काठमाडौँको उत्तरी इलाकाको टोखा चण्डेश्वरी, टोखा सरस्वती, झोरमहांकाल, धापासी, गोंगबु ५ वटा गाविस 
मिलाई बनाउन लागेको प्रस्तावित सपनतिर्थ नगरपालिका घोषणाको तयारी तीव्र 
रुपमा चलेको छ । राजधानी काठमाडौंलाई 
गाविस मुक्त बनाउने सरकारको अभियान मुताविक राजधानीमा झण्डै ८ देखी ९ वटा 
सम्मको नयाँ नगरपालिका बनाउने सरकारी योजना भइरहेको छ । 
हिजो बसेको स्थानीय
 विकास मन्त्रालय तथा जिविस काठमाडौंको बैठकले ३ दिन भित्र गाविसमा वडा 
कार्यालयको संख्या निर्धारण गरी पठाउन निर्देशन दिएको छ । सँगै जेष्ठ १४ 
गते टोखा सरस्वतीमा प्रस्तावित सपनतिर्थ नगरपालिका अन्तर्गतका गाविसहरुको 
भेला आयोजना गरिएको छ । जसमा जिल्ला विकास तथा स्थानीय विकास मन्त्रालयका 
पदाधिकारीहरुद्वारा नगरपालिका घोषणा गर्र्ने विषयमा बोल्नुहुने जानकारी 
आएको छ ।
 
 
                                                
إرسال تعليق