जनप्रतिनिधि र प्रहरी प्रभागले गरे घरेलु मदिरा नष्ट ( भिडियो सहित)




असोज २२ । काठमाडौं,  टोखा नगरपालिकाका विभिन्न स्थानबाट नियन्त्रण गरिएका अबैद घरेलु मदिरा जन प्रतिनिधि तथा महानगरीय प्रहरी प्रभाग टोखाले आज नष्ट गरिएको छ ।

नजिकिदै गरेको दशै तिहारलाईलाई लक्षित गर्दै समाजमा अराजक गतिविधि रोकथाम गर्ने हेतुले चालेको उक्त कार्यक्रम अन्तर्गत विभिन्न स्थानबाट नियन्त्रणमा लिएका झण्दै एक हजार लिटरभन्दा बढी अबैध घरेलु उत्पादन रक्सी तथा जाँडलाई आज प्रहरी प्रभागको कार्यालयसँगै रहेको खोलामा बगाएको थियो ।

महानगरीय प्रहरी प्रभाग टोखाका प्रहरी नायव निरिक्षक जय बहादुर सिंहका साथै अन्य प्रहरी जवान तथा टोखा न.पा.२ का वडा अध्यक्ष दीपकराज जोशीको संयोजकत्वमा आज बेलुका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका घरेलु मदिरालाई नष्ट गरिएको थियो ।

दशैं तिहार जस्ता चार्ड नजिकि रहँदा चोरी लुतपाट जस्ता आपराधिक गतिविधि बढ्न थालेकोले त्यसको नियन्त्रणका लागि चालेको विशेष अभियानका क्रममा टोखा नगरपालिकाको १, ३ र ६ वडाको विभिन्न स्थानबाट उक्त मदिरा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी प्रभाग टोखाका प्रहरी नायव निरीक्षक जय बहादुर सिंहले जानकारी गराउनु भयो ।

दशै तिहार नजिकि रहेको र त्यससंगै चोरी लुतपाट जस्ता घट्न बढि रहेको परीप्रेक्षमा मदिरा जन्य पदार्थले पनि यस्ता खालका क्रियाकलाप गर्न प्रोत्साहित गरिरहेकाले सामाजिक आस्थामा माथि कुनै पनि खलबलि नपुगोस् भन्ने हेतुले टोखाका जनप्रतिनिधि तथा विभिन्न संघसंस्था र टोखा प्रहरी प्रभागको बिशेष नेतृत्वमा यो कार्य सफल भएकोमा खुशी तथा प्रहरी प्रशासनलाई टोखा नगरपालिका २ वडाका अध्यक्ष दीपकराज जोशीले धन्यवाद ब्यक्त गरे ।

जनताको अमन चयन तथा सुरक्षाका लागि हाल बढि रहेकोको घट्नालाई मध्य नजर गरी रातीको समयमा विभिन्न चरणमा गस्ती गरिरहेको समेत प्रहरी निरीक्षक सिंहले बताउनु भयो ।












Post a Comment

أحدث أقدم