नयाँ फुटबल ग्राउण्ड बन्दै

टोखा काठमाडौं
नेपाल संबत ११३१ म‌ंगलबार
       
       टोखा चण्डेश्वरी गाविसमा पनि अब छुटै फुटबल ग्राउण्ड बन्ने भएको छ । यो फुटबल ग्राउण्ड थरखल (सपनातिर्थ तिर जाने बाटो छेउ र गणेशस्थाको स‌ंगैको ठाउँ) पर्ति डाँडालाई दोजरले पेलेर ग्राउण्ड बनाउँने काम   २ दिन अगाडी देखि सुरु भै रहेको छ । अब टोखाबासीहरुले दुईवटा फुटबल ग्राउण्ड पाउने भएका छन् । एउटा त पहिला देखि नै सरस्वती गाविस अन्तरगत भुतखेलमा छ भने अब एउटा नयाँ फुटबल ग्राउण्ड टोखा चण्डेश्वरी गाविस अन्तरगत थरखलमा बन्दैछ। 
            यसको लागि हाल भने ९० हजार रकम गाविसबाट बजेट छुट्याएको छ । उक्त रकमबाट काम सुरु गरिदै छ । यति रकमले ग्राउण्ड सम्याउन नै पुग्दैन भन्ने कुराहरु पनि बाहिर आइरहेको छ । नपुग भएको रकम कहाँबाट ल्याइ कामलाई  पुर्णता दिने हो त्यो भने हेर्न बाँकी नै छ । यो ग्राउण्ड बन्ने कुराले खेलप्रेमी युवाहरु भने निकै नै खुशी भएका छन् । अब उनिहरु यसलाई व्यवश्थित रुपमा बनाउनु पर्ने कुरामा जोड दिन्छन् । के यी खेल प्रेमी युवाहरुको चाहाना पुरा होला त ? त्यो भन्ने हेर्न बाँकी नै छ। 

हामी यसको बारेमा विस्तृत जानकारीसंगै तपाईहरु समक्ष आउने छौँ । यसलाई निरन्तर रुपमा फलोअप गरिरहने छौ हामी स‌ंगै रहनु होला ।

 फुटबल ग्राउन बनाउन लागेको ठाउँ

Add caption

दोजरले डाँडा पेलेर ग्राउन बनाउँदै गरेको दृश्य

1 Comments

  1. अपुग रकम पहिले त्यहाँको रुखहरु काटेर बची पैसा खल्तीमा हाल्नेहरुसंग लिनुपर्छ । मेरो जानकारीमा आए अनुसार तत्कालीन गाविस अध्यक्ष कसिनाराण वडासदस्य राष्ट्रमान आदि पर्छ ।।। अरु पनि को को हो साथीहरुले नाम किटान गरी जसरी हुन्छ त्यसरी पैसा उठाउन जरुरी छ । उनीहरुको बाजेले उमारेको रुख हैन नि त्यो । कि कसो

    ReplyDelete

Post a Comment

Previous Post Next Post