२०६९ पुष २१ गते
टोखा, काठमाडौं।
टोखा, काठमाडौं।
आज बेलुका करिव ५ः३० बजे टोखाको गणेस्थामा माइक्रो बसले एक जना बालकले ठक्कर दिँदा ज्यान गएको छ । बा १ ज ८९३९ नम्बरको माईक्रो बस माइक्रो पार्कमा ब्याक गर्ने क्रममा पछाडी बाट थरक दिदा ३ वर्षे बालको ज्यान गएको हो । टाउँकोमा गम्भीर चोट लागेको बालकको कान्ति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
प्रत्यक्षदशीका अनुसार घट्ना पछि तुरुन्तै माइक्रो चालकले नै घाइटे बालकलाई बोकेर अर्काे माइक्रो बसबाट लगेको थियो । घट्ना पछि टोखा तनाबपुर्ण भएको थियो । आक्रोसित सयौको संख्यामा उपस्थित भएका स्थानीयबासिन्दाहरुले दोषिलाई कार्वाही, पीडीतलाई क्षेतिपुर्ती दिनु पर्ने माग सहित केही बेर बाटो अबरुद गरेको थियो । अस्थायी प्रहरी प्रभाग टोेखाबाट आएका प्रहरीहरुले उक्त माइक्रो लान खोजे पछि केही बेर झदब भएको थियो । अहिले माइक्रो वस महाराजगंज प्रहरी परिसरमा लगिएको बुझिएको छ ।
घट्ना पछि यो बोर्ड हराएको छ । |
मृत्यु हुने बालकका परिवारहरु टोखामा देरामा बस्दै आईरहेको थियो । तर अहिले तीनिहरुको नाम भन्ने खुल्न सकिरहेको छैन । माइक्रो चालक पक्राउ परेको प्रहरी प्रशासन महाराजगंकले जानकारी दिएको छ ।
माइक्रो बस ब्यवस्थित गर्नका लागि राखिएको माइक्रो बोर्ड पनि अहिले हराइरकेको छ । त्यस बोर्डमा सातामा टोखामा सञ्चालन हुने माइक्रो वसको नम्बर उल्लेख गरेको हुन्थ्यो तर बा १ ज ८९३९ नम्बरको माइक्रो वसको लिस्तमा उल्लेख थिएन । नियम विपरी यस माइक्रो बस सञ्चालन भएकोले चालक र समितिको लापार्वाही भएको कुरा पुष्टि हुन्छ ।