न्यूज अफ टोखा, काठमाडौँ । टोखा नगरपालिका वडा नं २ क्वाखः
तलेजु मन्दिर परिसर स्थित ऐतिहासिक गणेश-कुमारी फल्चा उद्घाटन गरिएको छ । तलेजु क्वाखल
टोल विकास संस्थानको प्रथम अधिवेशनको अवसरमा एक समारोह बीच टोखा नगरपालिका वडा नं
२ का वडा अध्यक्ष दिपक राज जोशीले बुधबार बिहान उद्घाटन गर्नुभयो ।
कार्यक्रममा वडा अध्यक्ष
जोशीले साविक टोखा चण्डेश्वरी गा.वि.स. हाल वडा नं २ सिगो टोखा नगरपालिकाको
साँस्कृतिक एवम् पुरातात्विक सम्पदाहरु
रहेको थलो भएको र त्यसको संरक्षण गर्न वडा
तथा नगरपालिका लागि परेको बताउनुभयो ।
२ वडाले व्यवस्थित योजनाका साथ
सम्पदा पुनः निर्माणमा जोड दिइरहेको चर्चा गर्दै क्वाखः (तलेजु मन्दिर) परिसर
व्यवस्थापन र आकर्षक बनाउन विश्तृत गुरु योजना तयार भैरहेको र त्यस कार्यमा तलेजु
क्वाखल टोल विकास समितिले प्रमुख भूमिका निर्वाह गर्नु पर्नेमा बताउनुभयो ।
तलेजु क्वाखल टोल विकास समितिले
टोलवासीहरुसँगको सहकार्यमा आफ्नो टोलको
विकास तथा व्यवस्थापन कार्यमा गर्दै आएको कार्यको प्रशंसा गर्नुहुदै नयाँ
कार्यसमितिका पदाधिकारीहरुले अझ राम्रोसँग कार्य गर्न सकोस् भनि सफल कार्यकालको
लागि शुभकामना दिनुभयो ।
तलेजु क्वाखल टोल विकास
संस्थानका अध्यक्ष तथा कार्यक्रमका सभापति रमेश नापितले टोखा नगरपालिका र वडाको
आर्थिक सहयोगमा अस्तित्व गुमिसकेको ऐतिहासिक गणेश-कुमारी फल्चाको पुनर्निर्माण
भएको बताउनुभयो ।
तलेजु क्वाखल टोल विकास
संस्थानको प्रथम अधिवेशनबाट गणेशलाल श्रेष्ठको अध्यक्षतामा १५ सदसिय नयाँ कार्यसमितिको
निर्विरोध चयन समेत गरिएको थियो ।
उक्त कार्यक्रमा तलेजु
मन्दिरका देय नायो हेम राज श्रेष्ठ, टोखा संस्कृति सम्पदा संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेश मान
श्रेष्ठ, वडा सदस्य हेरा काजी डंगोल, भगवती
क्लवका अध्यक्ष मदन लाल श्रेष्ठ, गणेश-कुमारीका अभिभावक
प्रकाश डंगोल, स्थानीय टोलबासी तथा विभिन्न संघसंस्थाका
प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
إرسال تعليق