मल्ल के. सुन्दर सचिवालय संयोजक, नेवाः स्वायत्त राज्य मंकाः संयुक्त संघर्ष समिति
नेवारहरूका लागि नेवाः राज्यको आवश्यकता र महत्वका सम्वन्धमा  संक्षिप्त रुपमा भन्दिनु हुन्छ कि ?
हिजो  ऐतिहासिक कालमा उत्पीडनमा पारिएकाहरूमा एउटा मूल समुदाय नेवार पनि हो ।  त्यसको क्षतिपूर्तिका रुपमा अबको राज्य पुनर्संरचनाका बेला कसरी गर्ने  भन्ने सवाल छ । हिजो उनीहरूको एउटा ऐतिहासिकता र साँस्कृतिक पहिचानको  विशिष्टता थियो । साथै नेपालभित्र एउटा निश्चित भू–भाग र प्रशासनिक इकाइ  पनि थियो । त्यसको सम्मान गर्दै तिनीहरूलाई राजनीतिक रुपमा सशक्तीकरण  पार्ने कुरा छ । यसको मूर्तरुप भनेको संघीयताका लागि बनाइने संरचनामा  ऐतिहासिक कालमा भएको क्षतिपूर्तिका लागि उनीहरूकै क्षेत्रमा उनीहरूकै  ऐतिहासिक क्षेत्रमा उनीहरूको पहिचानको आधारमा एउटा राज्य निर्माण गरिदिनु  हो, त्यो नेवाः राज्य हुनेछ । आजसम्म नेवारहरू नेपालका नागरिक त हुन्,  नेपाल नेवारको देश त हो । तर यो नेपाललाई हाम्रो पनि हो भन्ने अनुभूत गर्न  नसकिरहेको अवस्थामा यो देश हाम्रो पनि हो भन्ने अपनत्व विकास गरिदिनु नै  यसको महत्व हो । 
 नेवाः राज्यको भूक्षेत्रको कुरा  गर्दा कोही काठमाडौं, ललितपुर र भक्तपुर मात्रै नेवाः राज्य  मान्छन् त  कोही प्राचिन नेपाल मण्डललाई नेवाः राज्य मान्नु पर्छ भन्ने मान्यता  राख्दछन् । सोचाइमा यो भिन्नता किन आएको होला ? 
 नेवार  आन्दोलनमा लागेकाहरू हामीमध्ये कसैले पनि नेवाः राज्य भनेको काठमाडौं,  ललितपुर र भक्तपुर मात्रै अथवा यति मात्रै भन्ने कुरामा कसैले पनि सहमती  देखाइरहेको छैन । यो हाम्रो माग होइन पनि । हाम्रो माग भनेको हिजोको  इतिहासलाई रिफरेन्समा लिनु पर्छ । राजा जयदेव द्वितीयको समयमा नेपालमण्डल  भन्ने एउटा राजनीतिक इकाई थियो तर त्यसको सीमाना निरन्तर रुपले स्थिर थिएन ।  तर एउटा यथार्थ कुरा के हो भने त्यति बेला नेवारहरूको राजनीतिक प्रशासनिक  इकाई भने हो । त्यति बेलाका ती जम्मै भूमि, नेवारहरूले राज्य गरेको भू–भाग त  थियो तर आफ्नो आदिभूमि भने थिएन । नेवारहरूले नेपालमण्डल भनेको ठाउँमा  विभिन्न गैर नेवारहरूको आदिभूमि पनि परेको छ । त्यसकारण आदिभूमिलाई आफ्नो  राज्य बनाउने बेला अर्काको आदिभूमि आफ्नो राज्यमा पर्नु पर्छ भन्ने आग्रह  राख्नु हुन्न । नेवारहरूले आफ्नो आदिभूमि र निरन्तर रुपमा जहाँ जहाँ बस्दै  आएको हो ती भूमिहरूलाई समेट्नु पर्छ यो, व्यवहारिक र न्यायिक पनि हो । 
 नेवाः  स्वायत्त राज्य मंकाः संघर्ष समितिले पछिल्लो पल्ट थिमिमा राजनीतिक  सम्मेलन गरेर काठमाडौं, भक्तपुर र ललितपुर त भइहाल्यो, त्यस बाहेक पूर्वमा  बनेपा, धुलिखेल, पनौती, नाला, पाँचखाल, पलाञ्चोक भगवती तथा पश्चिममा,  नुवाकोट, त्रिशुलीको पूर्व भाग (विदूरनगर पालिका) र दक्षिणमा भीमफेदीदेखि  घोरसिंहसम्म, यता तिस्टुङ, पालुङ, चित्लाङलाई समेटेर नेवाः राज्य बनाउनु  पर्छ भन्दै आइरहेका छौं । 
 नेवाः राज्यभित्र रहने गैर नेवारहरूलाई कस्तो हक अधिकार प्रत्याभूति गरिएको हुन्छ ?
 गैर  नेवारहरूमा स्पष्ट पार्नु पर्ने कुरा नै यहीं रहेको छ । नेवाः राज्य  बनाउने भन्ने वित्तिकै मान्छेहरूले भ्रम फैलाइरहेको कुरा– नेवाः राज्य  बनेपछि यहाँ नेवारहरू मात्रै बस्छन्, गैर नेवारहरूलाई बाहिर निकाल्छन्  भन्ने हो । हामीले पनि स्पष्ट पार्न नसकिराखेको हुन सक्छ तर त्यस्तो होइन ।  नेवाः राज्य भनेको हिजोको इतिहास, संस्कृति आदिको सम्मान गर्दै पहिचानको  आधारमा राज्य बनाउने मात्रै हो । साथसाथै अन्तर्राष्ट्रिय आदिवासीको  अधिकारको सिद्धान्तअनुसार जुन ठाउँमा जो आदिवासी हो उसैको प्रतिनिधित्व र  अग्राधिकारका सुनिश्चित हुन्छ । अनि बाँकी ठाउँमा जहाँ जसको जनसंख्या छ,  उनीहरूको समानुपातिक रुपमा सुनिश्चित हुन्छ, त्यहाँ अल्पसंख्यकको अधिकार  पनि प्राप्त हुन्छ । 
 भनेपछि नेवाः राज्यमा नेवारहरू नै पनि अल्पमतमा पर्ने संभावना आयो नि । 
त्यस्तो  होइन । राज्य पुनस्र्थापन समितिले प्रस्तावित गरेको नक्शामा पनि ३५  प्रतिशत नेवारहरू रहेका छन् । अरु जम्मै समुदाय गरेर ६५ छ, त्यसमा सबैभन्दा  ठूलो जनसंख्या त नेवारको नै हो । 
तर समितिद्वारा  प्रस्तावित सीमा क्षेत्रलाई नेवारहरुले नै अस्वीकार गर्दै थप भू–भागसहितको  नेवाःराज्य माग गर्दै आइरहेका छन्, यस्तो अवस्थामा त्यो तथ्याङ त फरक  परिहाल्छ नि । 
  त्यसमा पनि खासै फरक पर्दैन, एक दुई प्रतिशत मात्रै तलमाथि पर्ने हो । यस सन्दर्भमा पनि हामीले हिसावकिताव गरेका छौं । 
नेवाः राज्यमा बाहिरबाट आएर बस्दै गरेका स्वयं नेवारहरू र अन्य राज्यमा बस्दै आएका नेवारहरूका सम्वन्धमा कस्तो नीति लिइन्छ ? 
  नेवाः  राज्यमा बस्ने नेवारहरूका लागि मात्रै प्रतिनिधित्व ग¥यो भने यसको  उपादेयता हुन्न । हामीले नेवाः राज्यभित्र बस्ने, अन्य राज्यमा मात्रै नभएर  देश बाहिर बस्ने नेवारहरूमा पनि यो नेवाः राज्य हाम्रो पनि हो भन्ने  अपनत्व विकास गर्नु पर्छ । जहाँसुकैको नेवार भएपनि नेवाःराज्यले  संरक्षकत्वको भूमिका निर्वाह गर्नु पर्छ । उपत्यका बाहिरका नेवारहरूलाई  कुनै प्रकारले अधिकारबाट बन्चित गराइए उसका लागि ठाउँमा आवाज उठाइदिने,  लड्ने र अधिकार प्रत्याभूति गरिदिनु पर्छ । साथसाथै हाम्रो जनसंख्याको  संरचनाअनुसार नेवाः राज्यभित्र नेवारहरू ४८ प्रतिशत र बाहिर ५२ प्रतिशत  बसिरहेका छन् अर्थात बहुमत नेवार नेवाःराज्यबाहिर बस्छन् । बाहिर बस्ने  नेवारहरूको प्रतिनिधित्व गर्ने सकेन भने नेवाः राज्यको औचित्य छैन ।  त्यसकारण नेवाः राज्यभित्र बाहिरका नेवारहरूलाई पनि कसरी प्रतिनिधित्व  गर्ने भन्ने सवालमा आरक्ष सीटको व्यवस्था गर्नु पर्छ । यसो भएको खण्डमा  नेवाः राज्य भित्र र बाहिर बस्ने सबैको हुन्छ र राज्य बलियो बन्छ । 
नेवाः  राज्य नदिने बरु राजधानी प्रदेश वा केन्द्रिय राज्यको रुपमा राख्ने भन्ने  सोचाइ पनि सुन्न पाइन्छ । तपाई यस सम्वन्धमा के भन्नु हुन्छ ? 
यो  सा¥है नै बेइमानीपूर्ण कुरा हो र विभिन्न राजनीतिक पार्टीहरूले यसलाई  अगाडि सारिरहेको छ । यसमा नेवार वा नेवार आन्दोलनकर्ताहरू कसैको पनि सहमती  छैन । यसको विरोध गर्दै आइरहेका छौं । यदि नेवाः प्रदेशको अस्तित्व मासेर  यसको ठाउँमा राजधानी प्रदेश बनाउने गरी कुनै पनि प्रकारले षड्यन्त्र ग¥यो  भने भोलि नयाँ संविधान आयो भने पनि आन्दोलन निरन्तर चलिरहन्छ । त्यो  आन्दोलन ती राजनीतिक पार्टीहरूका विरुद्ध हुनेछ । अनि अर्को कुरा, राजधानी  यहाँ परेका कारण यो प्रदेशलाई राजधानी प्रदेश बनाउनु पर्छ भन्ने कुरा  आइरहेको छ, यो मूलतः केन्द्रिय शासित प्रदेश बनाई नेवारहरूको राज्यको  पहिचान मास्ने, नेवारहरूलाई स्वायत्तता र स्वशासनबाट बञ्चित गर्ने  सुनियोजित षडयन्त्र हो । यसलाई सहमति दिने कुरै छैन । बरु राजधानी अन्तै  लैजानू, हामीलाई कुनै आपत्ति छैन तर नेवाः राज्य चाहिन्छ । 
From Newa: Times News paper 
 
 
                                                
إرسال تعليق