२०६८ जेठ ३ गते मंगलबार,सुबिन्द्र-गौतम बुद्धको स्थान नेपालको प्राचीन ईतिहासमा अत्यन्त आदर र उच्च स्थानमा स्थापित छ इसापुर्व छैटौ शताब्दीको युगलाई धार्मिक क्रान्तिको युग मान्ने प्रेरणा गौतम बुद्धले स्थापना गरेको बौद्ध धर्मलाई नै जान्छ । गौतम बुद्धले तत्कालिन प्रचलित धर्म तथा दर्शनहरुलाई खण्डन गरी आफ्नो दर्शन र सिद्धन्तले जनता तथा राजामा अत्यन्त प्रभावित पारी सबैलाई एक ठाउँमा ल्याउन सफल
भएकोले धर्म राष्ट्रिय घेरालाई तोडी विश्र्व धर्मको रुपमा स्थापना भयो ।
बौद्ध युगमा संसारका बिभिन्न महापुरुषहरुको जन्म भयो । प्लेटो, अरिस्टोटल, जराधुश्ट, जैन जसले युगलाई नै प्रभावित पर्यो । तर पनि गौतम बुद्धको जती अरुको रहेन । त्यसैले नेपाली दार्शनिक गौतम बुद्धको स्थान राष्ट्र र विश्र्वमा नै अत्यन्त महात्वपुर्ण छ ।
सिद्धार्थ गौतमको जन्म एक शाक्य राजकुल घरानामा इसापूर्व ५६३ बैशाख पुर्णिमाको दिन कपिलवस्तुको तिलहौराकोट लुम्बिनिमा भएको थियो । दुर्भाग्यबश उ जन्मेको सात दिनमा नै आमा मायादेवीको देहाँवशन भएकोले उसको स्याहार सुसार सौतिनी आमा महाप्रजापती गौतमद्धारा भएको थियो । उसका पिता राजा शुद्धोधन सिद्धर्थ गौतमलाई एक शक्तिशाली सफल राजा बनाउन चाहन्थे । आफ्नो छोरा कतै साधु हुने डरले सिद्धार्थ गौतमलाई दरबार भित्र नै हरेक सुबिधा पुर्याइ बिलाशी जिवनमा भुलाउने कोशीस गर्थे । उसको विवाह पनि गराइ दिए यशोधरासँग र छोरा पनि जन्म्यो जसको नाम राहुल थियो । तर पनि सिद्धार्थ गौतमलाई यि कुराहरुले रोक्न सकेन । मानिसका बृद्ध रोगी र मृतक अवस्थामा देखी साह्रै बिरक्ती भई मानिसलाई दुःखहरुबाट मुक्त गर्न छोरा राहुल जन्मेको दिनमा नै रातको समयमा घर छोडी ज्ञानको खोजिमा हिंडे । घर छोडेर हिडे पछि सिद्धार्थ गौतमले पहेलो बस्त्र धारण गरी सन्यासी बने । उनी अनेक सन्यासिहरु कहाँ पुगी तपस्या गरे योग सिके । तर पनि उनको चित्त बुझेन । उसलाई यस्तो लाग्यो "सुखमा सुख प्राप्त हुन सक्दैन ,दुःखमा सुख प्राप्त हुन सक्दछ "त्यसैले रसमात्र ग्रहण गरी छ वर्ष सम्म घोर तपस्याहा गर्यो । त्यसबाट पनि केही प्रतिफल प्राप्त हुन नसके पछी उसले अन्न र जल ग्रहण तपस्या गरे । ३५ वर्षको उमेरमा एक दिन पिपलको वृक्ष मुनी तपस्या गरी रहेको बेलामा सिद्धार्थ गौतम लाई बुद्धत्व प्राप्त भयो । सत्य ऽ शान्ति र अहिंसा नै दुःखबाट पाउने मार्गदर्शन हो भनेर र माध्यम नै उत्तम मार्ग स्थल हो भनेरऽत्यसपछी उनले आफ्ना शिस्यहरु बनाइ बिभिन्न ठाउँमा आफ्ना उपदेस फैलाउदै जानु भयो । उनी गौतम बुद्ध बने बौद्धत्व प्राप्त गरेको ठाउँ बौद्धगया नामले प्रख्यात भए र बौद्ध धर्मको स्थापना गर्नु भयो । ४५ वर्ष सम्म आफ्नो उपदेस फैलाउदै हिड्दा हिड्दै अन्तमा महात्मा बुद्ध कुशिनगरमा पुग्नु भयो र त्यहा भिक्षुहरुलाई "जो जन्मन्छ त्यो मर्छ" भन्ने अन्तिम उपदेस दिदै ८० वर्षको उमेरमा बैशाख पुर्णिमा कै दिनमा उहाको पार्थिव शरिरले यस धर्तीबाट बिदा लिए । यि महापुरुष गौतम बुद्धको जन्मभूमी नेपाल हो । यसमा हुनै बिबाद छैन, कुनै मतान्तर छैन तर पनि छिमेकी राष्ट्र भारतका केही मानिसहरु आफ्नौ हृदय भित्रको सत्यतालाई पनि छिपाएर गौतम बुद्ध भारतमा जन्मेको हो भनेर लेखन तथा भन्न पछि परेका छैनन् । यस्ता कयौ प्रमानहरु छन् । साच्चै भारतका एक थरी मानिसहरु त नेपाललाई गौरव बढाउने कुरालाई बलैले वा काल्पनिक भए पनि भारतमा पुर्याएरै छाडने र नेपाललाई नाड्गो पार्ने धुनमा कसम खाएर लागेका छन् ।

गौतम बुद्ध भन्दा करिब २५० वर्ष पछी सम्रात अशोक आँफै आएर गौतम बुद्ध र कनकमुनी बुद्धका जन्मस्थानमा पूजा गरी त्यहाका जनताहरुलाई बिभिन्न करहरुमा छुट दिइ गाडेको प्रमाणित बिशाल अभिलेख अशोक स्तम्भ विरश्र्व सामु छंदाछंदै "साउनमा आँखा फुटेको गोरु झै " सबैतिर काल्पनिक हरियाली देख्नु भनेको आफैले आफुलाई नै मुर्ख बनाउनु र आफैलाई कलंकित गर्ने बाहेक अरु के हुन सक्ला र । टल्कदैमा हिरा हुँदैन ,सुनको जलप लगाउदैमा सुन हुँदैन , 'सत्य डग्दैन असत्य टिक्दैन निर्मल आकाश बिशाल धर्ती र सारा विश्र्व साक्षी छ । गौतम बुद्धको जन्म नेपालमा भएको हो भनेर यो सत्यताले विश्र्व सामु हाम्रा शिर ठाडो हुन्छ । हाम्रा छाती गर्वले गद गद हुन्छ । त्यसैले हामी सम्पुर्ण नेपालीको लागि शान्तिका प्रतिक गौतम बुद्धको जन्म दिन बैशाख पुर्णिमा बुद्ध जयान्ती अत्यन्तै महत्वपुर्ण छ ।
إرسال تعليق