(न्यूज अफ टोखा)-वर्खायामसँगै विग्रिन सुरुभएको टोखाको मुल
सडकको अवस्था निकैनै नाजुक बन्दै गएको छ । टोखा प्रवेश गर्ने सिमाना देखि पुरै सडक अहिले
खाल्डाखुल्डीहरु र हिलाम्य भएको छ । जसका कारण उक्त्त बाटोमा हिड्ने सर्वसाधन तथा
यातायातका चाल्कहरु समस्यामा परेको हो ।
बाटोमा हिड्ने सर्वसाधारणहरु हिलाम्य बाटोमा
हिड्न बाध्य भएका छन् । समयमा नै सडकको मर्मत तथा संभार नहुँदा समस्या झन जतिल
बन्दै गएको छ । दैनिक हजारै यातायातका साधन गुड्ने र हजारै सर्वसाधारण ओहोरदोहोर
गर्ने मुख्य सडक खण्ड यस्तो अवस्थामा पुगिसक्दा समेत स्थानीय गाविस प्रशासनले कुनै
चासो दिएको छैन् । गाविसको उदासिन्ताका कारण सर्वसाधारणहरु यो समस्य सहन बाध्य
भईरहेका छन् । जसका कारण प्रशासनदेखि स्थानीयबासिन्दाहरु अषंतुस्त भएका छन् । उनिहरु
भन्छन् "गाविसले के हेर्दै बसेका छन् ? निकम्मा प्रशासन..."
स्थानीय गाविस प्रशासनका कर्मचारीहरु
गाविसमा त्यसका लागि बजेट नभएको बटाउँछन् । यो काम सडग विभाग अन्तर्गत पर्छ । हामीले
यसको लागि सडक विकाससँग कुरा गर्दै गरेको बटाउँछन् । तर निर्माण कार्य कहिले हुने
हो त्यो कुरा न त स्थानीय प्रशासनलाई नै थाहा छ न त सडक विभागलाई नै । तत्कालका
लागि करिव २०-३० टिप ग्राभेल विछाई दिने मात्र हो भने पनि यो समस्याबाट सबै
मुक्त्त हुन्थ्यो तर यस तर्फ न त राजनीतिक निकायको ध्यान पुगेको छ न त स्थानीय
प्रशासनको नै ।
(यस बारेमा विश्तृत जानकारी हामी दिनेछौँ
हेर्दै गर्नुहोला ।_
प्रकाशित मिति २०७१ श्रावण २३ गते
सबैलाई चेतना भया
ReplyDeleteबाटो सानो नै किन नहोस् तर निर्धक्कसँग सर्वसाधारण अनि यातायातका साधनहरु गुड्न सक्ने होस्।
खै त हाम्रा गनयमान्य राजनीतिक स्रष्टाहरु ? किन मौन छन?
आफ्नो ठाउँको समस्याको वास्तै छैन्
ठुला ठुला भाषण छाट्नेले किन साना काम गर्न सक्दैनन्?
बाहिरी देशको पीडामा जल्ने मुटु स्वदेशको पीडामा किन मौन छन्?
Post a Comment