यंसी (लिंगो )ठहराउदै |
आज दिउँसोतिर संकटा माईलाई वंतुलि मन्दिरबाट खटमा राखि बोकेर तर्खेलमा ल्याइ राखिन्छ र साँझ तिर पुजा आजा गरी खलकका साना बालबालिहरुलाई मरजाः (एक प्रकारको भात) खुवाइने परम्परा छ । त्यस्तै सपनतिर्थ र लिंगोमा पनि मरजाः खुवाइन्छ ।आजै वेलुकातिर संकता माई र सिद्धि विनायक सपनतिर्थलाई साँस्कृतिक बाजागाजा सहित सुकुन्दाले बत्ती देखाइ बसला (एक प्रकारको कपडा) विछ्याएर जात्रा गरी संकता माईलाई थाने लाछिको ताले टोलमा र सपनतिर्थमाईको खटलाई नासलमा रात भरी राखिन्छ । यस दिन रात भरीनै जागाभै भजनकृतन पनि गरिन्छ ।
भोलि पल्ट विहान यी दुई देविदेवताको धुम्मधाम्ले जात्रा गरिन्छ । कहानी अनुसार यो जात्रालाई यसरी लिएको छ सिद्धि विनायक सपनतिर्थ छोरा.संकटा माई आमा र लिंगो वुवाको रुपमा मानिन्छ । यस दिन सिद्धि विनायक सपनतिर्थ छोरा.संकटा माई आमा ढोकि लिंगोलाई परिक्रमा गराइन्छ र जात्रा सकिन्छ । यो जात्रा टोखाको पुरानो विस्केट जात्रा हो । गत वर्षका केहि झलकहरु
सिद्धि विनायक सपनतिर्थ छोराले संकटा माई आमालाई ढोग्दै गरेको दृष्य |
सिद्धि विनायक सपनतिर्थ छोराले संकटा माई लिंगोलाई परिक्रमा गर्दै। |
إرسال تعليق