गाई जात्रा विशेष

टोखा काठमाडांै
२०६७ भाद्र ९देखि ११
                                                        गाई जात्रा विशेष (एक झल्क)
पहिलो दिन

        सापारु अर्थात गाई जात्रा यस दिन आफ्ना मृर्तक परिवारका घरबाट अनिवार्यरुपमा एकजान ब्यक्ति सेतो लुगा लगाई शिरमा गाईको जस्तो प्रतिमा भएको फोटो राखेर नगर परिक्रमा गरिन्छ । यसो गर्दा आफ्ना मरेका ब्यक्तिले स्वर्गमा बास पाईने जन बिश्वाष रहदै आइ रहेको पाईन्छ । साथै आत्माको शान्तीको लागि कामना पनि गरिन्छ । यस बाट एउटा कुरा के बुझन सकिन्छ भने यो बर्ष कोको र कति जना मरे भन्ने कुरा स्पष्टरुपमा बुझन सकिन्छ





वाप्स तइगु (बीउँ राख्ने)

          सापारुको साँझ पख साँगीतिक टोली संगै बाप्सा तयगु –धानको बीउ) राख्ने मानिसहरु यस दिन पुरुषहरु महिलाका े भेषधारी परम्परागत रुपमा धानको बीउँ राख्ने गर्दछ । साथै यस संगै आएका अन्य ब्यक्तिहरुले हाँस्य तथा ब्यङ्गगरी उक्त वातावरणलाई नै हाँस्यमय बनाई दिन्छ ।






दोस्रो दिन

        यस दिन लाई हिलेजात्रा ,रोपाई जात्रा र स्थानिय शब्दमा बा पिइगु भनेर भनिन्छ । यस दिनलाई यो पर्वको विशेष दिनको रुपमा लिईन्छ । यस दिन धाः एक प्रकारको बाजा र ब्यण्ड बाजाको सुमधुर तालमा रोपाई गर्ने पुरुष , केटाहरु महिलाको भेषमा धान रोपेर आउने गर्दछ । कोहि गोरु बनेर आउछन कोहि बाउसो गर्ने त कोहि आफ्नो भेष बदालेर अरुलाई हसाउन आउछन् । यस दिन दिन भरी जसो यस्ता बिभिन्न झाकि तथा लघु नाटक प्रदासन गरिन्छ । सामाजिक तथा राजनैतिक घटना प्रति केन्द्र बिन्दु बनाई ब्यङ्ग गरी गाउँ परिक्रमा गर्ने गरिन्छ ।
                                              

                                           

                                           

                                           

          

      

तेस्रो दिन 
यो दिन साझा तीर क्विऊ अर्थात  बासाको सानो भाग ठोकेर आउने गरिन्छ | यो संगै टोखाको गाईजात्रा पनि सकिन्छ |

                                          




Post a Comment

Previous Post Next Post