एक नेपाली केनीयाको जेलमा ...सहयोगको आह्वान

केनियाको कारागारमा बन्दि जीवन बिताइ रहेका जनम महर्जन
बैदेशीक रोजगारीका लागि  केनियामा पुगेका एक नेपाली युवा केनियाको कारागारमा बन्दि जीवन बिताइ रहेका छन् । दुइ वर्ष अहि बैदेशीक रोजगारीका लागि गएका झोर महाकाल गाविस वडा नं. ३ निवासि शेरवहदुर महर्जनका माइलो छोरा जनम महर्जन( कमल महर्जन घरमा बोलाउने नाम)  अहिले कारगारमा छन् ।
स्रोतका अनुसार महर्जनको पासपोर्ट देखि सबै कागाजातहरु नक्ली रहेकोले उनलाई थुनामा राखेको हो । सामाजिक सञ्जाल फेसबुकमा कुरा गर्दै उनलाई कारागारबाट छुट्याउन पहल गरीरहेका केनियामा कायारत नेपाली गंगा शर्माले भन्ने उनका सारा कागाजातहरु नक्ली भएकाले कारवाही गरिएको हो उनलाई कारागारबाट छुट्याउन दूई लाख रुपैया आवश्यक  छ । हामी सँग त्यती रकम नभएकोले हामीले उनलाई कारागारबाट निकाल्न सकि रहेका छैनौँ ।
उनी कुनै बैदेशीक कम्पनीबाट नभै सिधै दलालको हातबाट आएकोले पनि हामीलाई झन बाहिर निकालन कथिन भई रहेको छ । एक नेपालीले अर्को नेपालीलाई यस्तो अपठ्यारोमा परेको बेलामा सहयोग गर्नु पर्छ भन्ने भावनाले हामी अहिले उनलाई रिहा गर्न पहल गरीरहेको छौँ । हामी पनि यता नयाँ भएकाले हामी सँग अहिले त्यो रकम छैन । हामी सहयोगी नेपाली महानुभावहरुलाई सहयोग गरि एक नेपालीको जीवन जोगाउने कार्यमा लाग्न अनुरोध गर्दछु । 
विहिबार उनलाई केनियको अदालतमा सुनुवाइको  लागि लागिएको भएता पनि उनको सुनुवाई अर्को हप्तामा गर्ने भएको छ ।
बिदेश गए यता उनीसँग घर परिवारको राम्ररी सम्पर्क भएको छैन । दुई वर्षको दौरानमा उनले चार पाँच चोटी मात्र फोन गरेको कुरा उनका भान्जा विजेन्द्र महर्जन बताउनु हुन्छ । घरबाट दूई तिन पटक पैशा उनलाइ पठाएको थियो । एक वर्ष देखी पुर्ण रुपमा उसँग सम्पर्क हुन सकेको छैन ।परिवारको आथिक अवस्था पनि निकै नै नाजुक छ । उनको जीवन रक्षाका लागि सम्पुण सेवा भावना भएका नेपालीहरुमा सहयोगको आह्वान गर्दैछौँ ।
Previous Post Next Post