सपनतिर्थ नगरपालिका प्रस्तावित

काठमाडौँको उत्तरी इलाकाको टोखा चण्डेश्वरी, टोखा सरस्वती, झोरमहांकाल, धापासी, गोंगबु ५ वटा गाविस मिलाई बनाउन लागेको प्रस्तावित सपनतिर्थ नगरपालिका घोषणाको तयारी तीव्र रुपमा चलेको छ । राजधानी काठमाडौंलाई गाविस मुक्त बनाउने सरकारको अभियान मुताविक राजधानीमा झण्डै ८ देखी ९ वटा सम्मको नयाँ नगरपालिका बनाउने सरकारी योजना भइरहेको छ । 

हिजो बसेको स्थानीय विकास मन्त्रालय तथा जिविस काठमाडौंको बैठकले ३ दिन भित्र गाविसमा वडा कार्यालयको संख्या निर्धारण गरी पठाउन निर्देशन दिएको छ । सँगै जेष्ठ १४ गते टोखा सरस्वतीमा प्रस्तावित सपनतिर्थ नगरपालिका अन्तर्गतका गाविसहरुको भेला आयोजना गरिएको छ । जसमा जिल्ला विकास तथा स्थानीय विकास मन्त्रालयका पदाधिकारीहरुद्वारा नगरपालिका घोषणा गर्र्ने विषयमा बोल्नुहुने जानकारी आएको छ ।


Post a Comment

Previous Post Next Post