नेपाल सम्वत कसरी प्रयोग गर्ने ?

नेपाल सम्बत नेपाली माटो सुहाउदो, नेपाली जनजीवनमा आधारित नेपालकै मौलिक,गौरवमय सम्बत हो । नेपाल सम्बत नेपालीहरुको जनजीवनमा निकैनै प्रयोग भई आईरहेको छ । हामी नेपालीहरुले जानी नजानी यसलाई आत्मासाथ गर्दै जीवनका हरेक क्षणमा यसलाई प्रयोगमा ल्याई रहेका छौँ । हाम्रो जीवनको हरेक क्षण अर्थात मानिसको जन्म देखि मृत्यु संस्कार सम्म हामीले नेपाल सम्बतलाई प्रयोग गर्दै आइरहेका छौँ । विश्वको इतिहासमा आफ्नै राष्ट्रको नामबाट नामाकरण गरिएको एक मात्र सम्वत भनेको नेपाल सम्बत मात्र हो । यसअर्थमा हामीले नेपाल सम्बत प्रति गर्व गर्ने ठाउँ प्रशस्तै छन् । नेपाल सम्बत चन्द्रमास अनुसार चलने भएकाले यसलाई प्रयोग गर्न गह्रो भएको जनगुनासाहरु धेरै नै सुन्नमा आई रहेको छ । हुन्त यो सम्बतलाई हामीले दैनिक जसो नै जीवनमा प्रयोग गर्ने गछौँ । यसै विषयमा आधारित भएर आज यहाँहरुका लागि नेपाल सम्बत कसरी प्रयोग गर्ने भन्ने विषय आजको यो बसाईमा चर्चा गर्ने छौँ ।

नेपाल सम्वत ११३३ वर्ष पहिले भक्तपुरका राजा राघब देवको आज्ञामा नेपालको कार्यालहरुमा चलाईएको थियो । यो लुनार क्यालेण्डर थियो, जसमा एक औँसीबाट अर्काे औँसीलाई एक चन्द्रमास भनिन्छ । १२ औँसीको एक वर्ष हुन्छ त्यसैले ३५४ दिनको एकवर्ष हुन आउँछ । तीन वर्षको एक चोटी अनला महिना अथवा पुरुषोत्तम महिना १३ आँै महिना हुन आउँछ ।

त्यस बेला सुर्यले पृथ्वीलाई परिक्रमा गर्दछ भन्ने विश्वास थियो । तर पछि बैज्ञानिकहरुले पृथ्वीले सुर्यलाई परिक्रमा गर्छ भन्ने प्रमाणित गरे त्यसबेला देखि नै १२ आँसी को एक वर्ष नभै पृथ्वीले सुर्यलाई परिक्रमा गर्ने एक चक्कर समयलाई वर्षको परिभाषा दिईयो । संसारभर यही नियम लागु भयो । तर नेपालमा यातायात दुर संसारको कमिले नेपाल सम्बत लागु गर्दा सम्म त्यसको प्रभाव नेपालमा परेको थिएन र तिथी नै गते जस्तो प्रयोग गरी नेपाल सम्वत चलाइयो । महिनाको नामाकरण सो महिना अनुसार हावापानी सुहाउने र सस्कृतिकको आधारमा पहिलो अक्षर तोकी बनाईयो । जस्तौ ला भनेको महिना, छला भनेको त्यो सम्वतको पहिलो महिना हुन आउँछ ।

कछलाः–नेपाल सम्वतको पहिलो महिनालाई करुणामयला भनिन्छ कार्तिक शुक्ल पक्ष प्रतिपदा सुर्योदय बेला भएको दिनलाई न्हुदँ अथवा नयाँ वर्ष भनिने हुदा अथवा नयाँ वर्ष भनिछ ।
थिंलाः–     सर्ग थिंला आकाशमा धेरै ताराहरु देखिने, आकाश छर्लङ्ग हुने महिना भनिन्छ । पोहेलाः– पोँ असिना र हिउ पर्ने जाडो महिना भनिन्छ ।
सिलाः–    पहिला पहिला बिफरले मानिसहरुलाई सताउथ्यो, त्यसैले सितला माईको पूजा गर्दथ्यो, जसबाट सिल्ला हुन गयो । सो महिनामा सरस्वतीको पूजा पनि गर्दछ ।यही दुईवटा मानीबाट सिल्ला बनेको भन्न सकिन्छ ।
चिल्लाः– चिरस्वायगुला, फागु पुर्णिमा, बसन्त ऋतृको आगमन हुने महिना भनिन्छ ।
च्वलाः– च्वलापुन्हि, जामाच्वपुन्हि, बालाजुको मेला । त्यो एक दिन मात्र वर्षको एक दिन नागार्जुन टुप्पा जामाच्व, जहाँ बुद्धको स्तुप राखेको छ र जान दिन्छ । यो कसैले कुल देवताको रुपमा पनि लिईन्छ । त्यसैले च्व भनेको पहाडको टुप्पो हो । त्यसैले जामाच्वला हो ।
बँछलाः– बिक्रम सम्वतको पहिलो महिना मानिन्छ ।
तँछलाः– तथागतछला भन्न सकिन्छ तथागत भनेको बुद्ध हो । बुद्ध सम्वतको पहिलो महिना मानिन्छ । बुद्ध जेष्ठ महिनामा जन्मेको प्रमाणित भएको छ ।
दिल्लाः–आजकाल दिल्ला भनिन्छ । यो देश भरी रोपाई गर्ने, मुख्य महिना आर्थिक दृष्टिकोणले अत्यन्त महत्वपुर्ण महिना भएकोले देला (दे भनेको देश हो) । भनिएको हो ।
गुँलाः–     गुँला भनेको सुनसान ठाउँ जहाँ पुर्खाहरु बसोबास गर्दछन भन्ने कथन छ । त्यसैले पुर्खाहरुको सम्झनामा गाई जात्रा, जनैपुर्णिमा जूतो घर पबित्र गर्नेको रुपमा लिईन्छ ।
ञलाः– ञासी थनिगु लिंग ठड्याउने,ञा इन्द्रको चिन्ह, यो महिनामा ईन्द्रजात्रा गर्दछ ।
कौलाः– कौला भनेको केही आने अथवा भोज खाने महिना याने यो महिनामा दशैं पर्दछ ।

ज्योतिष शास्त्र अनुसार सुर्योदय समयमा वार, गते फेर्दछ, महिनाको शुरुवात, वर्षको शुरुवाट गर्दछ र यसवेलाको तिथीलाई दिनभरीको तिथी मानी ,यही अनुसार चाडको तिथी तोक्दछ । जुनसुकै तिथी बिहान, दिउसाृ, बेलुका, राति जुनसुकै समयमा शुरु हुन सक्छ । त्यसैले यो दिन भन्न सकिदैन, तर हामी सबै चाड, जन्म दिन,श्राद्ध इत्यादि सबै तिथीबाट नै गरिन्छ, जस्को लागि दिनको जरुरत पर्दछ । त्यसैले हजारोँ वर्ष पहिलेदेखि सुर्योदय समयको तिथीलाई नै दिनभरीको तिथी मानी चाडहरु यही तिथीबाट तोकिन्छ । यसलाई ज्योतिष शास्त्रको व्यवहारिकता मानिन्छ । तर आजकाल बिहानको लागि बिहानको तिथी,दिउसो पूजा गर्न दिउसोको तिथी। राति पूजा गर्न रातीको तिथी लिन थालिएको छ । यो छोडी व्यवहारिकता अपनाउँ ।

लुनार क्यालेण्डर हाम्रो सँस्कृति, समाजलाई नभई नहुने हो । यो समाजमा चलिराखेको थियो, चलिराख्ने छ । यो विग्रार्न सकिदैन । अहिले पृथ्वीले सूर्यलाई एक चक्का घुम्ने समयलाई एक वर्ष मानिन्छ । बिक्रम सम्वत अनुसार ३६५ । २४२५ दिन प्रथम आर्य सिद्धान्त अनुसार एक वर्ष मानिन्छ । तर सूर्य मेष राशीमा पस्ने दिन अर्थात दिनरात बराबर हुने दिन २४ दिन अगाडी सरिसकेछ , अथवा चैत्र ४ गते सरेको छ । ईस्वी सम्वत अनुसार एक वर्षको ३६५ । २४२५ दिन मानिन्छ । दिनरात बराबर हुने दिन (भर्नल ईक्वीनक्स दिन) मार्च २१ लाई मान्दछ तर अहिले सो दिन मार्च १७ मा सरेको जस्तो छ । अब सायद एक वर्षको ३६५ । २४२४ दिन गरेमा झन नजिक जानेछ ।

बिक्रम सम्बतमा सूर्य एक राशि बस्ने दिनहरुलाई एक राशि बस्ने दिनहरुलाई एक महिना मान्दछ । तर हरेक वर्ष त्यही महिनाको दिनहरु २९,३०,३१ र ३२ मा बदल्न सक्दछ । तर ईस्वी सम्बतमा महिनाको दिनहरु तेकिएको छ, सो सुर्य, चन्द्रमामा भर पदैन । यो तोकिएको दिन महिना अति सजिलो र व्यबहारिक देखिन्छ । यस्ले टेक्नीकल्ली, बैज्ञानिक काममा एकदम फाईदा छ । विषेश गरेर स्टान्डर तथ्यांक, अचल तथ्यांक बनाई दिन्छ । जस्ले हरेक घडी, मोबाइल,ल्याप्तप कम्पुटरहरुमा अटोमेटीक तारिख बदल्ने गरी मिलाईन्छ, तर यो बिक्रम सम्बतमा सम्भव छैन, त्यसकारण तोकिएको महिना हुनु अति आवश्यक हुन आउछ ।

हाम्रो नेपाल सम्बत क्यालेण्डर जस्ताको त्यस्तै राखि बिक्रम सम्बतमा जस्तै सोलार क्यालेण्डरको रुपमा ३६५ दिनको एक वर्ष हुने गरी तोकिएको दिनको महिना हुने गरी महिनाको नाम सोही नेपाल सम्बतको महिनाको नाम राखि नयाँ बनाई नेपाल सम्बतको सिस्टर क्यालेण्डर जस्तो सहायताको लागि बनाउनु छ । यसको लागि लिप योर महिना हुनु पनि जरुरी छ ।सिल्ला महिना फेबरीमा पर्दछ , लिप योमा सिल्लामा दिन थप्ने, यदि थपेको दिन र फेब्रररी २९ एकै दिन प¥यो भने, हरेक तारिख तास्मा बदल्न सकिलो सँग सकिन्छ , त्यो बदल्दैन,लिप योर दिनले असर पर्दैन । कछलाथ्व प्रतिपदा हुँदा अक्टोवर १९ देखि नोभेम्बर १६को बीचमा पर्दछ । त्यसैको बीचको अक्टोबर ३० लाई कछला १ बनाउनुमा पनि उत्तम देखिन्छ । त्यसैले यदि अक्टोबर ३० लाई कछला १ गयो भने र मेजर आक्सीस र माईनर आक्सीसमा पर्ने महिना, सबभन्दा लामो दिन हुने महिना,दिन र रात बराबर हुने महिना, सबभन्दा छोटो दिन हुने महिना र पहिलो महिना ३१ को गर्ने, अरु सबै ३० को महिना गर्ने । यसो गरेमा ईस्वी सम्बत भन्दा सजिलो र झन व्यवहारिक हुन जान्छ । जस्तैः
कछला ३१, थिंला ३०, पाँहेला ३१, सिल्ला ३०, चिल्ला ३०, च्वला ३१, बछ्ला ३०, तछला ३०, देला ३१, देला ३१, गुँला ३०, ञला ३०, कौला ३१
प्रकाशित मिति नेपाल सम्बत ११३३ कछला पारु
२०६९ कार्तिक २९ गते
Previous Post Next Post