न्यूज अफ टोखा, काठमाडौँ । वायु प्रदूषण बढेका कारण चार दिन देशैभरका विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीलाई थप जोखिम रहेको भन्दै मङ्गलवारदेखि शुक्रवारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।
बैठकमा मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिनुभयो । बैठकमा शिक्षासचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा हरि लम्साल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याललगायतको थियो । बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गर्नुभएको थियो ।
बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गर्नुभएको थियो । लगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौँ विद्यार्थीमा हुन सक्ने स्वास्थ्य प्रतिकूलताका कारण सबै शिक्षण संस्था बन्द गर्नुपरेको बताउनुभयो ।
The post उच्च वायु प्रदूषणका कारण मंगलबारदेखि देशभरका शैक्षिक सँस्था ४ दिन सम्म बन्द हुने appeared first on News Of Tokha.
from समाचार – News Of Tokha https://ift.tt/3m3gwPt
www.newsoftokha.com
إرسال تعليق