न्यूज अफ टोखा | मंसिर १५, टोखा र बुढानिलकण्ठ नगरपालिकाको
स्थापना दिवसको अवसर पारेर टोखा र बुढानिलकण्ठ नगरपालिकामा क्रियाशील अनलाइन
सञ्चार माध्यामहरुको आयोजनामा पहिलो पटक "कवि सम्मेलन २०७५" सम्पन्न भएको छ ।
प्रकृति
र संस्कृतिको संगम स्थलको रूपमा रहेका टोखा र बुढानिलकण्ठ नगरपालिकामा बसोवास गर्ने कवि तथा साहित्यकारहरुलाई
एउटै मंचमा ल्याएर उहाँहरुका सृजनामा यि क्षेत्रको भुमिका र स्थानको वारेमा
सामुहिक छलफल गर्ने अद्देश्यले काठमाडौं क्षेत्र - ५ (२) का प्रदेश सभा सदस्य दिपक
निरौलाको पहल र संयोजनमा न्युज अफ टोखा , कपन अनलाइन , काठमाडौं
खबर
र बिएसजि न्युजले उक्त “कवि
सम्मेलन ”
को आयोजना गरिएको हो ।
ऐतिहासिक, प्राकृति, धार्मिक तथा साँस्कृतिक धरोहरहरुलाई
व्यापक प्रचार प्रसार गर्दै टोखा र बुढानिलकण्ठ नगरपालिका प्रवर्द्धन गर्ने
उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक दिपक निरौलाले स्वागत
मनतव्यका क्रममा बताउनु भयो ।
आफ्नो प्रदेशमा रहेको टोखा र
बुढानिलकण्ठ नगरपालिका विविध दृष्टिकोणले सम्पन्न रहेको भन्दै यहाँको समुचित
विकासका लागि एकृकीत विकासका नीति तथा योजना बनाई पेश गर्न सुझाव दिदै त्यसलाई
राज्यको तर्फबाट हरतरहले सहयोग गरिने कार्यक्रमका प्रमुख अतिथि ३ नम्वर प्रदेशका
मुख्य मन्त्री डोरमणी पौडेलले बताउनु भयो ।
३ नम्वर प्रदेशका मुख्य मन्त्री डोरमणी
पौडेल प्रमुख आतिथ्य उक्त कवि सम्मेलनमा नयाँ तथा पुराना नामचलेका साहित्यकारहरुको उत्साह जनक सहभागिता
रहेको थियो । बूढानिलकण्ठ मन्दिर परीसरमा आयोजित उक्त कार्यक्रममा टोखा
नगरपालिकाका मेयर प्रकाश अधिकारी, उप मेयर ज्ञानमाया डंगोल, बुढानिलकण्ठका मेयर उद्धव प्रसाद खरेलले
समेत आआफ्ना कविता बाच्न गरेर सुनाएका थिए ।
अधिकांश सर्जकहरुले आफ्नो सीर्जनामा
आफ्नो भूगोलको सुन्दरता महोत्वको वयान गरिएको थियो भने देश र समाजमा भैरहेको
विकृति र विसंगतिहरुको विषय समेत उठान गरिएको थियो ।
إرسال تعليق