(टोखामा पर्यटनको सम्भावना विषयक कार्यपत्र जुन श्रावण २७ गते टोखा संस्कृति तथा सम्पदा संरक्षण दबु तथा नेवाः गुथि टोखाले संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा प्रस्तुत गरिएको थियो । सोहि कार्यपत्र यहाँ जस्ताका तस्तै प्रस्तुत गरिएको छ।)
भूगोल र मानव ः
काठमाडौं उपत्यकामा सबैभन्दा पहिले मानव बसोबास "कचौरा" जस्तो आकारको यस खाल्डो वरीपरीका अग्ला पहाडी भूभागमा भएको व्याख्या मानव शास्त्रीहरुले धेरै अघि नै गरिसकेका छन् । यसै क्रममा उत्तर-पूर्वी भेगमा रहेको उच्च भू-भागहरु साँखुको बज्रयोगिनी र दक्षिण-पश्चिमी भेगमा रहेको फर्पिङमा उपत्यकाको प्रारम्भिक मानव सभ्यता विकास भएका प्रमाणहरु समेत फेला परेका दावी गरिएका छन् । तिनै उपत्यकाका र्सवप्राचीन मानव बसोबास स्थलबाट आफूलाई अनुकूल बनाउँदै आदिवासीहरु र्सर्दै-र्सर्दै उत्तरतर्फटोखा, मनमय्जु, धर्मस्थली, धापासी जस्ता उचाईमा रहेका स्थानसम्म आइपुगेको अनुमान पनि अध्येताहरुले गरेका छन् । यसै क्रममा टोखा नजिक बुढानिलकण्ठनिर धोबीखोलामा फेला परेका "३० हजार वर्षपुरानो पाषाण उपकरण" ले काठमाडौं उत्तरतर्फो मानव गतिविधिको प्राचीनतालाई पुष्टी गरेको छ ।
काठमाडौं उपत्यकाको उत्तरी भेगमा केही उच्च भू-भागमै रहेका प्राचीन बस्ती मध्ये टोखा पनि एक हो भन्ने प्रमाणित छ । यहाँ प्रकृतिबाट मानव बसोबासका लागि अत्यन्तै अनुकूल वातावरणका साथै प्रशस्त आवश्यक प्राकृतिक स्रोतहरु समेत उपलब्ध छ । विष्णुमती नदीको उद्गमस्थल विष्णुनाभको मुहानबाट झरेको पानी टोखाकै भूमि किनार हुँदै काठमाडौंको केन्द्रतर्फप्रवेश गर्दछ । त्यस नदीमा साङ्ले खोला लगायत अन्य स-साना खोल्साहरु पनि समाहित हुन पुग्दछ । विष्णुमती र साङ्ले, उपत्यकाका यी दुर्इ सहायक नदीहरुका बीचमा प्राचीन टोखा अवस्थित छ ।
इतिहास र संस्कृति ः
भूगोल र प्रकृतिको अनुपम संयोजनमा अनुकूल वातावरण सहित टोखामा लिच्छविकाल भन्दा अघि नै नगरीय सभ्यताको विकास भएको प्रमाण यहाँ पाइएको शिवदेव र अंशुवर्माको संयुक्त शासनकालमा जारी गरिएको संवत् ५१९ को शिला अभिलेख हो । जसमा त्यतिबेला मानव बसोबासस्थल र जीविकोपार्जनका लागि अत्यावश्यक कुलो र सुरक्षा चौकीको समेत व्यवस्था गरिएको उल्लेख छ । यसका साथै धापासीबाट प्राप्त संवत् ५२६ मा शिवदेव र अंशुवर्माको संयुक्त शासनकालमै राखिएको शिला अभिलेखमा पनि जनताका सुख-सुविधालाई सम्बोधन गरिएको छ । यस बाहेक टोखामा लिच्छविकालका अन्य अभिलेख वा मूर्ती र चैत्यहरु हालसम्म नभेटिएका र केही पुरातात्विक प्रकारका वस्तु फेला परेका कारण वर्तमान टोखाको बस्ती भिल्ली-पञ्चेटार-मालुङ्गतिरबाट पछि सारिएको हुनसक्छ भन्ने स्थानीयका अनुमान र तर्क अनुचित भनिहाल्न सकिँदैन । यसतर्फआवश्यक उत्खनन् गरी इतिहास-ज्ञानको तथ्य उजागर गर्न पुरातत्व विभागले आवश्यक योजना बनाउनु जरुरी देखिन्छ ।
हाल टोखाको जनजीवनमा जति पनि कला, संस्कृति र सम्पदाहरु संरक्षित अवस्थामा रहेका देखिएका छन्, ती सबै मल्लकालका उच्चतम् विकसित सम्पदा र परम्परागत सम्पदा हुन् भन्नेमा द्विविधा नहोला । मल्लकालमा टोखा काठमाडौं उपत्यकाका अन्य विकसित बस्तीहरु जत्तिकै समृद्ध भैसकेको र सोही अनुरुप सम्बन्ध पनि कायम भैसकेको देखिन्छ । विभिन्न वंशावली र घटनावलीहरुमा वर्ण्र्ाागरिए अनुसार भएका युद्धका घटना बाहेक टोखाको तपलाछि -थःने) मा यक्ष मल्लको उपस्थिति जनाउने शिला अभिलेख पनि पाइएको छ । अत्यन्तै महत्वपर्ूण्ा कुरा त प्रताप मल्लले रानीपोखरी निर्माण सम्पन्न भएपछि देश-देशावरका अन्य तर्ीथस्थल सरह टोखाको सपनतर्ीथको पवित्र जल समेत लगेर रानीपोखरी भर्न लगाउनु र तपलाछिमै नारायण मन्दिर बनाउन लगाएको प्रमाण भेटिनुले त्यतिबेला काठमाडौंको राजदरवारले टोखालाई राम्रै महत्व दिएको प्रष्टिन्छ । प्रताप मल्लकै कालका अन्य दर्ुइ शिला अभिलेखहरु टोखाको चण्डेश्वरीमा पनि पाइनुले उक्त देवीस्थलले मल्लकालमा प्रसिद्धि पाइसकेको पुष्टी हुन्छ ।
यहाँनिर उल्लेख गर्न छुटाउनै नहुने कुरा के छ भने टोखाको भूतखेल अगाडि मूलबाटोमा मिल्किएको अवस्थामा रहेको ढुंगे जधुंमा कुँदिएको अभिलेख अनुसार -नेपाल) संवत् ७९७ जेष्ठ शुक्ल शुक्लपक्षका दिन रामचन्द्र नामका एक व्यक्तिले र्सवसाधारणलाई पानी खान सजिलो पार्दै तिर्खा मेटाउन जधुं स्थापना गरिदिएका थिए । ती व्यक्ति को थिए, खोजीको विषय बनिरहेको छ । यसैगरी टोखाबाट काठमाडौंतर्फआउँदा मूल बाटोमै पर्ने ग्रीनल्याण्ड चोकनिर रहेको मय्जु हिति -ढुंगेधारा) र त्यहाँ रहेको अभिलेख टोखा नगरवासीले नै गर्व गर्नुपर्ने खालको छ । इतिहासको कुनै कालखण्डमा टोखावासी कुनै महिलाले बटुवालाई पानी खान सजिलो होस् प्रदान गर्न बनाइदिएको ढुंगेधारा अहिले मय्जु -महिलालाई सम्मानपर्ूवक गरिने सम्बोधन) हिति नामबाट प्रसिद्ध छ । धापासीतिरको वनबाट झर्ने गरेको त्यस धाराको पानी अहिले बढ्दो शहरीकरण र बस्ती विकासले सुकिसकेको अवस्थामा छ । मूल बाटोको छेउमै रहेको सो धारालाई राम्ररी संरक्षण गरेर पानी झर्ने बनाउन सके इतिहासको रक्षा र सम्मान साथै स्थानीय जनतालाई सुविधा समेत हुने देखिन्छ ।
यसैगरी टोखामा लिंगो जात्रा, विभिन्न देवी-देवताका खट् जात्रा, गुथि-गहना, तलेजु, पाटी, देवालय, जधुं, बाजा-गाजा, नाच-प्रहसन, भजन लगायतका संस्कृति अधिकांश मल्लकालमै विकास भएका देखिएका छन् । जुन अन्य प्रमुख नेवाः बस्तीहरुमा पनि रहेका छन् । केही काठमाडौंका जस्ता, केही ललितपुरका जस्ता र केही भक्तपुरका जस्ता देखिने सांस्कृतिक विविधताको सम्मिश्रण पनि यहाँको विशेषता हो । केही अन्यत्र नपाइने खालका टोखाको मौलिक सांस्कृतिक सम्पदा पनि पाइन्छन् ।
यसै सर्न्दर्भमा टोखामा पनि नेवाः समुदायको अन्य बस्तीहरुमा जस्तै जीवित कुमारी र गणेश पुज्ने प्रथा मल्लकालमै गरिएको देखिएको छ । तर नेवाः सभ्यताका अन्य स्थान भन्दा भिन्दै किसिमले टोखामा गणेश र कुमारी प्रथा शुरु गरिएको छ, त्यो पनि दुबै चेलीहरुबाट । अन्यत्र गणेश कुलपुत्रबाट छनोट गरिन्छ, तर टोखा एक मात्रै त्यस्तो सभ्यता हो, जहाँ कुलपुत्रीबाटै गणेशको पनि छनोट हुने गर्दछ । यसलाई संस्कृतिकर्मीहरुले टोखाको छुट्टै कन्याप्रधान विशेषताका रुपमा व्याख्या गरेका छन् । यस्ता मौलिक सांस्कृतिक धरोहरहरुको तिनको विशेषता अनुरुप संरक्षण गर्नु आजको आवश्यकता हो ।
विशेषताकै कुरा गर्दा टोखा मौलिक गुलियो परिकार चाकुका लागि पनि प्रसिद्ध छ । मल्लकालमै विकसित गरिएको चाकु उत्पादनका लागि चाहिने कच्चा पदार्थ ऊखु खेतीकै कारण "तुख्यः" बाट "तोखा" र "टोखा" नामांकरण हुँदै आएको आम प्रचलित भनाइलाई स्वीकार्दै आएको तथ्यलाई निरन्तरता दिने हो भने टोखाले चाकु उद्योगलाई विशेष प्राथमिकताका साथ संरक्षण र विकास गर्नैपर्ने देखिन्छ । यसका लागि व्यवसायीकै पहलमा पनि राष्ट्रिय चाकु व्यवसायी संघ गठन भइसकेको कारण समन्वय गर्न सहज हुने देखिन्छ ।
पवित्र सपनतर्ीथका बारे अझ थप कुरा भन्नु पर्दा शिवपुरीका अपार जडिबुटीको भण्डार र त्यसको प्रभावकारीतालाई उपत्यकावासीले प्रताप मल्लको शासनकाल भन्दा अघि नै बुझिसकेको देखिएको छ । त्यहाँका पानीले नुहाउँदा कुष्ठरोग निको हुने कथा त्यसको प्रमाण हो, जसले उपत्यकावासीले त्यतिबेला नै कुष्ठरोग निवारण र जडिबुटीद्वारा औषधी बनाउन सकिने प्रविधि विकास गरिसकेको देखाउँदछ । त्यसपछिका विभिन्न कालमा पनि सपनतर्ीथ क्षेत्र र त्यस वरपरबाट जडिबुटी र विभिन्न वनस्पतिहरु उपत्यकाका विभिन्न क्षेत्रमा लाने गरिएका तथ्यहरु पाइएका छन् । यसतर्फअहिले टोखावासीलाई उद्यम गर्न प्रोत्साहित गर्नुपर्ने देखिन्छ ।
सपनतर्ीथ भन्दा माथि टोखा नगरकै वडा नम्बर १ मा रहेको बौडेश्वर महादेवस्थल र झोर प्राकृतिक झरना प्रकृत्रि्रेमीहरुका लागि अत्यन्तै आकर्षाको केन्द्र बनिरहेको छ । त्यस क्षेत्रको विकासका लागि हालै काठमाडौं महानगरपालिकाले योजना सहित कार्य थालनी गरेको र एक करोड रुपियाँ पेश्की स्वरुप हस्तान्तरण समेत गरिसकेको छ । काठमाडौंवासीले गुँ महाद्यः -वन महादेव) का रुपमा सम्भवतः मल्लकालदेखि नै पुज्दै आएको त्यस स्थानमा जस्तै टोखाका अन्य स्थानमा पनि आकर्षा बढाउन सकेमा पर्यटकीय क्षेत्रमा राम्रो उपलब्धी हुने देखिन्छ ।
पानी संस्कृति ः
राणाकालमा पनि टोखाका प्राकृतिक स्रोतहरुको दोहन राज्यस्तरमा भइरहृयो । शिवपुरीमा शुरुमा राणा शासकहरुका लागि विश्रामस्थल बनाइयो । त्यसपछि कुष्ठरोगीहरुका लागि "टीबी स्यानिटोरियम" का नाममा अस्पताल नै बनाएर राखियो । शिवपुरी मुहानबाट झर्ने जडिबुटीयुक्त पानी टोखाबाटै काठमाडौंतर्फलगियो । यी सबै टोखावासीले टुलुटुलु मात्रै हर्ेन पाए भने उपयोग राज्यको शक्ति केन्द्रमा बस्नेहरुले गर्दै आए । माथिल्लो गणेश मन्दिरको सामुन्ने पिपल चौतारीको भित्तामा ठड्याएर राखिएको विक्रम सम्बत् १९९४ को शिला अभिलेखले टोखाको पानी व्यवस्थित गर्ने नाममा राणा शासकले दोहन गरेको प्रष्ट्याइरहेको छ । अब त्यस्ता अमृत सरहका अमूल्य पानी टोखावासीले व्यवस्थित गर्ने र गराउने वातावरण बनाउनु जरुरी देखिन्छ ।
नदी सम्पदाकै कुरा गर्दा टोखा नगरपालिकाभित्रै विष्णुमती र साङ्ले खोला मिसिने दोभानलाई नेपाल मण्डलवासीले "मनोरथ तर्ीथ" का रुपमा प्रकृति र संस्कृतिको पूजा-आराधना गर्दै आएका छन् । प्रत्येक वर्षबडादशैंको छैठौं दिन पूजाआजा र स्नानका लागि नेपाल मण्डलवासी मनोरथ तर्ीथ पुग्ने गर्छन् । त्यहाँ "कुलिक नागराजा" को बास रहेको छ भन्ने विश्वास गरिएको छ । यस्तो महत्वपर्ूण्ा नदी सम्पदालाई धार्मिक, सांस्कृतिक तथा पर्यटकीय आकर्षाको केन्द्रका रुपमा विकास गर्न स्थानीय तहले पहल गर्नुपर्ने देखिन्छ ।
सांस्कृतिक संरक्षित क्षेत्र ः
टोखावासीहरु अधिकांश कृषिकर्म र डकर्मी पेशामा आवद्ध रहेका छन् । उनीहरुको कृषि र डकर्मी पेशा पनि प्रत्यक्ष राजधानी काठमाडौंसित जोडिएको छ । काठमाडौंका माथिल्लो र तल्लो भेगमा फैलिएका व्यापारी वर्गका खेतमा उब्जनी गर्ने मोहीका रुपमा पनि सैयौं वर्षेखि आर्थिक-सामाजिक सम्बन्ध कायम राख्दै आएका छन् । साथै घर बनाउने डकर्मीका रुपमा पनि अर्थतन्त्रसित गाँसिएका छन् । तिनीहरुका यस्ता पेशालाई आधुनिक र व्यवस्थित यी र यस्ता धार्मिक, सांस्कृतिक र पुरातात्विक पृष्ठभूमिका बीच प्राचीन टोखालाई यसैवर्षनगरपालिकाको नगर परिषद बैठकले "सांस्कृतिक संरक्षित क्षेत्र" घोषित गरेको छ । यो टोखावासीका लागि अत्यन्तै सकारात्मक र उत्साहवर्द्धक विषय भएको छ । सांस्कृतिक संरक्षित क्षेत्रमा रहेका सम्पर्ूण्ा मर्ूत तथा अमर्ूत सांस्कृतिकहरु संरक्षित गर्ने जिम्मेवारी केन्द्रीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहको हुने हुँदा यसतर्फकार्यविधि ध्यानाकर्षा हुनु स्वाभाविक र्ठहर्दछ । यसका अलावा सांस्कृतिक संरक्षित क्षेत्रमा राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनको समेत यसतर्फध्यानाकर्षा र समन्वय गर्दै संरक्षण कार्यतर्फअघि बढ्नुपर्ने देखिन्छ ।
अन्त्यमा, अनेकांै संस्कृति र सम्पदाको धनी नेपालमा राष्ट्रिय सांस्कृतिक नीति पहिलो पटक २०४९ सालमा मात्रै बन्यो । तात्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उप-कुलपति डार्.र् इश्वर बरालको अध्यक्षतामा बनेको मसौदा समितिले प्रस्तुत गरेको प्रतिवेदनको अन्तिम बुँदामा "कम्तीमा कुल राष्ट्रिय बजेटको एक प्रतिशत अंश छुट्याई सांस्कृतिक सम्पदा कोष खडा गर्ने र यस कोषको बृद्धि गर्न अन्तर्रर्ााट्रयस्तरमा कोष संकलनको अभियानको थालनी गर्ने" उल्लेख छ । तर विडम्बना, उक्त नीति सहितको प्रतिवेदन तात्कालिन समयको सरकार र संसदले स्वीकार गरेन, र आजसम्म पारित नभएको दस्तावेजका रुपमा रहेको भनाई मस्यौदाकार मध्ये एक व्यक्तित्व वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले बताउनु भयो । आज २५ वर्षबितिसक्दा पनि सरकारी नीति बन्नुपर्ने उक्त बुँदाले र्सार्थकता पाउन ंबाँकी नै रहेको हुँदा यसतर्फपुनः ध्यानाकर्षा गर्दै यस कार्यपत्र टुंग्याउन चाहन्छु । यदि त्यसले र्सार्थकता पाएमा सांस्कृतिक क्षेत्र घोषित टोखा जस्ता नयाँ नगरपालिकाहरु लाभान्वित हुने निश्चित छ ।
प्रमुख सर्न्दर्भ सामाग्रीहरु ः
१. राष्ट्रिय सांस्कृतिक नीति तथा कार्यक्रम तर्जुमा समितिद्वारा प्रस्तुत प्रतिवेदन -२०४९) ।
२. धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, नेपाल र एशियाली अनुसन्धान केन्द्र, कर्ीर्तिपुर -२०५३) ।
३. जनक लाल शर्मा, हाम्रो समाज ः एक अध्ययन, साझा प्रकाशनको तेस्रो संस्करण -२०५८) ।
४. दर्ुगा शाक्य, हाम्रो संस्कृतिमा देवी तुलजा र कुमारीको स्थान, कुमारी प्रकाशन -२०६७) ।
५. प्रताप मल्लको तर्ीथजात्रा थ्यासफू, नेपाल संवत् ७८९, राष्ट्रिय कला संग्रहालय, भक्तपुर -डा. महेशराज पन्त, पूणिर्मा १३७ पूर्ण्ााङ्क,
२०६९) ।
६. कुमार रञ्जित, पत्रकारको दृष्टिमा टोखा, टोखा महोत्सव स्मारिका, टोखा महोत्सव मूल समारोह समिति -२०७०) ।
७. मनिराज डंगोल, प्राचीन नेपाल तथा काठमाडौं उपत्यकाको उत्तरी प्रवेशद्वार टोखा, दोस्रो संस्करण, ग्वंगःबुँ व्यापार
समिति -२०७३) ।
८. शताब्दी पुरुष सत्यमोहन जोशीको प्रतिक्रिया प्राप्त, २०७५ श्रावण १३ गते ।
प्रकाशित मिति २०७५ भाद्र १६गते
प्रकाशित मिति २०७५ भाद्र १६गते
إرسال تعليق