काठमाडौं, फागुन २६ - नेपाल विद्युत प्राधिकरणले सोमवारदेखि लागू हुने गरी लोडसेडिङ घटाएको छ ।
प्राधिकरणले शनिवार नयाँ तालिका निकाली एसएलसी परीक्षालाई ध्यानमा राख्दै हप्ताको १२ घण्टा लोडसेडिङ्ग घटाएको दावी गरेको छ ।
नयाँ तालिका अनुसार सोमवारदेखि दैनिक १० घण्टाका दरले हप्तामा ७० घण्टा
लोसेडिङ हुने छ । यसअघि हप्ताको ८२ घण्टा लोडसेडिङ्ग हुँदै आएको थियो ।
नदीमा पानीको जलस्तर घट्ने क्रममा रहे पनि तापिय विद्युत सञ्चालन, भारतबाट
विद्युत आयत, काली गण्डकी ए जल विद्युत केन्द्रको मर्मतलगायतका कारणले
लोडसेडिङ घटाउन सकिएको प्राधिकरणले जनाएको छ ।