काठमाडौं, माघ ६ । नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङको अवधी वढाएर दैनिक १४ घन्टा पु¥याएको छ । प्राधिकरणका अनुसार आजदेखि सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घण्टा विद्युत कटौति हुनेछ ।
नदीमा पानीको बहाव घटेको र भारतले दिइरहेको ३० मेगावाट विद्युत कटौति गरेपछि लोडसेडिङ बढेको प्राधिकरणले जनाएको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो हिउँदमा दैनिक १२ घण्टाभन्दा बढी लोडसेडिङ नहुने दाबी गर्दै आएपनि विद्युत प्राधिकरणले भने १४ घण्टा विद्युत कटौति हुने तालिका सार्वजनिक गरेको हो ।