(News of Tokha)-आज कुशे औंशी अर्थात बुबाको मुख हेर्ने दिन । आफ्ना बुबाको सम्मान गर्दै यो पर्व मनाउँदैछन् ।
छोराछोरीले मीठामीठा खानेकुरा र लुगाफाटो सहित आज आफ्ना बुबाको मुख हेर्ने
गर्दछन् ।
बाबु नहुनेहरू भने पवित्र तीर्थमा गएर आफ्ना दिवंगत बाबुको सम्झनामा तर्पण र श्राद्ध गर्दछन् । यसै अवसरमा काठमाडौंको गाकर्णमा श्राद्ध गर्नेको घुइँचो लाग्ने गर्दछ ।आफ्ना बुबा नहुनेहरु नजिकको खोला तथा मन्दिरमा गएर नुहाइ धुवाइ गरी मृतक बुबा प्रति श्रद्धाका साथ पूजा गर्ने गरिन्छ ।
बाबु नहुनेहरू भने पवित्र तीर्थमा गएर आफ्ना दिवंगत बाबुको सम्झनामा तर्पण र श्राद्ध गर्दछन् । यसै अवसरमा काठमाडौंको गाकर्णमा श्राद्ध गर्नेको घुइँचो लाग्ने गर्दछ ।आफ्ना बुबा नहुनेहरु नजिकको खोला तथा मन्दिरमा गएर नुहाइ धुवाइ गरी मृतक बुबा प्रति श्रद्धाका साथ पूजा गर्ने गरिन्छ ।
नेवाः समुदायको विभिन्न मौलिक संस्कृति मध्य आमा-बुबाको मुख हेर्ने पर्व पनि एक हो । आजको दिनलाई नेवाः समुदायमा बा/ अबुया ख्वाः स्वेयगु न्हि भनिन्छ ।आफुलाई जन्म दिने आमाबुबालाई भगवानको दर्जादिई स-सम्मानका साथ पूजा गरी नेवाः समुदायमा हर्षाल्हासका साथ मनाईन्छ । यो हिन्दु ,बौद्ध अन्य कसैको नभई यो विशुद्ध नेवाः समुदायको मौलिक संस्कृति हो ।
यसरी आफुलाई जन्म दिने आमाबुबाको सम्मान स्वरुप पूजा गरी मनाउने भएकाले यो संस्कृति गैर नेवाः समुदायहरुले पनि आत्मसाथ गर्दै आइरहेको छ । के ब्राहम्ण, के क्षेत्रि, के तामाङ्ग नेपालका सबै समुदायमा विस्तारै यो संस्कृति मौलाउदै गैरहेको छ ।
आमा र बुबाको मुख हेर्ने दिन हरेक वर्ष क्रमशः मातातिर्थ औंशी र कुशे औंशीका दिन पर्दछ ।
नेवाः समुदायमा यसरी मनाईन्छः
यस दिन नेवाः समुदायमा बुबाको मुर्ख हेर्न सर्व प्रथम घरको एक निश्चित ठाउँमा गोबरले भुई लितपोट गरी शुद्ध गर्ने कार्य गरिन्छ । उक्त्त स्थानमा आफ्ना मातापितालाई बसाईन्छ । नेवा समुदायमा आमाको मुख हेर्ने दिन होस वा पिताको यस दिन दुबै जनालाई सँगै राखेर पूजाआजा गर्ने परम्परा रहँदै आइरकेको छ । पूजा गर्ने सामाग्रीका साथै सुकुन्दा बाल्ने गरिन्छ । नेवा समुदारयमा सुकुन्दाको विशेष महत्व रहेको छ । शुभ कार्य गर्दा सुकुन्दा नभै नहुने महत्वपूर्ण बस्तु मानिन्छ ।
यस दिन विवाहित भएका छोरीहरु विभिन्न खानेकुराहरु जोरगार गरी माईतमा जान्छन् भने बहिर गएका छोराहरु पनि आफ्नो आमा बुवाको मुख हेर्नको लागी घर आउदछन् । यसरी मुख हेर्ने बेला सर्व प्रथम सुकुन्दालाई पूजा गरिसकेपछि क्रमैसँग आफ्ना आमा बुवालाई पालै पालो रातो अक्षयता र टिका लागाईन्छ । यसरी टिका लगाइ दिइसके पछि सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै सगं (सगुन ) दिइन्छ । यसरी सगं दिदा उसिनेको अण्डा, तेलमा टारेको सिगो माछा (जसमा माछाको टाउँको भएकोहुनु पर्छ) र दहि अथवा रकसि वा जाँडअवस्था हेरि दिईन्छ । त्यस पछि आफ्नो गच्छे अनुसारको उपहारहरु दिइन्छ । र मिठाई तथा फलफुल खाएर हर्षाल्हासका साथ मनाइन्छ ।
थप सामाग्री
wikipedia मा प्राप्त भएको जानकारी जस्ताको तस्तै
The Newa population (natives of Kathmandu valley) in Nepal honors fathers
on the day of Gokarna Aunsi, which occurs in late August or
early September, depending on the year, since it depends on the lunar
calendar. The Western-inspired celebration of Father's Day that was imported
into the country is always celebrated on the same day as Gokarna Aunsi. The rest of the population has also begun to celebrate the Gokarna Aunsi day It is commonly known as Abu ya Khwa Swoyegu (अबुया ख्वाः स्वयेगु न्हि) in Nepal Bhasa or Buwaako mukh herne din (बुवाको मुख हेर्ने दिन) in Nepali (literally "day for looking at father’s face").[41][52] On the new moon day (Amavasya) it is traditional to pay respect to your deceased father; Hindus go to the Shiva temple of Gokarneswor Mahadev, in Gokarna, a suburb of Kathmandu[ while Buddhists go to Jan Bahal (Seto Machhendranath or white Tara) temple in Kathmandu. Traditionally, in the Kathmandu Valley, the South-Western corner is reserved for women and women-related rituals, and the North-Eastern is for men and men-related rituals. The worship place for Mata Tirtha Aunsi ("Mother Pilgrimage New Moon") is located in Mata Tirtha in the South-Western half of the valley, while the worship place for Gokarna Aunsi is located in the North-Eastern half. This division is reflected in many aspects of the life in Kathmandu valley. |
प्रकाशित मिति २०७१ भाद्र ९ गते सोमबार
إرسال تعليق