स्नातक तह दोस्रो वर्षको परीक्षा साउन ७ देखि (तालिकासहित)



काठमाडौं, जेठ २८त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातक तह द्धितीय वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । सार्वजनिक गरेको तालिका अनुसार परीक्षा साउन ७ देखि सुरु हुनेछ ।
कार्यालयका अनुसार परीक्षामा नयाँ तथा पुरानो पाठ्यक्रमअनुसार तीन वर्षे स्नातक तह अन्तर्गतका मानविकी, व्यवस्थापन, विज्ञान तथा प्रविधि, शिक्षाशास्त्र र कानुन तर्फका नियमित तथा प्राइभेट, पुरा तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरु सहभागी हुन पाउनेछन् । यसैगरी विज्ञानतर्फको ४ वर्षे स्नातक तह द्धितिय वर्षका विद्यार्थीहरु पनि सहभागी हुन सक्नेछन् ।
साउन २९ गतेसम्म चल्ने परीक्षा मानविकी, शिक्षा विज्ञान तथा प्रविधि र कानुन संकायको बिहान ७ बजेदेखि १० बजेसम्म हुने छ भने व्यवस्थापन र ४ वर्षे विज्ञानको दिउँसो १ बजेदेखि ४ बजेसम्म चल्नेछ ।
तालिका हेर्नुहोस 



Post a Comment

Previous Post Next Post