आकाश त रोइरहेकै छ,
धर्तीको प्यास त अझै उस्तै नै छ ।
चन्द्रमा त उदाई रहेकै छ,
धर्ती त अझै अन्ध्यारो नै छ ।
दिन रात परिश्रम त गरेकै छ,
आङ्ग ढाक्ने कपडा प्वाल त अझै परेकै छ ।
लाखौ खर्चेर डिग्री त पास गरेकै छ,
सर्टिफिकेट लिएर त अझै बरालि रहेकै छ ।
चुलोमा आगो त बलेकै छ,
सडकमा भोको पेट त अझै सुति रहेकै छ ।
गगन चुम्बी घर त ठहरिएकै छ,
सडकको पेटिमा रात त अझै गुजारी रहेकै छ ।
–सुबि
२०६८÷९÷२५ गते
प्रकाशित मिति २०६८ पौष २६ गते
यहाँहरु संग पनि यस्तै सिर्जना भएमा आफ्ना सिर्जनाहरु हामीलाई पठाउन नभुल्नु होला (newsoftokha@gmail.com) ।
إرسال تعليق