आज "हरमार पुन्ही"

फाल्गुन ६ गते शुक्ररबार 
टोखा काठमाडौं          
      हरमाद्यव "हरमार पुन्ही" एक महिना लाम्रो स्वस्थानि ब्रत कथा आज देखि समाप्त भएको छ। पौष शुक्ल पुर्णिमा देखी हिन्दु धर्मावलीहरुले घरघरमास्वस्थानि ब्रत कथा भन्ने गरिन्छ ।  माघ शुक्ल पुर्णिमामा यो समाप्न हुन्छ । यस एक महिना भर टोखामा रहेको हरमाधव हरमार गुथि चण्डेश्वरि मन्दिरमा गई नुहाएर भजनकृतन गरी गाउँ परिक्रमा गर्ने गर्दछ । 
        
          चण्डेश्वरी मन्दिरमा जानुको मुख्य कारण भनेको  स्वस्थानि ब्रत कथामा
वर्णन गरे अनुसार यस भुमिमा दक्षप्रजा पतिले अशोमेघ होम गरेको पवित्र स्थल दक्षको शिर छेडन गरेको सतिदेवीले आगोमा हाम्फालि आफ्नो ज्यान दिएको र सतीदेवीको अंग पट्न भएर पिठ भएको जनविश्वास रहंदै आइ रहेको छ । यस स्थानमा हाल सम्म पनि यसको प्रमाण सोरुप त्यसका केहि अवशेसहरु बाँकी  नै रहेको छ । स्वस्थानि ब्रत कथामा उल्लेख भए अनुसार मानिसले मानव भएर जन्म लिए पछि कुनै एक पिठको दर्शन गरेको खण्डमा उ जन्म भएको सार्थक हुने कुरा लेखेको छ ।  


       यस स्वस्थानि ब्रत कथा अन्तिम दिन भजन गुथिका साथै महादेवको भेष धारी ससाना बाबुहरु देखा पर्छन । कलशका साथै म्हो दाना वनेगु शरीर नापेर जाने पनि गरिन्छ । यसरी उनिहरु गाउँ परिक्रमा गरे पछि यस दिनको सम्पुर्णकाम समाप्न हुन्छ ।

केहि झलकहरु




Post a Comment

Previous Post Next Post