आज बिक्रम संबतको पहिलो महिना र नयाँ दिन सुरु भयो सपनर्तिथ मेला

आज बिक्रम संबतको पहिलो महिना र पहिलो दिन अर्थात नयाँ वर्षलाई हर्षउल्हासका साथ टोखामा स्वागत गरीयो । यस दिन टोखाको धार्मिक तथा ऐतिहासिक महत्व रहेको सपना जस्तै तिर्थ सपनतिर्थमा ठुलो मेला लाग्ने गर्दछ । आजको दिन यस सिद्धिपोखरीमा स्नान गर्नाले शारीरिक रोग निको हुनुका साथै मनोकामना पुराहुने जनविश्व रहँदै आइरहेको छ । नयाँ नर्व सँगै तपाईको मनोकामना पुरा होस यहि नयाँ वर्षको शुभकामना.. साथै बैशाख १ गते देखी ४ गते सम्म हुने टोखाको विस्केट जात्रामा यहाँलाई स्वागत छ ।
Photobucket
नयाँ वर्षको सुरुवाट सँगै टोखाको धार्मिक तथा ऐतिहासिक स्थल सपनर्तिथको सिद्धिपोखरीमा प्रथम प्रहरमा स्नान गर्दै ।
Photobucket
नयाँ वर्षको स्वागतका लागि टोखाको धार्मिक तथा ऐतिहासिक स्थल सपनर्तिथ मन्दिरमा दियो बाल्दै जागराम वस्दै ।
प्रकाशित मितिः२०६९ बैशाख १ गते

Post a Comment

Previous Post Next Post