साउन-२९,काठमाडौ उपत्यकाका तीनै सहरमा मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज साउन-२९,भाद्र कृष्ण प्रतिपदादेखि आठ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाइदैछ ।आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तहरूको सम्झनामा गाई वा मानिसलाई सिगारी आआफ्ना इलाकामा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुहरूद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ ।यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ।
पुत्रशोकले विहृवल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले “जनतालाई आआफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेको पाइन्छ ।यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकाको बाटो भएर नगर परिक्रमामा जानुपर्ने प्रथा आज पनि जारी छ ।भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिहरूप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छन् ।

टोखामा मनाइने गाई जात्रा
अन्य ठाउँहरुमा झै यहाँ मनाईने गाई जात्रामा त्यति फर्क छैन । दिवङ्गत भएका आफन्तहरूको सम्झनामा गाई वा मानिसलाई सिगारी धिम्य र पोँ बाजबजाई नगर परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुहरूद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ । ठुला मानिसलाई गाईकोरुपमा सिगारीन्छ भने साना नानीहरुलाई धुप हातमा समाती नगर परिक्रमा गराईन्छ ।यसका साथ उनीहरुको पछि पछि हसाउने खालको विभिन्न भेषमा बचादेखी बुढा सम्मका मानिसहरु (उला बे घच बे वने मत्य नि लाहा लाहा...) भनेर आउने गर्दछ । जुन निकै नै हाँसास्प र रमाईलो हुने गर्दछ ।
यसै दिन साँझपख वाप सा धानको विउ राखेर आउने परम्परा रहैदै आएको छ ।दश पन्ध्र जनाको समुहमा आउने उक्त झाकीले टोखाको मुख्य मुख्य चोकहरुमा नातकीयरुपमा धानको बिउ राख्ने गरिन्छ । यसरी आउनेहरुमा केही पुरुषहरु महिलाको भेषधारी आउने गर्दछ । यी झाकीहरुले नाट्कीयरुपमा धानको विउ राख्ने गर्दछ जुन निकै नै रमाईलो हुने गर्दछ । यो झाकी पुरै सांगीतिकरुपमा गर्ने गरिन्छ । यसका साथै उनीहरुले बिभिन्न प्रहसन गरेर दर्शकहरुलाई हसाउने गर्दछ । मादल र गीतको तालमा विउ राखेर आउनेहरुले पालैपालो आआफ्नो कार्य गर्दछ। वाप्सा तम दाजु बालाक तया बिउ जिउसा मजिउसा बालाक तया बिउ...हायरे हाये जुजु काजी रत्न... सांगीतिकमय वातावरणमा निकै नै रामईलो झाकीका साथ यसको समाप्ति हुने गर्दछ ।
गत वर्षको झलक हेर्न यहाँ हेर्नुस्

Post a Comment