पत्रकारितामा अमूल्य योगदान पुर्याए बापत तीन पत्रकार सम्मानित

न्यूज अफ टोखा डट कम/ चैत्र ३०,२०७७

हाम्रो संस्कृति , हाम्रो पहिचान (झींगु संस्कृति झींगु म्हसिका) भन्ने मुल मर्म अनुरुप आज टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिले आयोजना गरेको टाेखा बिस्का: जात्रा शुभकामना आदानप्रदान तथा संस्कृतिकर्मी सम्मान औपचारिक कार्यक्रममा पत्रकारितामा अमूल्य योगदान पुर्याए बापत तीन पत्रकार सम्मानित भएका छन्।

टाेखा नगरपालिका वडा नं.२ स्थित तलेजु मन्दिर परिसरमा भएको कार्यक्रममा विगत दुई दशक लामो समयदेखि हालसम्म क्रियाशिल रहनु भएका स्थानीय पत्रकारहरुलाई ऐतिहासिक संस्कृति संरक्षित क्षेत्र टाेखाको जिवन्त परम्परागत मौलिक , भाषा, कला , संस्कृतिको सबल पक्षलाई उजागर गरि निरन्तर योगदान दिइ टाेखाको संस्कृति र सामाजिक क्षेत्रका विविध पहिचान प्रचारप्रसार गरि विश्व माझ पुर्याउन संचार माध्यमबाट उल्लेखनीय भुमिका खेलेको भन्दै टाेखा लागि पत्रकार र संचार संस्थाको जागरण निरन्तर चलिरहोस् भन्दै शुभकामना सहित न्युज अफ टाेखाका प्रकाशक तथा सम्पादक सुबिन्द्र श्रेष्ठ, नेपाल समाचार पत्रकर्मि तथा टाेखालाइभ डट कमका प्रधान संपादक हिकमत डंगोल र मध्यान्ह दैनिकमा कार्यरत तथा टाेखालाइभ डट कमका प्रकाशक तथा सह-सम्पादक सानुराज डंगोललाई प्रमुख अतिथि टाेखा नगर प्रमुख प्रकाश अधिकारीले कदर पत्र सहित सम्मान प्रदान गर्नुभएको हो ।


सम्मान पत्र ग्रहण गर्दै न्युज अफ टाेखा डट कमका प्रकाशक तथा सम्पादक सुबिन्द्र श्रेष्ठ

कार्यक्रमको सुरुवातमा टाेखा बिस्का: जात्रा शुभकामना आदानप्रदान तथा संस्कृतिकर्मी सम्मान कार्यक्रमको उद्घाटन प्रमुख अतिथि टाेखा नगर प्रमुख प्रकाश अधिकारीले पानसमा दिप प्रज्वलन गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो

कार्यक्रममा टाेखा कला संस्कृति उत्थानमा महत्वपूर्ण योगदिएको भन्दै टाेखाका मुल नायो हेमराज श्रेष्ठलाई बहु प्रतिभा सम्मान प्रदान गर्नुका साथै नयाँ बाजा प्रशिक्षार्थी र गुरुहरु र विभिन्न टाेखाका संस्कृति क्षेत्रमा अतुलनीय योगदान दिनु हुने सॉगीतिक क्षेत्रका दाफाखल: भजन खल:मा योगदान दिनु हुने स्रष्टाहरूलाई नगर प्रमुख प्रकाश अधिकारीले सम्मान गर्नु भयो।

कार्यक्रममा टाेखाको संस्कार संस्कृति र सरसफाइ अभियानमा समेत जाेडिदै आइरहेको सिभिल बैंकले ऐतिहासिक टाेखा बिस्का: जात्रा २०७८ मा सहभागी हुने ५ दापा खल: २ धिमे खल: १ नायखिं बाजा खल: र ७ वटा द्य : खल:लाई सिभिल बैंक टाेखा शाखा प्रमुख जगदीश भट्टले टिसर्ट प्रदान गरेका थिए ।

टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा टाेखा नगर प्रमुख प्रकाश अधिकारी, टाेखा नगर उप-प्रमुख ज्ञानमाया डंगोल ,टाेखा नगरपालिका वडा ३ का अध्यक्ष सिंहराज श्रेष्ठ , नेवा: गुथी टाेखाका अध्यक्ष रमेश नापित, नेवा: गुथी टाेखाका पुर्व अध्यक्ष देवराज डंगोल,टाेखा नगरपालिका वडा २ का सदस्य पन्चकुमारी श्रेष्ठ , सिभिल बैंक टाेखा शाखाका प्रमुख जगदीश भट्ट,सिभिल बैंकका कन्ट्री हेड डिपोजिट एन्ड ट्रान्जेक्सन बैन्किङ्गका प्रमुख भोला बहादुर बिष्ट , टाेखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ , सपनतिर्थ क्षेत्र विकास समितिका अध्यक्ष अष्ट नारायण डंगोल , चण्डेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष धुर्वराज जोशी , नेवा: गुथी टाेखाका सल्लाहकार मुल नायो हेमराज श्रेष्ठ , नेवा: गुथी टाेखाका सल्लाहकार मनिष जोशी,सल्लाहकार माइला डंगोल लगायत विभिन्न सांस्कृतिक खल: पुचका सदस्यहरु बुद्धिजीवी र संस्कृतिप्रेमिहरु उपस्थिति रहेको थियो।



from समाचार – News Of Tokha https://ift.tt/3mGCQi4
www.newsoftokha.com

Post a Comment

Previous Post Next Post