टोखामा ११३१ न्हु दं (नयाँ वर्ष) भब्यरुपमा मनाउने तयारी

नेपालीहरुको मौलिक संवत नेपाल संवत ११३१ न्हु दं (नयाँ वर्ष) लाई भब्य रुपमा मनाउन नेवाः गुथि टोखाले आफ्नो कार्यक्रमको तालिका प्रकाशित गरेको छ । नेवाः गुथि टोखाले बिगत लाम्रो समय देखि बिबिध साँस्कृतिक  कार्यक्रम गरी यस नयाँ वर्षलाई धुम्धाम संग मनाउदै आइ रहेका  छन । गएको वर्षहरुमा झै यस वर्षमा पनि नृत्य प्रतियोगिता गर्ने भएको छ । यस पटक पनि नयाँ वर्षलाई अझ धुम्धाम संग मनाउनको लागि एउटा कार्यदलको गठन गरी सकेको छ । यस पालिको नयाँ वर्षलाई धुम्धाम संग मनाउन तयार गरिएको तालिका यस प्रकार छन् ।

कार्यक्रम
          न्हुँ दं (नयाँ वर्ष ) को स्वागतका लागि सुकुन्दा  र्‍याली
ठुलो आकारमा हेर्न फोटोमा क्लिक गर्नुस
  • मितिः नेपाल संवत ११३० कौलागा आमै शनिबार, कार्तिक २० गत
  • समयः साँझ ७ बजे
  • भेलाहुन‍े ठाउँः गणेशस्थान
        साँस्कृतिक न्हुँदया भिंतुना र्‍याली
  • मितिः ने स ११३१ कछलाथ्व पारु २१ गते आईतबार
  • भेला हुने समय र स्थानः बिहान ७ बजे, गणेशस्थान
       साँस्कृतिक दबु हुला प्याखँ (बिविध साँस्कृतिक कार्यक्रम)
  • मितिः ने स ११३१ आईतबार
  • समय र स्थानः साँझ ७ बजे ,तपलाछी दबु 

      Post a Comment

      Previous Post Next Post