वा विदेशी मुद्रा आय अरु कुनै हिसाबको) मा मात्र जोड दिंदा, बढी बिदेशी मुद्रा भित्रिएर स्वदेशी मुद्राको बिनिमय दर बढी शक्तिशाली हुने र यसले निर्यातका अरु बस्तुको भाउ स्वतः बढ्ने र एक क्षेत्र मात्र boom हुने अरु क्षेत्र lag हुने अवस्था हो। भारतिय रुपैयासंगको स्थिर बिनिमय दर ले नेपाली मुद्रा आफुखुसी बलियो वा कमजोर हुन सक्छ, न त नेपालको निर्यात क्षेत्र नै विकसित छ – रेमिट्यान्स आए नि नआए नि नेपालको निर्यात क्षेत्र निकै कमजोर नै हो र रहन्छ – र अरु उद्योग र क्षेत्र नेपालमा न पहिले थियो न त अहिले नै छ (हेर्नलायक रुपमा), त्यसैले डच डिजिज नै चाहीं भन्न मलाई मन लागेन – नेदरल्याण्डमा त निकै बिकसित अर्थतन्त्र थियो १९५७ अगाडि नै, खाली प्राकृतिक ग्यास पत्ता लागेपछि अरु क्षेत्र सुक्ने र ग्यास निर्यात मात्र बढ्ने रोगले गाँजेको हो – हाम्रोमा त सुक्नलाई अरु कुनै क्षेत्रै थिएन कहिल्यै ।
नेपाली डिजिज को नेपाली उपचार नै खोज्न जरुरी छ।आशा गरौं , त्यो खोजिएला छिट्टै र उपचार सुरु होला
अर्को देश नेपाल हो – जसको अर्थतन्त्रको २५% भन्दा बढी हिस्सा वैदेशिक रोजगारीको आम्दानीले ओगटेको छ। सरकारी तथ्यांक अनुसार करिब ३ अर्ब रुपैयाँ विदेशबाट रेमिट्यान्सको रुपमा भित्रियो रे अघिल्लो वर्ष – तर कति बिदेशी मुद्रा बाहिरियो त ? पेट्रोल, डिजेल र ग्यास को लागि मात्र १ अर्ब भन्दा बढी, अरु उपभोग्य वस्तुको लागि त्यो भन्दा झन बढी, र अन्त्यमा हातमा लाग्यो शुन्य – जति आम्दानी छ त्यो भन्दा निक्कै बढी खर्च छ हाम्रो देशको – र आम्दानी भन्दा खर्च धेरै भएपछि गरिब भइन्छ भनेर बुझ्न अर्थविद् भइरहनु पर्दैन। आयात र निर्यातको असन्तुलनले नेपालको ब्यापार घाटा साढे ४ खर्ब रुपैंया भन्दा बढी छ।
आम्दानी र खर्चको यो असन्तुलन किन ? र यत्रो रेमिट्यान्स आम्दानी हुँदा पनि किन सकारात्मक प्रभाव कम मात्र देखिन्छ ? नेपाल र भुटान को case study गर्ने हो भने यसले स्पष्ट रुपमा एउटा तथ्य दर्शाउँछ – एउटा हरिकंगाल ब्यक्तिलाई १ करोड रुपैया दियो भने के हुन्छ ? पैसा अन्ततः मासिन्छ र खासै केहि उपलब्धि हुँदैन। यहाँ पनि त्यही भइरहेको छ – एउटा हरिकंगाल अर्थतन्त्रमा पैसा त भित्रिरहेको छ तर यो देशले त्यसलाई उपयोग गर्न जानिरहेको छैन – गरिब देशलाई पैसा मात्र दिएर नहुने रैछ जबसम्म पैसा जोगाउने, उपयोग गर्ने र बढाउने कला त्यो देशले सिक्दैन।
अर्थतन्त्रको यो पाटोलाई डच डिजिज होइन , नेपाली डिजिज भन्ने नामाकरण बढी उपयुक्त होला – डच डिजिजमा त कुनै एक प्रकारको प्राकितिक स्रोत (वा विदेशी मुद्रा आय अरु कुनै हिसाबको) मा मात्र जोड दिंदा, बढी बिदेशी मुद्रा भित्रिएर स्वदेशी मुद्राको बिनिमय दर बढी शक्तिशाली हुने र यसले निर्यातका अरु बस्तुको भाउ स्वतः बढ्ने र एक क्षेत्र मात्र boom हुने अरु क्षेत्र lag हुने अवस्था हो। भारतिय रुपैयासंगको स्थिर बिनिमय दर ले नेपाली मुद्रा आफुखुसी बलियो वा कमजोर हुन सक्छ, न त नेपालको निर्यात क्षेत्र नै विकसित छ – रेमिट्यान्स आए नि नआए नि नेपालको निर्यात क्षेत्र निकै कमजोर नै हो र रहन्छ – र अरु उद्योग र क्षेत्र नेपालमा न पहिले थियो न त अहिले नै छ (हेर्नलायक रुपमा), त्यसैले डच डिजिज नै चाहीं भन्न मलाई मन लागेन – नेदरल्याण्डमा त निकै बिकसित अर्थतन्त्र थियो १९५७ अगाडि नै, खाली प्राकृतिक ग्यास पत्ता लागेपछि अरु क्षेत्र सुक्ने र ग्यास निर्यात मात्र बढ्ने रोगले गाँजेको हो – हाम्रोमा त सुक्नलाई अरु कुनै क्षेत्रै थिएन कहिल्यै ।
नेपाली डिजिज को नेपाली उपचार नै खोज्न जरुरी छ।आशा गरौं , त्यो खोजिएला छिट्टै र उपचार सुरु होला
असक्षम नेतृत्वका कारणा बेरोजगार समस्या बर्दोछ ..
सानो नेपाललाई चाहिने भन्दा बढिनै प्राकृतिक श्रोत भयको मुलुकमा
नेपालीले रोजगारी नपायर विदेश जान पर्नु बात नेपालका नेताहरु र तिनीहरुले
चलाउने सरकार असफल असछ्यम भयको प्रमाणित गर्छ/
कुरा यतिमै सिमित छैन/ ८३हजार बिजुली उत्पादन गर्न सकिने बिस्वमा दोश्रो
जलश्रोतको धनि मुलुकमा आज नागरिको घर सडकमा दिनको १६ घण्टा लोड सेदिंग
हुन्छ/ बिस्वमा पाँचौं स्वच्छ पानीको श्रोत भयको देसमा नागरिकलाई पिउन समेत
पानि उपलब्ध छैन/ नागरिकहरुले बिजुली नआय पनि शुल्क तिर्नु पर्छ/ धारामा
थोपा पानि नआय पनि निबेदन गरेर शुल्क तिर्नु पर्ने नतिरे मेलम्चीको पानि
आउँदा पनि नपाउने धम्कि दिइन्छ/ संसारमा अन्त कतै होला यस्तो आफ्नै
नागरिकालाई अत्याबस्यक बस्तु रोक्ने धम्कि दिने मुलुक?
शुल्क तिर्न रास्ट्र गरेको नोट कमाउनु तर अबशर नेपालीको निमित उपलब्ध
छैन/ किन यस्तो भयो भन्नु भन्दा कहिले देखि यस्तो भयो भनेर बिचार गर्ने हो
भने राज्यको कोष बात जनारेटर चलायर २४ घण्टा घरमा उज्यालो पार्ने
बातानुकुलित बनाउने मिनरल बात बाथतवमा नुहाउने, जनताले लात मारे पनि आफै
सांसद मन्त्रि बन्ने नेताहरुलाईनै अरवको मरुभूमिमा भेडा उँट चर्हाउन पठाउनु
पर्ने देखिन्छ/
नेपालको गरिबी र नेपालीले आफ्नो देसमा रोजगारीको अवसर नपाउनुको प्रमुख
कारण नेपालमा भयको श्रोतको परिचालन नेपालको हितको निमित नगरेको र गर्न
नदियकोले नै हो/ भारतको कलकत्ता बन्दरगाह नेपालले निशुल्क उपयोग गर्न नदिने
भारतलाई नेपालको ठुला ठुला जलश्रोतहरु निशुल्क सुम्पेको छ// सशुल्क दियको
भय नेपाले त्यो रकम लगानी गरेर नेपालले अरु कति जल बिद्युत तथा शिचाई
आयोजना आफ्नै श्रोत बात गर्न सक्थ्यो र यस्तो आयोजनहरुले नेपालमा कति लाखले
रोजगारीको अबशर पाउने थियो?
कृषि प्रधान भनिने नेपालमा भारत सिट गरेकोअसमान सन्धिहरुको कारणले
नेपालको ठुलो नदीहरु शिचाई गर्न नहर बनाउन पाउंदैन/ त् बढ्दै गयको
जनसंख्याको कारणले कम हुँदै गयको खेतमा खेति गर्न पनि आकाशको पानीमा निर्भर
हुनु पर्ने भयको कारण कृषि जन्य पेशा गर्नेले समेत नेपालमा रोजगार पाउन
नसकेको हो/
महान शिल्पकारी अरनिको जस्तैको नेपाल अहिले आइए पधारिय भन्दै नेपालको
नागरिकता ओछ्यायर ल्यायको बिहारी कामदारको भयको कारणले आज लाखौँ अरनिहरु
बिदेशिन बाध्य भयको हो/
अँध्यारोमा डुबेको; सुगम यातायातको ब्यबस्था नभयको पिउने पानि पानि समेत
नपाउने; नेपाल लोभ्याउने नया नेपाली कलाकृति कुनै नबन्ने आय दिन बन्द र
हड्ताल हुने हुने नेपालमा कति जना कति पटक सांस्कृतिक पर्यटकन आउन सक्ला?
महँगो शुल्क तिर्दा पनि पर्यटकको सुबिधा र सुरछ्याको कुनै ब्यबस्था नभयको
अबस्थामा पटक पटक पर्यत सगरमाथा चढ्न नआउने भयकोले चलाख र धुर्त पर्यटक
ब्यबसाइहरु मानव तस्कर गर्ने मायन पावर यजेंट बने सोझा जति उनीहरुको सिकार
बन्न बाध्य भयो/
अनेकौं बहाना बनायर पटक पटक सिंगापुर हंगकंग जाने नेताहरुले ती मुलुकहरु
बिकशित भयको मूल कारण ट्रेड टुरिजम नै भयको कुरा बुझ्नमा भन्दा रास्ट्र
बैंक बात बुझेको डलर भत्ता त्यहाको ड्युटी फ्री बिदेशी सामान किन्नमै
बितायो/ यदि नेपाललाई पनि ति मुलुकहरुमा जस्तै “ट्रेड टुरिजम” गरिन सकिने
मुलुक बनायको भय नेपाल पनि ती मुलुकहरुले जस्तै बिना उद्द्योग डलर युरो
कमाउन सकिन्थ्यो; नेपालमै उत्पादन गर्ने रोजगारी नपाय पनि तेश्रो मुलुकले
उत्पादन गरेको सामान बेच्ने रोजगार पाउने थियो; हंगकंग सिंगापुरको
नागरिकहरुले पाय जस्तै/
कार ट्रक मोटर साइकल बनाउन सकिंदैन भने नेपालले कमसेकम पनि साइकल र
रिक्सा त् बनाउन सकिन्थ्यो/ तर तेती पनि गरेनन ई नेताहरुले/ भारतले
मर्सिडिज कम्पनीको पुर्जा जडान गरेर ट्रक बनायको हो/ जापानको सुजुकिको
पुर्जा जडान गरेर मारुती जडान गरेको हो/ नेपालमा पनि गाडी जडान गर्न सकिने
बाबुरामले चढेको मस्तांग ले नै प्रमाणित गरेकैछ/भारतले जडान उद्योगलाई
प्रोत्साहन गरेरै बिकशित हुँदै आफ्नो नागरिकहरुलाई रोजगारीको अबशर बधाउन्दै
गयको हो भन्ने कुरा ई खोकन पनि भारत जाने ई नेताहरुले नबुझेको पक्कै होइन/
नेपालले पनि तेस्तै गरे नेपाली नागरिकहरु आफु जस्तै भारत प्रति आश्रित
नहुने भयकोले मात्रै नगरेको हो भन्न अलिकति पनि हिच्किचाउनु पर्दैन/
नेपाली आज आफ्नै देसमा रोजगार पाउन नसकिने भयकोले मात्रै विदेश जान
बाध्य भयको हो/ यो बाध्यता ई कुशासन चलाउने नेपाल बिकशित भय नेपाली पनि
उनीहरु जस्तै भारत सिट आश्रित नहुने भय बात तर्सेको नेताहरुले जवर्जस्ती
षड्यन्त्र पुर्वक शिर्जना गरेको हो/