नयाँ वर्षको शुभकामान

कार्त्तिक १० गते- तपाईँहरु मध्ये केहीलाई अचम्म लाग्न सक्छ नयाँ वर्षको उल्लेख गर्दा। किनभने अहिले विक्रम संवतमा कात्तिकको महिना हो भने इस्वी संवत अनुसार भर्खर अक्टोबर महिना हो। यो नयाँ वर्ष चाहिँ हाम्रो देशको नामबाट चलाइएको नेपाल संवतको हो। देशको नामबाट चलाइएको यो विश्वकै एकमात्र संवत हो। आज यो स‌ंवत अनुसार नयाँ वर्ष ११३२ को पहिलो दिन। देशभर विभिन्न कार्यक्रमका साथ नयाँ वर्ष मनाइँदैछ। टोखामा पनि धुमधाकले मनाउने तयारि गरीरहेको छ । अहीले बिहान ८ बजे गणेशस्थानबाट साँस्कृतिक बाजागाजा सहित नयाँ वर्षलाई स्वागत गर्ने जमर्कोमा टोखा जुटिरहेको छ । बेलुकी ७ बजे कोने लाछि-तल्लो लाछिमा साँस्कृतिक कार्यक्रम पनि हुने भएको छ ।

Post a Comment

Previous Post Next Post