कसरी भयो सुरु भ्यालेन्टाइन डे एक चर्चा....


टोखा काठमाडौं
ने.स.११३१ फाल्गुन १ गते

        मन र मुटु साट्ने धेरै जोडाले मनाउने भ्यालेन्टाइन डे कहिले र कसले सुवात गरेको हो ? यस बारेमा धेरै नै मत छन् । अनि धेरै काल्पनिक कथाहरु बाट ढाकिएको छ प्रेम दिवस । क्याथोलिक इन्साक्लोपेडिया भन्छ, सेन्ट भ्यालेन्टाइन नाम गरेका मात्र तीन जना क्रिश्चियन पादरीथिए । रोम,टेर्नि र अफिकामा फरक फरक समयमा यी तीनै भ्यालेन्टाइनलाई १४ फेबरीकै दिन सहिद गराएको थियो । धेरै प्रमका बिद्धानहरु के विश्वास गर्दछन् भने सेन्ट भ्यालेन्टाइनलाई रोमन सम्रट् क्लाउडिस द्धितियको आदेशविरुद्ध गएको आरोपमा मृत्युदण्ड दिइएको हो ई.पु.२७० मा ।

      तथ्य भन्दा लोकमत भन्छ क्लाउडिइस द्धितीयले महिलासंगको सम्बन्धले आफ्ना सैनिकलाई कमजोर  बनाउला भनेर युवाहरुलाई विवाह र प्रेम गर्नबाट वञ्चित गरेका थिए ।
जुन कुरा क्रिश्चियन धर्म विरुध हुने भएकाले चर्चमा गरिएको विवाह कार्यक्रमलाई जारी राख्दै भ्यालेन्टाइनले युवाहरुलाई विवाह र प्रेमका लागि प्रेरित गरे । त्यसैले क्लाउडिएसको आदेशमा उनलाई पक्राउ गरी १४ फेब्रअरीमा मृत्युदण्ड दिइयो । प्रेम अनि विवाहका लागि सहादत पाएका कारण उनको सम्झनामा विश्व भर भ्यालेन्टाइन डे मनाउन थालिएको हो ।
१४ औँ शब्तादीसम्म भ्यालेन्टाइन डे प्रेम र प्रणयसँग जोडिएको थिएन । भ्यालेन्टाइन डेलाई प्रसिद्ध कवि चसरले प्रेम अनि जोडेको मानिन्छ । चसर एन्ड द कल्ट अफ सेन्ट भेलेन्टाइन पुस्तकमा हेनरी एन्सगर केलीले चसरले भ्यालेन्टाइन डेलाई प्रेमसंग जोडिएको उल्लेख गरेका छन् । बेलायतका रिचार्ड द्धितीयको इन्गेजमेन्टका क्रममा सन् १३८९ मा चसरले एउटा इन्गेजमेन्ट कविता लेखे द पार्लियामेन्ट अफ फोउल्स । त्यसमा जोडियो शाही इन्गेन्जमेन्ट चराहरुको मिलन र भ्यालेन्टाइन डे ।
फर दिस वाज अन सेन्ट भेलेन्टाइन्स डे
ह्वेन एभ्री फोउल कमेथ दियर टु चुज हिज मेट ।

प्रेममा शारीरिक सम्बन्ध भन्दा भावनात्मक सम्बन्ध महोत्वपुर्ण हून्छ ।  यस कुरालाई हामी कहिले पनि नभुलौँ ।

Post a Comment

أحدث أقدم