काठमाडौं । तोखा नगरपालिका वडा नम्बर २ को सहयोगमा नेवाः गुथि तोखाको आयोजनामा ‘नेपालभाषा लिपि’ कक्षा प्रशिक्षण सञ्चालन भएको छ ।
पछिल्लो समयमा आफ्नो मातृभाषा बोल्ने तथा लेख्न प्राय हराइसकेको अवस्थामा भाषा र लिपिको उत्थानका लागि ३० दिने नेपालभाषा लिपि कक्षा प्रशिक्षणको आयोजना गरिएको नेवाः गुथि तोखाका अध्यक्ष रमेश नापितले लिपि कक्षा प्रशिक्षणको शुभारम्भका क्रममा बताउनु भयो ।
प्रत्येक दिन बेलुका ६-७ बजेसम्म ३० दिनसम्म हुने उक्त लिपि प्रशिक्षण नेपालभाषा लिपि गुथिका अध्यक्ष निरञ्जन मानान्धर तथा महेन्द्र मानान्धरले नेपालभाषाको लिपि तथा भाषाको प्रशिक्षण दिनेछन् ।
श्री चण्डेश्वरी माध्यामिक विद्यालय तोखामा आयोजना भएको उक्त प्रशिक्षणमा विद्यार्थीहरुको सहभागिता बढि रहेको थियो भने ५० जना प्रशिक्षार्थिहरुको सहभागिता रहेको गुथिका सचिव निरञ्जन डंगोलले जानकारी दिनुभयो ।बाँकी समाचार
إرسال تعليق