कम्प्यूटर-मोबाइल चलाउने सबैले एकपटक पढनैपर्ने

computer-sicknessमाघ १, हालै गरिएको एक अध्ययनले जनाए अनुसार मोबाइलमा घण्टौं कुराकानी गर्नाले तपाइँलाइ एग्रेसिव बनाउँने देखाएको छ । यदि तपाइँ घण्टौं कम्प्यूटरको अगाडी बसिरहनु हुन्छ भने, तपाइले स्वास्थ्य संग जोडिएका निकै समस्याहरूको सामना गर्नुपर्ने हुन्छ ।
इन्टरनेट सर्फिङ गर्नु तपाइँलाइ राम्रो लाग्छ होला, तर ध्यान राख्नुस यसले तपाइँलाइ समस्यामा पनि पार्न सक्दछ । एक ठुलो अस्पतालका आँखाका डक्टर डा. ए. के. ग्रोवरका अनुसार निकै तिव्र टाउको दुखाइ, आंखा रातो हुनु, आंखामा सुख्पन, गर्दन, पीठ्यु र काँधमा लगातार पीडा जस्ता समस्याहरू कम्प्युटर र ल्यापटप जस्ता इलेक्ट्रोनिक ग्याजेट्समा लगातार काम गर्नाले भैरहेको छ । 
एक्सपर्ट्सका अनुसार त कम्प्यूटरको स्क्रीनमा लगातार आंखा लगाइ राख्नाले आंखामा ड्राई आई सिन्ड्रोम नामको रोग पनि हुने गर्दछ । प्रयाजसो मानिसहरू टेन्शन, माइग्रेन अथवा वर्क लोडको कारणले यस्तो हुने सोच्दछन, तर यसको मुख्य कारण भने कम्प्यूटर भिजन सिन्ड्रोम (सीवीएस) नै हो । खास कुरा के भने यो समस्या हरेक बर्ष ६ देखि ७ प्रतिशत बढिरहेको छ । क्यालिफोर्निया यूनिभर्सिटीको एक स्टडीलाइ हेर्ने हो भने, ७० प्रतिशत भन्दा धेरै कम्प्यूटर यूजर्सलाइ बिशेष किसिमको चस्माको आवश्यकता पर्ने गर्दछ ।
कुरा– कुरामा रिस उठनु  
यदि तपाइँ लगातार मोबाइलको की- बोर्डमा औला दौडाइरहनु हुन्छ भने, तपाइलाइ नजानिदो तरिकाले ‘कर्पल टनल सिन्ड्रोम’ नामको रोगले ग्रष्त बनाउन सक्दछ । भलै तपाइलाइ म्यासेजिङले अर्को व्यक्तिसंग कनेक्ट गरि राख्दछ । तर यस कृयाकलापले तपाइको आंखाको साथ- साथै औला तथा हातलाइ समेत नोक्सान पुर्याउन सक्दछ । मोबाइलमा गेम खेल्ने बेला वा एसएमएस गर्ने समय मानिसहरूको औला निकै प्रयोग हुने गर्दछ । औलालाइ पटक पटक प्रेसरमा ल्याइरहँदा यसले नसामा समेत असर पर्न सक्दछ ।
हात झम्झमाउने, कुनैपनि कुरा पक्रँदा कमजोरी तथा हात काँध सम्म पुर्याउँदा पीडा हुने कारण पनि यहि हो । हल्याण्डको एक यूनिभर्सिटीमा २०० जना मानिसहरूमा गरिएको एक रिसर्च पछि यो कुरा पत्ता लागेको हो ।
मोबाइलको प्रयोग धेरै गर्ने मानिसहरू निकै चिडचिडेपनाको शिकार भएका छन् । यसो हुनुमा मोबाइलको धेरै प्रयोगनै मुख्य रहेको कुरा डक्टरहरूले बताएका छन् ।
पेटको समस्या हुन सक्दछ

एक रिसर्चमा देखिए अनुसार मोबाइल फोनमा ट्वाइलेटको फ्लश ह्याण्डलमा भन्दा पनि १८ गुणा बढि हानिकारक ब्याक्टेरिया हुने गर्दछन् । समाचारपत्र डेली मेलका अनुसार, जांचबाट फोनमा पनि निकै खतरनाक ब्याक्टेरिया हुने गर्दछन पत्ता लागिसकेको छ । यसै कारणले फोन प्रयोगकर्तालाइ पेट सम्बन्धी गम्भीर रोगी हुने आशंका धेरै हुने गर्दछ ।
रिपोर्टमा बताइए अनुसार ब्रिटेनमा मात्र प्रयोग गरिएको ६.३ करोड मोबाइल फोनमध्ये १.४७ करोड यूजर्सलाइ स्वास्थ्य सम्बन्धी समस्या पाइएको छ । रिसर्च टीममा काम गरिरहेका केरी स्टेनवेले बताए अनुसार मोबाइल फोनलाइ यता उता राख्नाले त्यसमा ब्याक्टेरियाहरू बस्ने गर्दछन् । त्यहि ब्याक्टेरिया हाम्रो हात सम्म आइपुग्दछ । जसका कारण हाम्रो स्वास्थ्यमा ती ब्याक्टेरिया सिधै प्रवेश गर्न सक्दछन् ।
घण्टौं आँखाले नहेर्नुस

स रिसर्चमा काम गर्ने हेल्थ एक्सपर्ट जिम फ्रान्सिजले बताए अनुसार तपाइँ आफ्नो आंखाको क्षमता भन्दा धेरै काम गर्नुहुन्छ, यसले भिडियो डिस्प्ले टर्मिनल (भिडीटी) हुने खतरा कयौं गुणाले बढ्ने गर्दछ । एक अध्ययन अनुसार घण्टौं कम्प्यूटरको स्क्रीनमा आंखा लगाइ राख्नाले हाम्रो आंखाका लागि अननेचरल सिचुएशन हुने गर्दछ । हाम्रो आंखा र ब्रेनले प्रिन्टेट चीजहरूलाइ जस्तो रूपले हेर्ने गर्दछन, त्यसको तुलनामा स्क्रीनमा हेर्दा फरक प्रतिक्रिया दिने गर्दछ । जसका कारणले मानिसमा सीवीसी हुने गर्दछ ।
अर्का आई स्पेशलिस्ट डक्टरका अनुसार लामो समय सम्म स्क्रीन अगाडी बस्नाले निकै इनर्जी खर्च हुने गर्दछ, जुन आंखाका लागी निकै च्यालेन्ज पूर्ण हुने गर्दछ । दोश्रो कम्प्यूटरमा काम गर्ने क्रममा आँखा कम झिम्कने गर्दछ । प्रायजसो एक मिनेटमा १४ पटक आँखा झिम्काइन्छ । तर कम्प्यूटरको प्रयोगका बेला हामी ४ देखि ६ पटक मात्र आँखा झिम्क्याउने गर्दछौं । यसका कारण आंखामा स्व्इलिङ र मोतिबिन्दु जस्ता समस्याहरू आउँदछन् ।
केही कुरामा ध्यान राखौं

आफ्नो कम्प्युटर स्क्रीनको कन्ट्रास्ट र ब्राइटनेसलाइ नर्मल राख्नुस । छिटो छिटो आँखा झिम्क्याउने गर्नुस । केही बेरको अन्तरमा आंखालाइ केही सेकेण्डका लागी बन्द गर्ने गर्नुस । यस्तो गर्दा तपाइँको आंखालाइ आराम पुग्दछ । यस्तो कार्य हरेक ३० मिनेटमा गर्ने गर्नुस ।
कम्प्यूटर यूजर्सका लागी बनाइएको स्पेशल चश्माको प्रयोग गर्नुहोस । यो चस्मा ती मानिसहरूका लागी बनाइएको हो, जो मानिसहरू लामो समय सम्म कम्प्युटरमा बसेर काम गर्ने गर्दछन् ।
के भन्दछ त रिसर्च ?

लण्डन यूनिभर्सिटीको एक रिसर्च अनुसार, जो मानिस कम्प्युटरमा ४ घण्टा भन्दा बढि समय बितउँदछन, उनीहरूलाइ अन्य मानिसको तुलनामा १२५ प्रटिशत धेरै हृदय सम्बन्धी रोगहरू लाग्ने सम्भावना रहन्छ । रिसर्चबाट कम्प्यूटरमा धरै समय बिताउने मानिसहरूलाइ मृत्यु हुने खतरा अन्य मानिसहरूको तुलनामा ४५ प्रतिशत धेरै हुने गर्दछ ।
यदि तपाइँ हरेक दिन ४ घण्टा भन्दा धेरै मोबाइलमा कुरा गर्नुहुन्छ भने तपाइँको ब्यवहार एग्रेसिभ हुने गर्दछ ।
क्यालिफोर्निया यूनिभर्सिटी बर्कलेको एक अध्ययन अनुसार, ७० प्रतिशत भन्दा धेरै कम्प्यूटर यूजर्सलाइ कम्प्यूटर चश्माको आवश्यकता पर्दछ ।
Previous Post Next Post