पुष २२ गते- हिजो टोखामा माइक्र बसको ठक्करबाट मृत्यु भएका ३ वर्षे बालकको परिवारलाई सामखुशी माइक्रोबस व्यवसायी समितिका अध्यक्ष सानुकाजी प्रजापतीले रु. ६ लाख दश हजार क्षेर्तिपुर्ति दिएको छ ।
यसै घट्ना पछि समितिले टोखाको स्थानीय बासिन्दाहरुको सक्रिय सहभागितामा एउटा व्यवस्थापन कमिटी बनाएर तिनीहरुलाई नै सम्पुर्ण जिम्मेवारीहरु सुम्पे पछि मात्र माइक्रोबस टोखामा सुचारु हुने जानकारी दिनुभयो । टेलिफोनमा भएको कुराकानी अनुसार अध्यक्ष सानुकाजी प्रजापतीले भन्नु भयो टोखामा यात्रुले भोग्नु परेको कष्टकर यात्रालाई न्युनिकरण गर्न आफु हरदम तयार रहेकाले अब स्थानिय बासिन्दाहरुको एउटा अनुगमन टोली बनाई माइक्रो बसको कडा निगरानी गर्ने कामहरु सम्पन्न भए पछी टोखामा माईक्रोबस सुचारु रुपमा सञ्चालन हुने उहाँले भनुभयो ।
उहाँ अगाडी भन्नु हुन्छ, हामी कुनै व्यवसायीक रुपमा मात्र नभई सामाजिक सेवाको भावना बोकेर यस कार्यमा लागेकोले हाम्रो पनि आफ्नो यात्रुलाई उनीहरुले तिरेको भादा अनुसारको सुविधा दिने काममा लागि रहेका छौँ । टोखाको माइक्रोबस सम्बन्धी धेरै गुनासाहरु आए पछि आफु स्वंयम त्यसको अनुगमन गर्न खतिरहेको छु । हामी भोलि टोखाबासिहरु सँग वार्ता गर्दैछौँ । सकेसम्म छिटो गाडी सञ्चालन गर्ने प्रयास गर्ने छौँ ।
आज माइक्रो नचल्दा कलेज जाने विद्यार्थी तथा कामदारहरु मर्कामा परेका छन् । भोलि विहान पनि गाडी आउने कुनै संकेट देखिन्दैन् । टोखामा गाडी छिटो भन्दा छिटो सञ्चाल्न गर्नको लागि पहल अब राजनीतिक दल, संघसंस्था तथा विद्यार्थी सँगठनको हातमा छ ।