टोखा - बुढानिलकण्ठ "कवि सम्मेलन २०७५" सम्पन्न


न्यूज अफ टोखा | मंसिर १५, टोखा र बुढानिलकण्ठ नगरपालिकाको स्थापना दिवसको अवसर पारेर टोखा र बुढानिलकण्ठ नगरपालिकामा क्रियाशील अनलाइन सञ्चार माध्यामहरुको आयोजनामा पहिलो पटक "कवि  सम्मेलन २०७५" सम्पन्न भएको छ ।


प्रकृति र संस्कृतिको संगम स्थलको रूपमा रहेका टोखा र बुढानिलकण्ठ नगरपालिकामा बसोवास गर्ने कवि तथा साहित्यकारहरुलाई एउटै मंचमा ल्याएर उहाँहरुका सृजनामा यि क्षेत्रको भुमिका र स्थानको वारेमा सामुहिक छलफल गर्ने अद्देश्यले काठमाडौं क्षेत्र - ५ (२) का प्रदेश सभा सदस्य दिपक निरौलाको पहल र संयोजनमा न्युज अफ टोखा , कपन अनलाइन , काठमाडौं खबर र बिएसजि न्युजले उक्त “कवि सम्मेलन ” को आयोजना गरिएको हो ।

ऐतिहासिक, प्राकृति, धार्मिक तथा साँस्कृतिक धरोहरहरुलाई व्यापक प्रचार प्रसार गर्दै टोखा र बुढानिलकण्ठ नगरपालिका प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक दिपक निरौलाले स्वागत मनतव्यका क्रममा बताउनु भयो ।


आफ्नो प्रदेशमा रहेको टोखा र बुढानिलकण्ठ नगरपालिका विविध दृष्टिकोणले सम्पन्न रहेको भन्दै यहाँको समुचित विकासका लागि एकृकीत विकासका नीति तथा योजना बनाई पेश गर्न सुझाव दिदै त्यसलाई राज्यको तर्फबाट हरतरहले सहयोग गरिने कार्यक्रमका प्रमुख अतिथि ३ नम्वर प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले बताउनु भयो ।
३ नम्वर प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेल प्रमुख आतिथ्य उक्त कवि सम्मेलनमा नयाँ तथा पुराना नामचलेका साहित्यकारहरुको उत्साह जनक सहभागिता रहेको थियो । बूढानिलकण्ठ मन्दिर परीसरमा  आयोजित उक्त कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उप मेयर ज्ञानमाया डंगोल, बुढानिलकण्ठका मेयर उद्धव प्रसाद खरेलले समेत आआफ्ना कविता बाच्न गरेर सुनाएका थिए ।

अधिकांश सर्जकहरुले आफ्नो सीर्जनामा आफ्नो भूगोलको सुन्दरता महोत्वको वयान गरिएको थियो भने देश र समाजमा भैरहेको विकृति र विसंगतिहरुको विषय समेत उठान गरिएको थियो ।

Post a Comment

Previous Post Next Post