एसएलसी परीक्षाको रिजल्ट आज



SLC Resultकाठमाडौं, जेष्ठ ३० - परीक्षा नियन्त्रण कार्यालयले आज साँझ ५ बजेसम्ममा एसएलसी परीक्षाको रिजल्ट सार्वजनिक गर्ने तयारी गरेको छ ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले रिजल्ट सार्वजनिक गर्ने तयारी सकिएको जानकारी दिए । उनले कुनैखालको प्राविधिक त्रुटि देखिएन भने साँझ ५ बजेसम्ममा रिजल्ट आउने जानकारी दिए ।

शिक्षा मन्त्रालयका सचिव अध्यक्ष रहने बोर्ड बैठक शुक्रबार दिउँसो १ बजे बोलाइएको छ ।
गत वर्ष भएको एसएलसी परीक्षामा ५ लाख ४८ हजार २ सय ४८ परीक्षार्थी सहभागी थिए । त्यसमा १ लाख ४६ हजार ७ सय ३३ एक्जाम्टेड छन् ।

०७० साल चैत ६ बाट सुरु भएको परीक्षा १३ गतेसम्म चलेको थियो ।

Post a Comment

Previous Post Next Post