माघ ३ २०७० (न्युज अफ टोखा)- यस वर्षको माघ २ गते विहिबार देखी एक मिहना लाम्रो स्वस्थानीब्रर्त कथा भन्ने र ब्रर्त वस्ने दिनको शुरु भई सकेको छ । हिन्दुधर्मावलीहरुले यसलाई ठुलो धार्मिक पर्वका रुपमा ग्रहण गर्दै आइरहेको छ । घरघरमा स्वस्थानीको कथा भन्न लगाउने तथा स्वस्थानीकथामा वर्णन गरेका पीठहरुमा गएर नुहाउने ब्रत वस्ने गर्दछन । एक महिना लाम्रो ब्रतबस्ने यो पर्वको अवसरमा टोखामा पनि विविध तरिकाले मनाउदै आइरहेको छ । यस दिनको शुरुवाटसँगै विहान सवेरै चण्डेश्वरी मन्दिर परिसरमा गई हरिहर भजन गाउने परम्परा अहिले सम्म रहदै आइरहेको छ ।
स्वस्थानीकथामा वर्णित गरे अनुसार टोखाको चण्डेश्वरी मन्दिर परिसरमा हिमालयकी पुत्री पार्वतीले श्री महादेवलाई पतिको रुपमा प्राप्त गर्न टोखाको
पिण्डारक तीर्थमा नुहाई चण्डिकेश्वर महादेवको पूजा तथा आराधना गरेको
स्वस्थानीमा उल्लेख पाइन्छ । यसका साथै दक्षप्रजापतिले अशोमेघा होम गरेको र दक्षप्रजापती र वीरभद्र तथा देवगणहरुको घमासान युद्ध भएको स्थलको रुपमा स्वस्थानीब्रर्त कथामा उल्लेख गरिएको पाईन्छ । दक्षको शिर क्षेदन गरेको भुमिकारुपमा पनि टोखामा रहेको चण्डेश्वरीको वर्ण गरिएको पाईन्छ । यसको प्रमाणको रुपमा हालसम्म यस चण्डेश्वरी मन्दिरको दक्षिणमा रहेको
माटाको कालो थुम्को, दक्षप्रजापतिको बोकाको टाउको भएको प्रस्तर मूर्ति तथा
दक्षको यज्ञशाला देख्न किन्छ । टोखाको यही चण्डेश्वरी
मन्दिरनिर दक्षप्रजापतिले यज्ञ गरेको र सतीदेवीले यज्ञकुण्डमा हाम्फालेको
भन्ने कुरालाई यस मन्दिर परिसरमा अहिले सम्म बाँकी रहेको अवशेषले थप पुष्टि गरेको छ ।
यज्ञकुण्डको अवशेष फोटोः सुविन्द्र श्रेष्ठ |
दक्षप्रजापतीको शिर क्षेडन पछि बोकाको टाउँको राखिएको अवस्थको प्रर्तिमा । फोटोः सुविन्द्र श्रेष्ठ |
यस पौराणिक महत्व बोकेको स्थलको प्रचार प्रसार गर्ने तर्फ कसैको पनि ध्यान गएको देखिन्दैन । यदी यस स्थललाई हामीले प्रचारप्रसार गर्न सकेको खण्डमा यस स्थललाई धार्मिक तिर्थ स्थलका साथै धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने कुरामा कसैको पनि दुईमत नहोला ।
साथमा यो पनि हेर्नुहोस् ।