काठमाडौं, मंसिर २६ । उच्च माध्यामिक शिक्षा परिषदले कक्षा ११ को परीक्षाको
परीक्षाफल सार्वजनिक गरेको छ । परिषदले गत जेठ महिनामा सञ्चालन गरेको
कक्षा ११ को वार्षिक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । परिषदले आज
सार्वजनिक गरेको परीक्षाफल बमोजिम ४० दशमलव ३८ प्रतिशत परीक्षार्थी उतिर्ण
भएका छन् । परिषदका अनुसार नियमित तर्फ कुल २ लाख ८३ हजार ३ सय ५९
परीक्षार्थी मध्ये १ लाख १४ हजार १९ परीक्षार्थी उतिर्ण भएका छन् ।
त्यस्तै आंशिकतर्फ कुल १ लाख ५८ हजार ६ सय ८९ परीक्षार्थी मध्ये ५१ ह्जार ५ सय २५ विद्यार्थी उतिर्ण भएका छन् । परिषदले २ सय ८९ जनाको परीक्षाफल रद्द गरिएको जनाएको छ ।
नियमित तर्फ एक विषयमा मात्रै अनुतिर्ण भएका विद्यार्थीको मौका परीक्षा पौष २८ गते हुने पनि परिषदले जनाएको छ । परिदषले कक्षा ११ को विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी संकायको परीक्षाफल प्रकाशित गरेको हो ।
यसअघि परिषदको कार्यालय सानोठिमीमा आज बसेको परीक्षा समितिको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।