पहाचर्हे "टोखाको पुरानो विस्का जात्रा सुरु"

यंसी (लिंगो )ठहराउदै
चैत्र ९ गते- हिजो पहाचर्हे विहानै लिंगो ठड्याएपछि सुरुभयो टोखाको पुरानो पहाचर्हे जात्रा ।हिजो पहिलो दिन रात्रीकाललिन समयमा लखद्य जात्रा ( सिद्धि विनायक सपनतिर्थ र संकटा माई छोरा आमा मिली नगर परिक्रमा गराइयो । पुराना कहानी अनुसार महादेवले भष्मासुरलाई इच्छाएको बरदान दिदा भष्मासुरले महादेलाई नै भष्म पार्न उद्दग गर्न लागेपछि लुक्न गएकाले महादेवको खोजीका क्रममा निस्केको जात्राका रुपमा मनाइन्छ । लख द्य जात्रा लाई लुकमहाद्य जहा-जहाबाट लुप्त भएका हुन सो ठाउमा पुगि पुजाआजा गर्ने गरिन्छ ।


आज  दिउँसोतिर संकटा माईलाई वंतुलि मन्दिरबाट खटमा राखि बोकेर तर्खेलमा ल्याइ राखिन्छ र साँझ तिर पुजा आजा गरी खलकका साना बालबालिहरुलाई मरजाः (एक प्रकारको भात) खुवाइने परम्परा छ । त्यस्तै सपनतिर्थ र लिंगोमा पनि मरजाः खुवाइन्छ ।आजै वेलुकातिर  संकता माई र सिद्धि विनायक सपनतिर्थलाई साँस्कृतिक बाजागाजा सहित सुकुन्दाले बत्ती देखाइ बसला (एक प्रकारको कपडा) विछ्याएर जात्रा गरी संकता माईलाई थाने लाछिको ताले टोलमा र सपनतिर्थमाईको खटलाई नासलमा रात भरी राखिन्छ । यस दिन रात भरीनै जागाभै भजनकृतन पनि गरिन्छ ।


भोलि पल्ट विहान यी दुई देविदेवताको धुम्मधाम्ले जात्रा गरिन्छ । कहानी अनुसार यो जात्रालाई यसरी लिएको छ सिद्धि विनायक सपनतिर्थ छोरा.स‌ंकटा माई आमा र लिंगो वुवाको रुपमा मानिन्छ । यस दिन सिद्धि विनायक सपनतिर्थ छोरा.स‌ंकटा माई आमा ढोकि लिंगोलाई परिक्रमा गराइन्छ र जात्रा सकिन्छ । यो जात्रा टोखाको पुरानो  विस्केट जात्रा हो । गत वर्षका केहि झलकहरु
सिद्धि विनायक सपनतिर्थ छोराले स‌ंकटा माई आमालाई ढोग्दै गरेको दृष्य
सिद्धि विनायक सपनतिर्थ छोराले स‌ंकटा माई लिंगोलाई परिक्रमा गर्दै।

Post a Comment

Previous Post Next Post