यस्तो समस्या कहिले सम्म भोगि रहने


               यातायात साधनको अभावले टोखा बासी र विद्यार्थीले निकै नै ठुलो सास्ति झेलि रहेका छन । विशेष्त कलेज जाने विद्यार्थीहरुलाई भने यो ठुलो समस्याको विषय बनेको छ । समयमा कहिले पनि माईक्रो पाउदैन जसले गर्दा कलेजमा समयमा नै पुग्न सकिरहेको छैन । कलेजमा कक्षा सुरु हुन्छ बिहानीको ६ः१५ बजे त्यो कक्षा लिन यता बाट ५ः१५ बजेनै हिडि सक्नु पर्छ तर माईक्रो आउछ ५ः३० मा । ५ः३० तीर आउछ एउटा माईक्रो विद्यार्थीलाई धान्न नै नसक्ने गरी । माईक्रोको प्रतिक्षामा बसेका विद्यार्थीहरुको भिड् लागि त्यो एउटा माईक्रोबसले कहाँ ठेगन सकिन्छ र किन कि त्यहाँ ४ वटा माईक्रोले धान्ने विद्यार्थीहरु उभिएर बसि रहेका हुन्छन । त्यो पनि एउटा माईक्रोमा ३५–३५ जना राखेर । एउटा माईक्रो बसको जम्मा सिट संख्या २४ जनाको छ तर त्यहि माईक्रो बसमा कोचिन्छ ३५ जना । अब तपाई आफै सोचनुस देशको राजधानीमा रहेको ठाउँमा त यातायातको यसतो अवस्था छ भने देशका अन्य बिकत ठाउमाँ झन कस्तो होला ।


           यहाँ समस्या केवल विद्यार्थीको मात्र होईन मजदुरी गर्ने मजदुर, सरकारी तथा निजि कार्यालयमा काम गर्ने ब्यक्तिहरु सबै सबै लाई यसले ठुलो समस्या सिर्जना गरेको छ । तर पनि यसको बारेमा कोहि पनि केहि बोल्दैन । हाल टोखामा काठमाडांैमा गुडने २३ नंम्बर रुटको माईक्रोबस चलि रहेको छ । तर त्यो पनि आफ्नौ मनोमानि ठंगले । हामीले कहिले सोधेनौ माईक्रोबसका ब्यवसायिहरुलाई कि किन यस्तो भई रहेको छ । किन गाडि समयमा आएन ? किन माईक्रोमा सिमित सिट भन्दा बढि यात्रु राखिन्छ ? अह यो हामी कसैले सोधे नै । यहि कमजोरीलाई नै माईक्रो ब्यवसायिहरुले फाईदा उठाइ रहेका छन तर केहि गर्न सकिरहेका छैनन् टोखाली बासीन्दाले । शिट क्षेमता भन्दा बढि यात्रु राख्दानी कोहि केहि बोल्दैन गाडी ढिलो आए पनि बोल्दै बस हेरी रहन्छ लाचार भएर । यसतो हुनुको एक मुख्यकारण भनेको २३ नम्बर रुटको एकाधिकार भएर नै हो । जब सम्म जनता जागदैन तब सम्म यस्तै समस्या आहिनै रहन्छ ।


        यता माईक्रो बस सञ्चालक समितिमा बसेका ब्यक्तिहरु पनि मौन छन् । हुनत माईक्रो बस समितिमा बसेका सबै सदस्यहरु बाइकमा बसेर जान्छन । यिनीहरुले कसरी बुझ्छन त यात्रुहरुको मर्म । कहिले माईक्रोमा बसेर जानु पर्ने भएको । यसतो गहन विषयमा कोहि अगाडी आएर किन बोल्दैन यो कुरा निकै नै अचम्मको छ । अब त केहि गर्ने पो होकि यो माईक्रो बसको मनोमानीको बारेमा । कित यो रुटको गाडीलाई बन्द गरी अर्काे रुटको गाडी चलाउनु प¥यो हौईन भने कसरी हुन्छ यो समस्याको तुरुन्त समाधान गर्ने तर्फ सबै टोखाली जनता लाग्नु प¥यो । कहिले सम्म यसतो समस्यामा हामी रहने आखिर कहिले सम्म । यस तर्फ सम्बन्धीत निकायको ध्यान पुग्न जरुडी छ ।

अब हेरू बास्तबिकता यो फोटो बाट (यो दृश्य तपाईले सधै देख्न सनुहुनेछ बिहान ५ः३० बजे –यो फोटो बिहानको ठिक ५ः३५ मा खिचिएको हो ।)









Post a Comment

Previous Post Next Post