टोखा टाइम्स, काठमाडौं । टोखा परम्परागत चाकु संरक्षण समाजको आयोजनामा टोखा नगरपालिका–३, सरस्वती चौरमा बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ।
आयोजकका अनुसार २०८३ असोज २४ गते शनिबार सञ्चालन हुने शिविरमा बिहान ८ बजेदेखि नाम दर्ता गरिनेछ भने बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म स्वास्थ्य परीक्षण तथा परामर्श सेवा उपलब्ध हुनेछ।
शिविरमा USG, Pap Smear (महिलाको क्यान्सर स्क्रिनिङ), X-Ray, हाडजोर्नीसम्बन्धी सेवा, जनरल फिजिसियन तथा दन्त परीक्षण एवं परामर्श लगायतका स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइने टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष बुद्ध श्रेष्ठले जानकारी दिए ।
शिविरलाई आमा हस्पिटल ले प्राविधिक सहयोग गर्नेछ भने टोखा नगरपालिका–३ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र लगायत विभिन्न सामाजिक तथा लायन्स क्लबहरूको समेत सहयोग रहने बताइएको छ ।
स्थानीय बासिन्दाहरूलाई लक्षित गरी आयोजना गर्न लागिएको यस शिविरमा सहभागी भई निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवाको लाभ लिन आयोजक संस्थाका अध्यक्ष बुद्ध श्रेष्ठले अनुरोध गरेको छ ।

Post a Comment