एसएलसी परीक्षा सुरु - मकर श्रेष्ठ


भक्तपुर, चैत्र १० - बिद्यार्थीहरुको लागि फलामे ढोकाको उपमा पाएको प्रवेशिका परीक्षा एसएलसी बिहीबारदेखि सुरु भएको छ । । १८ गतेसम्म चल्ने परीक्षा बिहान आठ बजेदेखि एघार बजेसम्म संचालन हुनेछ ।
परीक्षामा ४ लाख ९६ हजार दुई सय ४३ विद्यार्थी सहभागि छन् । नियमित तर्फछात्र दुई लाख २९ हजार सात सय ९१ जना छन् । त्यसमा छात्रा दुई लाख ६ हजार ६
सय २० जना छन् । एकज्याम्टेड तर्फ ५९ हजार आठ सय ३२ जना छन् । परिक्षामा ८९ वटा खुल्ला विद्यालयका आठ हजार एक सय ४० जना विद्यार्थी सहभागि छन् । यसमा नियमित तर्फसात हजार सात सय ९४ र एक्ज्यामटेड तर्फ तीन सय ४६ जना परिक्षार्थी छन् ।

खुल्ला तर्फ शिविरमा रहेका लडाकू पनि सहभागी छन् । परिक्षा मर्यादित बनाउन पहिले भन्दा यसपटक बढी कडाइ हुने परिक्षा नियन्त्रक सुर्यप्रसाद गौतमले बताएका छन् । परीक्षा दिनेमा सबैभन्दा कम मनाङमा एक सय २२ जना र बढी काठमाडौमा ३२ हजार आठ सय ६० जना छन् । यस बर्षपनि अपाङ विद्यार्थीलाई डेढ घण्टा समय थप गरिएको छ ।
परिक्षाको लागि मुलुकभर कूल १ हजार ६ सय ७२ वटा परीक्षा केन्द्र तय गरिएको छ । यसका लागि प्रत्येक परीक्षा केन्द्रमा एक जनाका दरले १ हजार ६ सय ७२ केन्दाध्यक्षको ब्यवस्था गरिएको छ ।
त्यस्तै प्रत्येक परिक्षा केन्द्रमा दूई जना सहायक केन्द्राध्यक्ष २ हजार ३ सय ९५ जना, १९ हजार आठ सय ४३ जना निरीक्षक छन् । त्यस्तै ६ हजार ६ सय १२ पियन र
१६ हजार सात सय २० सुरक्षाकर्मी सहित ४७ हजार दुई सय ४२ जना कर्मचारी खटिने छन् । परिक्षामा सुरक्षा ब्यबस्था कडा पार्न यसबर्षदेखि प्रत्येक परीक्षा केन्द्रमा
पहिलो पटक शसस्त्र प्रहरी पनि खटाएको छ ।

Post a Comment

أحدث أقدم