सरस्वती विद्यालय ५०औँ वर्षमा


ने.सं.११३१ फाल्गुण ५ गते बिहिबार
           टोखा ,काठमाडौं

स्वर्ण जयन्तीको अवसरमा
विद्यालयलेनिकालेको स्मारीका
         टोखाको शैक्षिक जगतमा सबै भन्दा पहिलो ज्ञानको उज्यालो ज्वोती छर्ने महान कार्यमा अग्रहनिय भुमिका निर्वाह गर्दै आई रहेको सरस्वती उच्च माध्यामिक विद्यालय आफ्नो ४९औँ वसन्त पार गरी आज देखी ५०औँ वर्षमा यात्रा गरी रहेको छ । शिक्षाको उज्यालो ज्ञान छर्न अनेकन बाधा र अपठ्यारा संग पैथे जोरी खेल्दै निरन्तर र अनवरतरुपमा यात्रा गर्दा गर्दौ आज स्थापना भएको ५० वर्ष बिति सकेछ । आफ्नो ५०औँ जन्मोत्सव अर्थात स्वर्ण जयन्ती आज विशेष कार्यक्रम गरी मनाईयो ।

         कार्यक्रमका प्रमुख अतिथि प्लान इन्टरनेशन्लकी श्रीमती निकोल ठकुरीले पानसमा दिप प्रोज्वलीत गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।साथै विद्यालयको स्मारिका पनि विमोचन गरेकी थिईन ।स्मरण रहोस श्रीमती ठकुरीले हालको विद्यालयको दुई नयाँ भवन बनाउन आर्थिक सहयोगका लागि ठुलो भुमिका खेलेकी थिइन ।
कार्यक्रममा विद्यालयलाई विभिन्न रुपमा सहयोग गर्दै आउनु भएका महानु भावहरुलाई विद्यालयका प्रधानाध्यापक श्री बाबुलाल भण्डारी र विद्यालय व्यवस्थापनका अध्यक्ष धर्म डंगोलले खादा ओदाई समान गरेको थियो ।

      विद्यालयको स्वर्ण जयन्तीको अवसर पारेर विद्यालयको आर्थिक कमजोरीलाई हताई विध्यार्थीलाई गुणस्तरिय शिक्षा दिन सकोस भन्ने हेतुले विद्यालयलाई आर्थिक सहयोज दिनेहरु आज धेरै नै थिए । विद्यालयका भुपु अध्यक्ष स्वं.गजराज जोशीको स्मृतीमा उहाँका सुपुत्र रामराज जोशीले रु.एक लाख रुपैया विद्यालयका प्रधानाध्यापकलाई हस्तानान्तर गर्नु भएको थियो । उहाले उक्त रकम हस्तानान्तर गर्दै भन्नु भयो “एक वर्ष बाँच्नको लागि धान रोपौं, दश वर्ष बाँच्नको लागि रुख रोपों, सय वर्ष बाँच्नको लागि शिक्षा रोपौं” भनि निकै नै घट् लाग्दो उद्घार सुनाएर जानु भएको थियो । त्यस्तै गरी विद्यालयका शिक्षक द्धोय नागेन्द्र यादव तथा शिक्षिका विन्दु ज्ञवालीले जनहि दश/ दश हजार रुपैया विद्यालयका सहयोग स्वरुप प्रधानाध्यापकलाई हस्तानान्तर गर्नु भएको थियो । स्मरण रहोस शिक्षक ओम प्रकाश बन्जारी दृश्तीबिहिन हुनुहुन्छ । उहाँ यस विद्यालयमा एक वर्ष देखि कार्यरत हुनुहुन्छ । नवदित कलेजका प्रिन्सीपलले यस सरस्वती उ.मा.वि बाट उत्कृष्ट अंक ल्याउनेलाई उहाँको कलेजमा ५० प्रतिशत छुट दिने प्रतिब्धता ब्यक्त गर्नु भएको थियो । साथै अन्य ब्यक्तिहरुले समेत विद्यालयलाई आर्थिक सहयोग गर्नु भएको थियो ।  

कार्यक्रममा विद्यालयबाट संचान गरेको अतिरिक्त क्रियाकपालमा समाबेश भई सफल भएका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेको थियो । साथै कार्यक्रममा विध्यार्थीहरुले आफ्नो प्रतिभाहरु पनि प्रस्तुत गरेको थियो ।

विद्यालयको स‌ंक्षिप्त पृष्ठभुमि
           
        टोखाका बासिन्दालाई शिक्षाको उज्यालो ज्वोतीबाट बञ्चित नहोस भन्ने हेतुले न्युन शुल्कबाट शिक्षाको उज्यालो ज्वोती छर्न बिक्रम संबत २०१७ साल फाल्गुण ५ गते सरस्वती प्राथमिक विद्यालय  बाट यस विद्यालयको स्थापना गरी शैक्षिक यात्रा अगाडी बढाएको थियो । टोखाका बासिन्दालाई शिक्षा प्रदान गरी साक्षर बनाउने काममा निरन्तर र अनवरतरुपमा यस विद्यालय अगाडी बढीनै रह्यो । यसै क्रममा २०३०मा नि.मा.वि.   २०४२ मा यस विद्यालयले माध्यामिक शिक्षा दिंदै बि.सं. २०५८ सालमा उच्च शिक्षा प्रदान गर्न समेत सफल भएको छ । यो नै टोखाको पहिलो र एकमात्र उच्च शिक्षा प्रदान गर्ने विद्यालय भएको छ आजको दिन सम्ममा । कच्चि ३ कोठे भवनबाट पठनपाठन शुरु गरेको यस विद्यालयले बिभिन्न उतार चदाप संग पैठे जोरी खेल्दै अहिले सुबिधा युक्त पक्कि दुई वटा भवन सम्ममा आई पुगि सकेको छ । यस पक्कि भवन प्लान इन्टरनेशनल र स्थानिय बासिन्दाहरुको आर्थिक सहयोग तथा श्रमदानबाट निर्माण भएको थियो । 

यस विद्यालयको स्वर्ण जयन्तीको सुखद उपलक्ष्यमा उत्तरोत्तर प्रगतिको शुभकामना । यसका साथै यस विद्यालयले निरन्तर गुणस्तरिय शिक्षा प्रदान गर्न सकोस न्युज अफ टोखा परिवार शुभकामना ब्यक्त गर्दछ । 

Post a Comment

Previous Post Next Post